शरणार्थीको स्वास्थ्य सेवामा कटौती भएकोमा विरोध


 क्यानाडा सरकारले शरणार्थी प्रक्रियामा नयाँ नियम लागु गरेपछि क्यानाडामा रहेका हजारौं शरणार्थीका आवेदकहरु अप्ठ्यारोमा परेका छ । शरणार्थीका आवेदकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने माँगका साथ मुलुकका डाक्टर र वकिलहरु सरकारको नियाका विपरित अदालतमा जाने भएका छन् । यसका लागि शरणार्थीका लागि काम गर्र्दै आएका चिकित्सक तथा वकिलहरु सरकारका विरुद्ध मुद्दा दर्ता गर्नेबारे विचार गर्दै छन् । उनीहरुका अनुसार यहाँ शरणार्थीका लागि आवेदन दिने सबै आवेदकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने काम सरकारको हो भन्दै गत वर्षदेखि स्वास्थ्य सेवामा गरिएका कटौंतीहरुलाई पूनः लागु गराउन दवाव दिने भएका छन् । तर नागरिक तथा आप्रवास मन्त्री जेसन केनीले स्पष्ट शब्दमा हामी जनताको करको पैसा नक्कली शरणार्थी बनेर आएका हरुलाई कुनै पनि हालतमा नदिने भन्दै यस्ता नक्कली शरणार्थीलाई चाडोभन्दा चाडो प्रक्रिया पु¥याएर निकाल्ने अभियानमा सरकार रहेकोले शरणार्थीका लागि गत डिसेम्बर १५ देखि नयाँ नियम लागु गराएरको बताउनु भयो । गत जुन २०१२ सम्म सरकारले प्रत्येक शरणार्थीलाई शतप्रतिशत स्वास्थ्य सुविधा दिदै आएकोबारे जानकारी गराउँदै मन्त्री केनीले नक्कली शरणार्थी भएर क्यानाडाको स्वास्थ्य सेवाको लाभ लिनेहरु पनि बढ्दै गएकोले सरकारले कडा नियम बनाएर लागु गर्नु परेको समेत जनाउनु भयो । यसरी शरणार्थी भएर आएकाहरुलाई उनीहरुको सुनवाई नभएसम्म र शरणार्थीका लागि स्वीकृति नपाएसम्मका लागि चार–पाँच वर्षसम्म खानबस्न भत्तासहीत स्वास्थ्य सुविधा पाउँदै आएका थिए । यो सब जनताको करको पैसा थियो । त्यसैले सरकारले अस्पताल र डाक्टरी जाँच गराउन बाहेकका अन्य सबै प्रकारको स्वास्थ्य सुविधाहरुलाई कटौती गर्न बाध्य भएको जानकारी दिए । अब चाही शरणार्थीका लागि आवेदन गर्ने आवेदकको राष्ट्रलाई सरकारलेसुरक्षित वा असुरक्षित कुन प्रकारको राष्ट्रका रुपमा राखेको छ त्यसैमा भर पर्ने भएको छ ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com