केही साताअघि क्यानाडाका समुदायले विशाल टोरोन्टोका एकजना कलाकारले एउटा संस्थाबाट आफु अवहेलित भएकोमा संस्थामा गुनासो गरेका थिए । तर संस्थाले गल्ती भएको मानेर उनलाई प्रोत्साहन गर्नुको सट्टा उनले सांस्कृतिक कार्यक्रममा त्यस संस्थाका लागि पु¥याएको लेखाजोखाको जोडघटाउ देखाएर सम्मानका लागि हकदार नभएको जवाफी हमलाबाट एउटा कलाकारलाई घाईते बनाएर संस्थाको दायित्वबाट पर बसेर प्रशासनिक शैलीको प्रदर्शन गरेको कुरा विर्सेका छैनन् होला । एकातिर हामी कलाकारलाई समाजको गहना भनेर सम्मान गर्छौ भने अर्कोतिर कलाकारको परिश्रमको परिभाषा विर्सेने गर्छौ । कुनै पनि संस्थालाई कार्यक्रम संचालन गर्न कलाकारको सहभागिता अनिवार्य चाहिन्छ । अहिले विशाल टोरोन्टोमा नेपालका राष्ट्रिय स्तरका कलाकारहरु पनि छन् । अझ विभिन्न क्षेत्रमा विशिष्ठता कमाएका व्यक्तीहरुको संख्या क्यानाडामा नित बढ्दै गईं रहेको छ । हामी विदेशीले पाएको सम्मानमा उसँग गोरु बेचेको साईनो गासेर बधाईको आदानप्रदान गर्ने गर्छौ तर आप्mनै अगाडि रहेका प्रतीभालाई सम्मान गर्न प्रस्तुतिको जोडघटाउ गर्न थाल्छौं ।
हुन त त्यस संस्थाले सम्मान गरेका नाममा कृपापात्रहरु पनि देखिए भने एकपटक मात्र प्रस्तुति पस्केकाले पनि संस्थाका पदाधिकारीको कृपाद्दष्टीले सम्मान हुने मौका पाएको पनि देखियो । यस्तोमा संस्थाका हैसियतले कलाकारलाई सम्मान गर्न चुक भएमा वा विर्सिएमा सम्झाएर बुझाएर मौखिक सम्मान त गर्न सकिन्थ्यो होला । तर त्यस्तो पनि नभएपछि एउटा गल्ती लुकाउदा अर्को गल्ती तेर्सिएको थाहा नै भएन । हुन त विशाल टोरोन्टोमा सम्मान गर्ने फैसन नै चलेको छ । यस्तो सम्मान राम्रो गृहकार्य बिनानै सम्पन्न हुन थाले पछि बाल कलाकार पनि युवा प्रतीभामा दारिन पुग्छन् भने वास्तवमा हामीले टेकेको यस धर्तीमा हामीअघि आएर हाम्रो लागि अहिलेको सोहार्दपुर्ण वातावरण सिर्जन गर्न गराउनमा महत्वपूर्ण योगदान दिने विभिन्न श्रेत्रका आदि पुरुषहरुलाई विर्सने गर्छौ र आआफै एकअर्कालाई सम्मान गरेर मक्ख परेर संस्थागत दायित्व पुरा गरेको भन्ठान्ने गर्छौ । के यहीनै हो त हाम्रो संस्थागत दायित्व ?