मनभरि नेपाल बोकेर हिंडिरहेको तिमीलाई
फेसबुकबाट शुभकामना बाँडन छुटेको भए पनि
तिम्रा आफन्त र बा आमाको आशिर्वादको दाँजोमा
फिका फिका लाग्ने आशिर्वाद लिएर
शुभकामना दिन लागिरहेको छु ।
तिमीले खेल्ने बगरको काँसघारी भन्दा पनि ठूलो
सेताम्मे पहाडमाथि उभिएर
हज्जारौ मानिसको कल्पनाको यो देशमा
सरस्वतीको रङ्गमा रङ्गीभूत भएर तिमीलाई शुभकामना दिदै छु ।।
तिम्री आमाको आशिर्वादको पहाडको
फेंदी...
मलाई धरतीमा तिमीले नै ल्यायौं
मलाई आकास तिमीले नै चिन्हायौं
मलाई म हुनुको अर्थबोध गराई
ईश्वरको अस्तित्व तिमीले नै देखायौं
मायाको परिभाषा तिमीले सिकायौं
हिड्न–बोल्न–पढ्न
खान–बस्न–सुत्न सिकाउने
मलाई कखरा चिन्हाउने पहिलो गुरु,
तिमीनै पहिलो बिद्यालय
मलाई ईश्वर चिन्हाउने
तिमीनै पहिलो देवालय
मेरो ईश्वर तिमी मेरो माया तिमी
तिमीनै गुरु तिमीनै मालिक तिमीनै विधाता
श्रृष्टीको महान...
म एक्लो हुँदा
आफूलाई भन्दा बढी
तिमीलाई सम्झिन्छु ।
आफूलाई त भुलिसकेँ उहिल्यै
म छु र पनि छुइनजस्तो
अस्तित्व त तिमीसँगै थियो जोडिएको
तर तिमी गएपछि
सम्झनाले चाहिँ
किन पछ्याएको होला !
मान्छेसँगै
सम्झना पनि पखालिने भए
कति सुखी हुन्थ्यो होला मान्छे !
अनि म पनि !!
Share this: