उत्तर अमेरिकाका नेपालीहरुको कुम्भ मेला –ए.एन.न. मा ६ हजारभन्दा बढी नेपालीहरु देखिने


विगत  ३० वर्षदेखि नियमित र निरन्तर आयोजना हुँदै आएको त्जभ ९ दि एसोसिएसन अफ नेपलिज इन अमेरिका ०, ए.एन.ए. सम्मेलनको तैयारी लगभग पुरा भएको छ । अमेरिकाको न्यु योर्कमा आयोजना हुन लागेको नेपालीहरुको यस कुम्भ मेलामा ६ हजारभन्दा बढी नेपालीहरुको उपस्थिति रहने विश्वास गरिएको छ । यस पटकको ए.एन.ए. सम्मेलन नेपालबाट अर्थमन्त्री शंकरप्रसाद कोईरालासहीत उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहने भउको छ भने नेपालबाटै यहाँका नेपालीहरुलाई भरपुर मनोरञ्जन गराउन मह जोडी (मदन कृष्ण र हरीवंश) आउदै हुनुहुन्छ । त्यस्तै नेपालका लागि अमेरिकाका राजदूत स्कट एच. डेलिसी, अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्मा र क्यानाडाका लागि नेपाली राजदूत डा. भोजराज घिमिरेको पनि उपस्थिति रहने भएको छ । यस सम्मेलनमा अमेरिकामा रहेका नेपाली संस्थाहरुका साथै गैरआवासीय नेपाली संघको समेत सहभागिता रहने भएको छ ।ANA

यसपटकको ए.एन.ए. सम्मेलनको मुख्य आकर्षकमा मह जोडीको प्रस्तुतिका अतिरिक्त नयाँ नेपाली चलचित्रहरुको प्रथम प्रदर्शन, उत्तर अमेरिकमा रहेका नेपाली संगीत बैण्ड समूहका बीच प्रतिष्पर्धा, फैसन प्रदर्शन, अन्तराष्ट्रिय नेपाली कविता प्रतियोगिता, कवितामाथि विशेष चर्चा सहीत हाँस्य काव्य गोष्ठी, टेलेन्ट प्रदर्शन, सगरमाथा आरोहीहरुको विशेष प्रदर्शन, उल्टोबाट अंग्रेजी शब्दको उच्चारण गरेर विश्व रेकार्ड बनाउने, तीन वर्षको बालकबाट बाँसुरीको धुनमा मादल बजाउने, महिला सभा, व्यापारिक सभाका अतिरिक्त उत्तर अमेरिकामा नेपाली समुदायका लागि विशिष्ट कार्य गर्दै आएका नेपाली तथा नेपालमा विशेष कार्य गर्दै आएका विदेशीलाई एन.आर.एन. हिरो सम्मान, डिजे नाईट, सांस्कृतिक कार्यक्रम, नेपाली भोजनका परिकारहरु, नेपाली गरगहना र पोशाक प्रदर्शनी आदि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ । जुलाई ४,५ र ६ तीन दिनसम्म चल्ने यो उत्तर अमेरिकाका नेपालीहरुको कुम्भ मेलाका लागि आयोजकले नेपालीहरुको वाहुल्यता रहेको क्वीन वरीपरीका नेपालीहरुको सुविधाका लागि जेक्सन हाईटबाट विहान निशुल्क सम्मेलन स्थलसम्मको बस सेवा संचालन गर्ने भएको छ ।

सम्मेलनमा सहभागिता हुन चाहने, होटल बुक गर्न चाहने वा अन्य विस्तृत जानकारी एन.एन.एन.को वेभ साईटबाट पनि थाहा पाउन सकिन्छ । सम्पर्क र वेभ साईट : http://anaonline.org   Email: emailsherpalama@gmail.com

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com