क्यानडा सरकारले २४ वटा कोटाका मात्र व्यवशायी दक्ष कामदार राखेकोछ


बिभिन्न कारण देखाएर रोकी राखेको इमिग्रेसन प्रक्रियालाई क्यानडा सरकारले आगामी मई महिनादेखि पुनः संचालन गर्न लागेको छ . नयाँ  प्रक्रिया अन्तर्गत दक्ष कामदार कोटाको लागि २४ वटा व्यवशायहरु छानेको छ भने एक बर्षमा ५,००० वटा मात्र नयाँ आवेदन लिने भएको छ । त्यसैगरी हरेक व्यवशायमा केबल ३०० वटा मात्र आवेदन मात्र  लिने  जानकारी क्यानेडिएन अध्यागमन मन्त्री जेसन केनीले दिएका छन्  । क्यानेडिएन अध्यागमन बिभागले जारी गरेको प्रेस विज्ञप्तीअनुसार दक्ष कामदारका लागि नयाँ आवेदन आगामी मई ४ तारिख देखि लिने भएको छ । नयाँ प्रणाली अन्तर्गत अनिवार्यरुपले क्यानेडिएन Credentials Evaluation Organization बाट शैक्षिक प्रमाणपत्रहरुलाई Equivalency गराउनु पर्ने र अंग्रेजी भाषाको ज्ञानमा भने IELTS (General Training) को हरेक विधामा कम्तीमा पनि ६ स्कोर (6 score) ल्याउनुपर्ने जरुरी छ । यद्यपी पास मार्क भने ६७ नै रहेका जनाइएको छ । “यसभन्दा अगाडीका सम्पूर्ण आवेदनहरुमा धेरै समय लागेपनि यस पटक भने एक बर्ष विभ्रै प्रोसेसिङ् गरिने छ”, क्यानेडिएन अध्यागमन मन्त्री जेसन केनीले बताए । मन्त्री केनीका अनुसार यस दक्ष जनशक्ति प्रणालीको छनौट प्रक्रिया बारेमा सम्पूर्ण विवरण मइ महिनाको ४ तारिखमा प्रकाशित गरिनेछ ।
(सम्भावित छनौट प्रक्रियाबारेमा बिबरण -> क्यानाडा माइग्रेशनमा आमूल परिवर्तन हुने, भाषा र उमेरमा बढी नम्बर) उक्त २४ वटा व्यवशायीहरुको सूची निम्न बमोजिम रहेको छः 0211 – Engineering managers 1112 – Financial and investment analysts 2113 – Geoscientists and oceanographers 2131 – Civil engineers 2132 – Mechanical engineers 2134 – Chemical engineers 2143 – Mining engineers 2144 – Geological engineers 2145 – Petroleum engineers 2146 – Aerospace engineers 2147 – Computer engineers (except software engineers/designers) 2154 – Land surveyors 2174 – Computer programmers and interactive media developers 2243 – Industrial instrument technicians and mechanics 2263 – Inspectors in public and environmental health and occupational health and safety 3141 – Audiologists and speech-language pathologists 3142 – Physiotherapists 3143 – Occupational Therapists 3211 – Medical laboratory technologists 3212 – Medical laboratory technicians and pathologists’ assistants 3214 – Respiratory therapists, clinical perfusionists and cardiopulmonary technologists 3215 – Medical radiation technologists 3216 – Medical sonographers 3217 – Cardiology technicians and electrophysiological diagnostic technologists, n.e.c. (not elsewhere classified) व्यवशायी सूचिको अलवा क्यानडाका ४ वटा संस्थाहरुले Education Credentials Evaluation का लागि छनौट गरेको छ, जुन निम्न बमोजिम रहेका छन्ः
Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com