टण्डनको टेलरमा नेपाल झल्कियो


नयाँ वर्षको आगमनसँगै धेरै समयदेखि प्रतिक्षारत् नेपालबाहिर नेपाललाई चिन्हाउने नौलो प्रयासको थालनी विशाल टोरोन्टोको ब्रहम्टन शहरबाट गत ५ जनवरीका दिन शुरु भएको छ । अन्टारियोका अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्माबाट पानसमा बत्ती बालेर उद्घाटनको विधि पुर्याएको थियो । एक व्यक्ति नरबहादुर टन्डनको प्रयासबाट शुरु भएको अभियानमा क्यानाडा र अमेरिकाका राजदुतावासहरु र गैरआवासीय नेपाली संघ अमेरिकाको समेत आर्थिक सहयोग रहेको भनिए तापनि कसैको सहभागिता भने देखिएको थिएन ।

सम्भवतः पहिलो पटक विशाल टोरोन्टोमा कार्यरत सबै सक्रिय नेपाली संस्थाको सहभागितामा गैरआवासीय नेपाली संघ क्यानाडाको आयोजनामा नेपालको पर्यटन क्षेत्रका बारेमा प्रचारप्रसार गर्ने उद्देश्य लिएर आयोजित क्यानाडा–अमेरिकाको हाईवेमा आवतजावत गर्ने ५३ फिट लामो १८ पांग्रे ट्रेलरले अमेरिकाको ४६ र क्यानाडाको ११ वटा शहरमा नेपालको प्रचारप्रसार गर्ने छ । उद्घाटन कार्यक्रममा उपस्थित सबैले गैरआवासीय नेपालीबाट आप्mनो मातृभुमीप्रति गरिएको एउटा उदाहरणीय कार्यका रुपमा लिएका छन् । गैरआवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष गोपाल भण्डारी अध्यक्षतामा आयोजित नेपालको पर्यटक विकासका लागि आयोजित कार्यक्रमको थालनी गैरआवासीय नेपाली संघ क्यानाडाका महासचिव गोपीकृष्ण काफ्लेबाट भएको थियो भने त्यसपछिका कार्यक्रमको संचालन चर्चित लोकगायक बुद्धीसागर बस्याल भएको थियो । नेपाली राजदूत महामहिम डा. भोजराज घिमिरेबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइएको यस कार्यक्रममा आफ्नो ट्रेलरमा नेपालको पर्यटन विकासलाई प्रोत्साहन हुने उद्देश्यका साथ शुरु गरेको हो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com