क्यानेडियन नेवा गुठीद्वारा संचालन गर्दै आएको वार्षिक कर विवरण (Yearly Tax Return) दाखिलाका लागि भरिने कर फारम भर्ने कार्यमा सहयोग पु¥याउन निशुल्क कर क्याम्पको आयोजना गर्दै आएको छ । नेवा गुठीका सदस्य कर विद्हरु रबिन प्रधान, राजेन श्रेष्ठ र नरेश ताम्राकारको सहयोगमा संचालन गरिने यस निशुल्क करपत्र दाखिला गर्ने मौका २०१२ मा क्यानाडामा आप्रवास गरेका नेपालीहरुले पाउने भएका छन् । यस क्यम्पमा नेपाली समुदायका अतिरिक्त भुटानी मुलका नेपालीहरुलाई पनि सहयोग गरिने छ । पहिलो कर क्लिनिक गत १० मार्चका दिन सम्पन्न भएको थियो भने दोस्रो कर क्लिनिक १७ मार्च आईतबारका दिन एन.सि.सि.एस. संगको संयुक्त आयोजनामा वेलेस्ली कम्युनिटी हल, टोरोन्टोमा संचालन हुने भएको छ भने तेस्रो कर क्लिनिक आउदो शनिबार ३० मार्चका दिन ५०० रे लसन बुलेबड, ब्राह्म्टनमा संचालन गर्ने भएको छ ।