आर्थिक अनियमितता र बिबादमा रहेको एएनएको ३१ औं सम्मेलन न्युयोर्कमा हुदै


पुरुषोत्तम ढकाल, न्युयोर्क, अमेरिका । नेपाली मूलका अमेरिकनहरुको साझा संगठन एसोसिएन अफ नेपलीज ईन अमेरिका एएनएको ३१ औं सम्मेलन आगामी जुलाई ३ देखि ६ तारिख सम्म न्युयोर्कमा आयोजाना हुने भएको छ । पूर्व अध्यक्ष र संस्थापकहरुले गरेको आर्थिक अनियमितता र बिबादका कारण नेपाली मूलका अमेरिकनहरुको आस्था गुमाउदै गएको एएनए मेरिल्यान्ड राज्यको प्रिन्स जर्जेज काउन्टी सर्किट कोर्टको आदेश अनुसार एटोरनी जनरल, डिस्ट्रिक अफ कोलम्बियाको कानुनी परामर्शमा शन २०११ को फेब्रुवरी देखि स्वतन्त्र कार्यदलका अध्यक्ष छेवांग शेर्पाको नेतृत्वमा संचालन हुदै आएको छ । आयोजकहरुका अनुसार एएनएको ३१ औं सम्मेलन अमेरिकाको प्रसिद्द व्यापारिक राज्य न्युयोर्कको आरवाईडी हिल्टन होटेलमा आगामी जुलाई ३ देखि ६ तारिख सम्म आयोजना हुन लागेको हो । नेपाली मूलका अमेरिकनहरुको उत्सवका रुपमा परिचित एएनए सम्मेलनको २८ औ सश्करण पछि पूर्व अध्यक्ष संस्थापकहरुले गरेको आर्थिक अनियमितता खोजबिन संगै तिब्र विवाद सुरु भएको थियो । बिगतका २७ पटक सम्मेलन आयोजना गर्ने पूर्व अध्यक्ष र संस्थापकहरु त्यस पछिका एएनए सम्मेलनमा अनुपस्थित रहदै आएका छन् । त्यसै गरी ३१ औं सम्मेलन आयोजक समितिले यस अघि २७ पटक भएका सम्मेलनमा भएको आर्थिक अनिमियतता खोज्न अबलम्बन गरेको कानुनी उपचारको प्रयाश स्वरुप संस्थाको चल अचल सम्पती र नगद फिर्ता गराउन सफल रहे पनि पुर्व अध्यक्ष र संस्थापकहरुले अहिले सम्म पनि कुनै सम्मेलनको हर हिसाब प्रस्तुत नगरेको कारण कतिपय बिषय अझै अदालतमा बिचारधीन रहेको छ । एएएन स्वतन्त्र कार्यदलका अध्यक्ष छेवांग शेर्पाका अनुसार बोस्टन सम्मेलनमा भएको आर्थिक अनियमितता मध्य बोस्टनको स्थानिय संस्था र उत्सब गुरुङले करिब २२ हजार अमेरिकी डलर फिर्ता गरिसकेको र आर्थिक अनियमितताको अर्का आरोपी बोस्टन सम्मेलनका आयोजक मेदिनी अधिकारीको मुद्दा मेरिल्यान्ड राज्यको प्रिन्स जर्जेज काउन्टी सर्किट कोर्टमा विचाराधीन रहेको छ । त्यसै गरी लोक गायक राम प्रशाद खनालसंगको मानहानी मुद्दामा अमेरिकाका लागी नेपाली राजदुत शंकर प्रशाद शर्माको पहलमा करिब ६ हजार अमेरिकी डलर सहित मिला पत्र भएको छ भने अर्का आरोपी बाल्टिमोर निवासी एच भण्डारीसंग पनि राजदुत शर्माको पहलमा मिलापत्र भएको छ । एएएन स्वतन्त्र कार्यदलका अध्यक्ष छेवांग शेर्पाका अनुसार एएनएले स्थापना गरेको क्षात्रबृत्ति अक्षय कोषको झन्डै २९ हजार अमेरिकी डलर व्यक्तिगत तवरले दुरुपयोग गर्दै आएका ड़ा तुलसी जोशीबाट एएनएको नियन्त्रणमा ल्याउन सफल भएको छ । त्यसै गरी बाल्टिमोर निवासी केहि व्यक्तिहरुले आफ्नो नाममा राखेर अनिमियतता गर्दै आएको नेपाल एजुकेशन कल्चर सेन्टरको पशुपति बुद्द मन्दिर सहितको एएनएको चल अचल जग्गा र सम्पती पनि एएनएको नियन्त्रणमा आएको छ । यद्यपि एएएन पूर्व अध्यक्ष सिमोन ढुङगाना सहित २७ पूर्व अध्यक्ष र संस्थापकहरुले आफ्नो कार्यकालमा भएको आर्थिक हर हिसाब हालसम्म पनि नबुझाएको आयोजकहरुले जानकरी दिएका छन् । यता बिस्तारै नेपाली मूलका अमेरिकनहरुको पूर्ववत विश्वास आर्जन गर्न थालेको नेपलीज ईन अमेरिका एएनएको ३१ औं सम्मेलनलाई भेटघाट, मनोरन्जन, विचार विर्मश र राष्ट्रियता प्रतिको लगावको समिश्रण बनाउन बिबिध कार्यक्रम पस्किने तयारी भै रहेको एएनए ३१ औं सम्मेलनका समाचार संयोजक सुर्य थापाले जानकारी दिएका छन् । आयोजकहरुले दिएको जानकारी अनुसार आगामी जुलाई ३ देखि ६ तारिख सम्म न्युयोर्कमा आयोजाना हुने एएनएको ३१ औं सम्मेलनमा नेपाली मूलका अमेरिकन सगरमाथा आरोही र बिदेशी आरोहीहरुले सम्मेलनमा आरोहणमा प्रयोग हुने पहिरन सहित नेपाल र सगरमाथा चिनाउने झाँकी प्रदर्शन गरेन भएका छन् छन् । त्यसै गरी सम्मेलनमा नेपाली मूलका नागरिकहरु मध्य बाट लब्ध प्रतिष्ठित नागरिकलाई एएनए हिरो बाट सम्मान गरिने छ । यसका अतिरिक्त सम्मेलनमा ब्यापार मेला, खेलकुद, सांस्कृतिक कार्यक्रम र टयालेन्ट प्रतिस्पर्धाका समेत आयोजन गरिने छ । यस पटकको सम्मेलनमा नेपालसंग सम्बन्धित बिबिध विषयका फोरमहरु पनि आयोजना गरिने छ । नेपालका लागी ३१ औं एएनए सम्मेलन भन्ने मुलनारा सहित आयोजना हुन लागेको यो सम्मेलनको समुद्घाटन नेपाल सरकारका अर्थ मन्त्रि एसपी कोइरालले गर्ने कार्यक्रम रहेको छ । (Nepal24 hours)

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com