रवि लामिछानेको अभियानमा क्यानाडाको सहयोग


 

“विश्वले चिन्ने छ नेपाल” को अभियानमा लागेका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको उद्देश्यलाई पुरा गर्न विशाल टोरोन्टोमा सम्पन्न अर्थ संकलनका लागि टोरोन्टोको स्थानीय नेपाली रेष्टुरेन्ट माउण्ट एभरेष्ट रेष्टुरेन्टको सभाकक्षमा आयोजित रात्री भोज कार्यक्रमा उपस्थित सबैले रविको विश्वमा नेपालको पहिचान बनाउने अभियानलाई मन र धनले सहयोग पु¥याउने बाँचा गरेका छन् । विशाल टोरोन्टोका अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्माको समुपस्थितिमा सम्पन्न कार्यक्रममा अनुप न्योपाने, अमित उपाध्याय, अतुल सुवेदी, अञ्जनी भट्टराई, अनीता शर्मा, विश्व वर्मा, चन्द्र राई, गिरीराज अधिकारी, डा. हरी गुरुङ्ग, कृष्ण तिम्सिना, कुसुम, मोहन गुरुङ्ग, मदन के.सी., मुक्ती गौतम, प्रद्युम्न रेग्मी, राजन श्रेष्ठ, राम पौडेल, शोभा श्रेष्ठ, डा. तुलसी धरेल, तुला भट्टचन र गोबिन्द रावत आदिको उपस्थिति रहेका थियो भने नवराज गुरुङ्ग र हेमन्त मोहन थापा (उज्वल) को कारणवश् अनुपस्थिति रहे तापनि सहयोगको रहेको थियो । 

डा. तुलसी धरेलद्वारा संचालित कार्यक्रममा रवि लामिछनेले आप्mनो कार्यक्रमबारे प्रकाश पार्दै आफुले नेपालको सम्भाव्य विकासका सम्भावनाहरुका बारेमा विभिन्न विशेषज्ञ तथा नेपालमा अवस्थित राजदुतहरुसँग अन्तरवार्ता लिदै नेपाल गौतम बुद्ध र सगरमाथाको देश रहेको र यहाँ अथाह जलश्रोतका खानी रहेकोबारे भाषिक  उत्खनन् गर्दै देशको विकासका पूर्वाधारहरुका बारेमा जानकारी गराउनु रहेको बारे बताउनु भयो । रविले अहिलेसम्म दुईजनाले ५२ घण्टा लगातार कार्यक्रम संचालन गरेको रेकार्ड रहेकोमा आफुले एक्लै ६० घण्टा (तीन दिन) विभिन्न क्षेत्रका विशेषज्ञ तथा प्रतिष्ठित व्यक्तित्वसँग गौतम बुद्ध र सगरमाथाको देश नेपालका विभिन्न  स्रोत, साधन  र क्षेत्रका बारेमा कुराकानी गरेर नयाँ विश्व रेकार्ड बनाउने उद्देश्य रहेको र लुम्बिनीबाट शुरु गरिने यस अभियानलाई सफल बनाउन सहयोगका लागि अनुरोध गर्नु भएको थियो । कार्यक्रममा रविले उपस्थित सहभागीहरुका विभिन्न प्रश्नहरुको उत्तर दिदै आप्mनो उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो । अर्थ संकलनका लागि आयोजिक रात्री भोज कार्यक्रममा उपस्थित २२ जनाहरुबाट एक हजार आठ सय डलर संकलान भएको थियो । रवि लामिछानेको यस अभियानलाई सहयोग न्युज २४ आवर्स टेलिभिजनले लगातार ६० घण्टा प्रशारण गर्ने भएको छ भने कार्यक्रम व्यवस्थापनको जिम्मा वेलकम एडभर्टाइजमेन्टले लिएको छ ।

कार्यक्रमको सफलताका लागि विशाल टोरोन्टोका अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्माले आफुहरुले सक्दो सहयोग गर्ने वाचासहीत शुभकामना दिनु भएको थियो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com