नयाँ वर्ष


मनभरि नेपाल बोकेर हिंडिरहेको तिमीलाई
फेसबुकबाट शुभकामना बाँडन छुटेको भए पनि
तिम्रा  आफन्त र बा आमाको आशिर्वादको दाँजोमा
फिका फिका लाग्ने आशिर्वाद लिएर
शुभकामना दिन लागिरहेको छु ।

तिमीले खेल्ने बगरको काँसघारी भन्दा पनि  ठूलो
सेताम्मे पहाडमाथि  उभिएर
हज्जारौ मानिसको कल्पनाको यो देशमा
सरस्वतीको रङ्गमा रङ्गीभूत भएर तिमीलाई शुभकामना दिदै छु ।।

तिम्री आमाको आशिर्वादको  पहाडको
फेंदी तिरैबाट भएपनि ,
मैले तिमीलाई कामना गरिरहेकै छु
आउने तिन सय पैसठी दिन तिम्र लागि शुभ रहून ।

हेर त ,
बाटो छेउमा बाँच्ने अभिप्सा बोकेर उभिएका रूखहरू
माइनस तीस डिग्रीको ठिहिर्याउने जाडोमा पनि
भोलि फेरि मीठो वसन्त आउने आशमा
लामो कहालीलाग्दो शिशिरसंग पैठेंजोरी खेल्दै छ ,

हो ,त्यहि ऊतर अमेरिकाको ,
हो त्यहि ऊतर अमेरिकाको रूखजस्तै बन तिमी ,
त्यसैले ,
त्यसैले  मैले तिमीलाई भनिरहनु पर्दैन
प्रतिकुलता सँग  जुध्न
खुसी रमाउन र धैर्य गर्न
र पनि मैले तिमीलाई सम्झाएको छु
मान यहि हो मेरो शुभकामना ।।

चेतनशून्य शिशिपस होइन तिमी
चेतनशील शिशिपस बन
तिम्रो लछ्यरूपी ढुङ्गो प्राप्तिमा  टुंगियोस्
तिम्रो कल्पनारूपी  सपना यथार्थमा झायाँगियोस्  ।।
तिमी  ,
रोमको  विनिर्माणको सपना बोकेर
आफनै दरबार जल्दा पनि बाँसुरी बजाउने निरो हौ
हो, तिमीले विगतमा निर्माण गरेका तिम्रा  प्रगतिका  पर्खालहरू
एकपटक भत्केका छन्
तर पुनः मजबुत पर्खाल तयार पार्ने सपना बोकेर

हिंडेका तिमीलाई
होस्तेमा हैंसे गर्दै तिम्रो सहयात्रीको
शुभकामना शुभकामना शुभकामना
नयाँ वर्ष २०१३ को शुभकामना ।।।।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com