दिलशोभालाई भ्यानकुभरका नेपालीहरुबाट सहयोग हरुतान्तरण


दिलशोभाले आप्mनै घरलाई आमा घरमा रुपान्तरित गराएर विगत १४ वर्षदेखि बाटामा पसारो परेका वृद्ध र बालबालिकाहरुलाई आश्रय दिदै आउनु भएको छ । सडकबाट वृद्ध तथा बालबालिकाहरुलाई ल्याएर शरणदिदै आउनुभएको दिलशोभा श्रेष्ठलाई भ्यानकुवरमा बसोबास गर्ने नेपाली समुदायले उनको नेपाली घरको लागि ५०० डलर चन्दा संकलन गरेर हस्तान्तरण गरेको छ । समुदायका तर्फबाट नेपाल भ्रमणमा रहनु भएका भ्यानकुवरवासी श्री सुब्रतो श्रेष्ठले सहयोग रकम हस्तान्तरण गरेपछि दिलशोभाले भ्यानकुभरका नेपाली समुदायलाई र विशेष गरेर मानकाजी र बीना श्रेष्ठलाई धन्यवाद दिनु भएको थियो । आप्mनो धन्यवाद पत्रमा समाज सेवी दिलशोभा श्रेष्ठले वृद्ध तथा केटाकेटीहरुका लागि वहाँहरुले गर्नु भएको मानवीय सहयोगका लागि ह्दयदेखि नै धन्यवाद यस्ता सहयोगले आफुलाई अझ बढी पे्ररणा दिने गरेको बताउनु भएको थियो । यसरी दिलशोभाको आमा घरलाई सहयोग गर्नेहरुमा श्री मानकाजी तथा बीना श्रेष्ठ, श्री चन्द्रा तथा माबी श्रेष्ठ,  श्री सानु तथा ऋद्धी, श्री नवीन, श्री मधु, श्री मानी घले, श्रीवीरु त्था सुनिता, श्री गंगा मल्ल, श्री अनील तथा अर्पण प्रधान, श्री शरद् शेरचा, श्री किरण तथा भारती, श्री कल्याण तथा नीतु, श्री यशोधरा, श्री राजु तथा लक्ष्मी र श्री सुब्रत श्रेष्ठ रहेका छन् ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com