म एक्लो हुँदा
आफूलाई भन्दा बढी
तिमीलाई सम्झिन्छु ।
आफूलाई त भुलिसकेँ उहिल्यै
म छु र पनि छुइनजस्तो
अस्तित्व त तिमीसँगै थियो जोडिएको
तर तिमी गएपछि
सम्झनाले चाहिँ
किन पछ्याएको होला !
मान्छेसँगै
सम्झना पनि पखालिने भए
कति सुखी हुन्थ्यो होला मान्छे !
अनि म पनि !!