लिवरल दलले विद्यार्थीलाई ऋणमा सहुलियत दिने


क्यानाडा सरकारले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सहुलियत व्याजमा विद्यार्थी ऋण उपलब्ध गराउदै आएको छ । क्यानाडाका नागरिकहरुको सन्तानलाई सरकारले ग्रेजुएसनसम्म निशुल्क शिक्षा प्रदान गर्दै आएको छ । तर लिबरल दलका नेता मार्क गार्नेउले यसरी ऋण लिएर आप्mनो अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई जबरजस्ती सरकारी ऋण फिर्ता गर्न दबाब नदिएर विद्यार्थीहरुको सहुलियत अनुसार कमसेकम वर्षमा चालिस हजार डलर कमाउने जागिर पाएर तिर्न सक्ने भएपछि मात्र सरकारी ऋणका लागि ताकेता गर्नु पर्ने भन्दै नेता मार्कले आप्mनो दलको तर्फबाट कन्जर्वेटिभ सरकारलाई दबाब दिने जानकारी गराएका छन् । वर्तमान अवस्थामा विद्यार्थी ऋण लिएर अध्ययन पुरा गरेका विद्यार्थीलाई सरकारले जागिर पाउनासाथ तोकता गर्न थालेको र न्युनतम् भए पनि वसुली उपर गर्दै आएको छ । लिबरल नेता मार्कले विद्यार्थी ऋण सम्बन्धी आप्mनो प्रस्तावमा सरकारले अहिले दिदै आएको ६ महिनाको सहुलियत समयलाई पनि अनिश्चित समयावधिको बनाउनु पर्ने माँग राखेका छन् ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com