Currently Browsing: क्यानाडा बाहिरको खबर

राजदुतहरुलाई फिर्ता बोलाउने पक्का

माओवादी, एमाले र फोरमको संयुक्त सरकारले म्याद सकिनै लागेका १२ जना राजदुतहरुलाई आफ्नो अनुकुल मिलाएर स्वदेश फर्कन पत्राचार गरेको छ । २०६२–६३ को जनआन्दोलनपछि बनेको संयुक्त सरकारबाट विभित्र राष्ट्रका लागि नियुक्त राजदूतहरु मध्येका केही राजदूतहरुको म्याद असोजदेखि पुसभित्र सकिदै छ । संयुक्त सरकारले म्यानमार अष्ट्रेलिया, डेनमार्क, मलेसिया,  चीन, बंगलादेश,  थाइल्याण्ड कतार,  युनाइटेड...

लोकप्रिय कलाकारहरुको जमघट

आउँदो जुलाई १ देखि ३ सम्म आयोजना हुने २९ औं एशोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को सम्मेलनमा धेरै लोकप्रिय कलाकारहरुको सहभागिता हुंदैछ । वरिष्ठ अभिनेता सरोज खनालको संयोजनमा आगामी जुलाई ३ तारिक सांझ ८ बजे हुन लागेको यस बृहत् सांस्कृतिक कार्यक्रममा सहभागी भइदिनु हुनको लागि एएनए आयोजक समितिले अमेरिकाभरि रहनु भएका नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई हार्दिक अनुरोध गरेको छ ।...

नेपाली टेलिभिजन अमेरिकामा

भिजन फर नेपाल फाउण्डेशन टेलिभिजन कार्यक्रमद्धारा उत्पादन हुने गरेको आधा घण्टाको अमेरिकन कन्भरसेसन कार्यक्रम आउँदो अगस्ट महिनादेखि भर्जिनियास्थित फेयरफ्याक्स सामुदायिक टेलिभिजन मार्फत प्रशारण हुने भएको छ । अमेरिकन कन्भरसेसनका कार्यक्रम संचालक कृष्ण शर्माकाअनुसार, वासिंङटन डीसी मेट्रो क्षेत्रअन्तर्गत च्यानल ३० मा सो कार्यक्रम हेर्न सकिने छ । त्यसैगरी वल्ड ३०, अन्तर्गत...

विदेशबाट कसरी लिने एमआरपी ?

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले राहदानीको लागि नजिकको नेपाली नियोगमा निवेदन दिन सक्नेछन् । यसका लागि नेपाली राजदूतावास र महावाणिज्य दूतको कार्यालयमा सम्पर्क गरेर मेसिनले पढ्न सक्ने राहदानीको लागि आवेदन गर्न सक्ने छन् । प्राप्त भएका निवेदनहरुलाई नियोगले नागरिकताको प्रमाणपत्रको सक्कल वा पूरानो राहदानीसंग भिडाइ निवेदकले भरेको फाराम नियमावली तथा यस निर्देशिका बमोजिम...

एनआरनको निर्वाचन कुनदेशमा कहिले

गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोवर १२ देखि १४ सम्म काठमाडौंमा पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन आयोजना हुन चार महिना बाँकी रहेको अवस्थामा झण्डै ५१ भन्दा बढी देशमा राष्ट्रिय समितिको साधारणसभा भइसकेको छ । संघको विधानअनुसार अन्तर्राष्ट्रिय सम्मेलन अगावै सबै राष्ट्रिय समितिको निर्वाचन गरिन लागिएको छ । हालसम्म प्राप्त नतिजाअनुसार सबै राष्ट्रिय समितिमा...

« Previous Entries Next Entries »

copyright Khabarsampresan.com