गैरआवासीय नेपाली संघ क्यानाडाकोे छैठो अधिवेशन सम्पन्न


                     गैरआवासीय नेपाली संघ क्यानाडाकोे छैठो अधिवेशन दुई दिनसम्म विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । पहिलो दिन खेलकूद प्रतियोगिता र महिला, बाल तथा युवा फोरमसँगै विभिन्न परियोजनाका बारेमा जानकारीमूलक कार्यक्रम रहेको थियो भने दोस्रो दिन मुख्य छलफल र विचार गोष्ठीसँगै २०१३–२०१५ को लागि नयाँ राष्ट्रिय समन्वय परिषद्का नवनिर्वाचित सदस्यहरुबाट नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम रहेको थियो ।

दोस्रो दिनको कार्यक्रम क्यानाडाका लागि नेपाली राजदूत महामहिम डा. भोजराज घिमिरेले परम्परागत पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । सोही अवसरमा महामहिम राजदूतले अधिवेशनका लागि प्रकाशित गरिएको स्मारिकाको पनि लोकार्पण गर्नु भएको थियो । नेपाल र क्यानाडाको राष्ट्रिय गीतबाट शुभारम्भ गरिएको गैरआवासीय नेपाली संघ क्यानाडाको छैठो अधिवेसनमा विभिन्न प्रान्त र अमेरिकाबाट आउनु भएका सहभागीहरुलाई  गैरआवासीय नेपाली संघ क्यानाडा राष्ट्रिय समन्वय समितिका अध्यक्ष डा. विनोद के.सी. ले स्वागत अभिवादन गर्नु भएको थियो । कार्यक्रमको सफलताका लागि क्यानाडाका प्रधानमन्त्री सम्माननीय स्टेफन हार्परले पठाउनु भएको शसभकामना सन्देश उपाध्यक्ष गिरी बुढाथोकीले पढेर सुनाउनु भएको थियो भने महासचिव गोपीकृष्ण काप्mले क्यानाडाका नागरिक, आप्रवास तथा बहुसांस्कृतिक मन्त्री माननीय जेसन केनीको शुभकामना सन्देश, दिपक हुमागाईबाट अन्टारियोका प्रिमियर क्याथरिन विनको शुभकामना सन्देश र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जिवा लामिछानेको सन्देश सचिव तुलसी सापकोटाले पढेर सुनाउनु भएको थियो ।

पहिलो सत्रको उद्घाटन कार्यक्रममा महामहिम राजदूत डा. घिमिरेले आप्mनो वक्तव्य कविताबाट शुरु गर्दै महिला अधिकार फोरमको आवश्यकतामाथि जोड दिनु भएको थियो । वहाँले ट्रेड सम्बन्धी नेपाल र क्यानाडाबीच कार्यक्रमलाई अगाडि बढाउन आवश्यक रहेको भन्दै गैरआवासीय नेपाली संघ क्यानाडाको कार्यमा राजदूतावासको  सहयोग सधै रहने जानकारी दिनु भयो । गैरआवासीय नेपाली संघको स्थापनाबाट लिएर क्यानाडा शाखाको स्थापनामा महत्वपूर्ण भूकिमा निर्वाह गर्दै आउनु भएका महावाणिज्यदूत डा. कुञ्जर शर्माले नेपालको विकासमा  गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका रहदै आएको बताउनु भयो । क्यानाडाका खेलकूद राज्य मन्त्री बाल गोसालले क्यानाडाको विकासमा आप्रवासीहरुको भूमकिा माथि प्रकाश पार्दै यो देश हामी सबैको भएकोले मिलेर सहकार्य गर्न तथा २०१५मा क्यानाडामा आयोजना हुने पानअम खेलमा सबैको सहयोगका लागि अनुरोध गर्नु भयो । वहाँले जुलाई १ क्यानाडा दिवस्को उपलक्ष्यमा सबैलाई शसभकामना दिदै क्यानाडा सरकारको तर्फबाट संघलाई त्यपभल या ब्उउचभअष्बतष्यल को प्रमाणपत्र अध्यक्ष विनोद केसीलाई दिनु भएको थियो । उत्तर अमेरिकाका क्षेत्रीय संयोजक मुकेश सिंहले  नेपालको विकासमा सहभागिता रहदै जलविद्युत परियोजना तथा अन्य लगानीमा सहभागिता रहदै आउन सबैमा आव्हान गर्नु भएको थियो । क्षेत्रीय सहसंयोजक रामचन्द्र खरेलले गैरआवासीय नेपाली संघको काठमाडौंमा हुने अक्टुबरको सम्मेलनमा सहभागिताका लागि सबैमा अनुरोध गुर्न भयो । डा. अम्बिका अधिकारीले गैरआवासीय नेपाली संघले ने्पालबाहिरका नेपालीहरुलाई एउटा सूत्रमा बाध्ने काम गरेको भन्दै नेपालीहरुबीच सम्बन्ध बनाईराख्ने संस्थाका रुपमा चर्चा गर्दै  क्यानाडाले गरेको पुस्तकालय परियोजना र खुला विश्वविद्यालय संघको एउटा उल्लेखनीय  परियोजनाको रुपमा रहेको जानकारी गराउनु भयो । ३५ वर्षदेखि  समाजसेवामा रहदै आउनुभएका गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष प्रह्लाद  के.सी. ले क्यानाडा र अमेरिकाबीच रहेको सहकार्यको सराहना गर्दै गैरआवासीय नेपाली संघमा उत्तर अमेरिकाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । वहाँले आउदो अक्टुबरमा हुने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय ् परिषदका लागि उपाध्यक्षको पदका लागि उम्वेदवारी दिने घाषणा पनि गर्नु भएको थियो । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय ् परिषदका सदस्य तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय  परिषद क्यानाडाका पूर्व सभापति नवराज गुरुङ्गले सबैलाई स्वागत गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला शाखाका उपसंयोजक राधा बस्नेतले गैरआवासीय नेपाली संघ क्यानाडाको कार्यप्रणलीको सराह्ना गर्दै  नेपालमा क्यानाडाको अध्यागमन शाखाको स्थापनाका लागि पहल गर्न तथा महिला सहभागिता बढाउन एकतिहाई सदस्यताका अनिवार्य गर्नका लागि अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा दुवै हात गुमाउनु भएका सुदर्शन गौतमले गत २० मई बीसका दिन सगरमाथाको सफल आरोहण गरेर क्यानाडाका नेपालीहरुलाई गर्व अनुभव गराउनु भएकोमा उनको महामहिम राजदूतबाट सम्मान गरिएको थियो ।   दुवै हात गुमाएका गौतम पहिलो हात विहिन सगरमाथा चढ्ने व्यक्ती  भएका छन् । नौ कक्षामा दुवै हात चंगा उडाउदा गुमाएका तर खुट्टाबाट लेखेर  वाणिज्यमा स्नातक गरेका  गौतमले आप्mना विगतका अुभवहरु सुनाउदै आफु क्यानाडा नआएको भए सगरमाथा आरोहण गर्न नपाउने बताउनु भएको थियो । नेपाल सरकारबाट कुने सहयोग नभएको गुनासो गदै क्यानाडा सरकार र अल्बर्टा  क्यालगेरीका प्रान्तीय सरकार र नेपाली समुदायको सहयोग पाएकोमा खुशी व्यक्त गर्दै गौतमले  दोलखामा विद्यालय स्थापनमा सहयोग गरको र त्यहाँ शौचालय नभएकोले त्यसको शुरुवात गरेको र  अपाङ्गहरुलाई निशुल्क शिक्षाका लागि विद्यालयको निर्माणकार्य काठमाडौंबाट यसै वर्ष शुरु गरैको जानकारी दिनु भएको थियो । कार्यक्रममा आर्थिक संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका रमाकान्त खरेललाई पनि महामहिम राजदूतबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

नीशा धौडेल के.सी. ले संचालन गर्नु भएको पहिलो सत्रको कार्यक्रमको अन्त्यमा गैरआवासीय नेपाली संघ क्यानाडाकोअधिवेशनको सफलताका लागि क्यानाडाका अवस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट शुभकामना व्यक्त गरिएको थियो भने संघका उपाध्यक्ष गोपाल भण्डारीले सबैलाई धन्यवाद दिनु भएको थियो ।

अधिवेशनको दोस्रो सत्रमा मुकेश सिंहले टेक्स ट्रिटीबारे जानकारी दिनु भएको थियो भने रामचन्द्र खरेलले क्षेत्रीय संयोजक र उपसंयोजकको अवधारणलाई अगाडि सारेर यसमा उपसंयोजकलाई संयोजकमा काम गर्ने काम गर्नै मौका दिनै परम्परा शुरु गर्नेबारे आप्mनो विचार राख्नु भएको थियो । राधा बस्नेतले गैरआवासीय नेपाली संघकाको महिला भूमिका बारे  प्रकाश पार्दै ६५ वटा देशमा महिला सहभागिताको पहल शुरु गरेर र अलिेसम्म ३५ वटा देशमा महिला संयोजक रहेको जानकारी दिनु भएको थियो । वहाहरुले उपस्थित विभिन्न सहभागिहरुबाट राखिएको जिज्ञासा र प्रश्नको उत्तर दिनु भउको थियो ।

तेस्रो सत्रमा गैरआवासीय नेपाली संघ क्यानाडाको कार्यक्रम बारे डा. विनोद के.सी.ले प्रकाश पार्नु भयो भने डा. द्रोण रसालीबाट मेन्टरिङ्ग कार्यक्रमका बारेमा जानकारी दिदै नयाँ र पुरान नेपालीहरुलाई सहयौग गर्ने अठौट व्यक्त गर्नु भयो । बाल तथा महिला संयोजक राधा बस्नेतबाट यहाँ भएगरिएका क्रियाकलापको जानकारी गराउदै मैजु विद्यालय र नमूना गाँउलाई आर्थिक सहयोग गरेको बारे जानकारी ।गराउनु भएको थियो । त्यस्तै नरबहादुर टन्डनले ट्रक व्यवसाय र पर्यटन प्रचार सम्बन्धी जानकारी दिनु भयो भने डा. हरी गुरुङ्गबाट नेपाल हाउसको स्थापनाका सम्भावनाबारे गरिएको सम्भाव्य अध्ययनका बारेमा जानकारी गराउनु भयो । २००६ मा स्थापना भएको नेपाल पुस्तकालयका बारेमा जानकारी दिदै डा. द्रोण रसालीले गैरआवासीय नेपाली संघको मूल परियोजनाका रुपमा रहेको र हाल नेपालमा पनि नेपाली पुस्तकालयका रुपमा दर्ता भएको जानकारी भयो । नवराज गुरुङ्गले नमूना गाँउको बारेमा प्रकाश पार्दै दिशा मुक्त  गाँउ र खानेपानीको क्षेधमा काम गरेको बारे जानकारी दिनु भयो ।

चौथो सत्रमा भएको संघको वार्षिक साधारण सभामा डा. विनोद केसीबाट विगतमा संघले गरेको कामहरुका बारेमा जानकारी दिनु भयो भने नेपालको व्यापार प्रवद्र्धनमा सहभागिताका लागि वाणिज्यदूतहरुको भूमीका महत्वपूर्ण रहेकोले त्यस तर्फ जान ऋबलबमब ल्भउब िद्यगकष्लभकक ऋयगलअष् िको स्थापनाको खाँचो रहेको बताउनु भएको थियो । महासचिवको वार्षिक कार्यविवरण गोपीकृष्ण काप्mलेबाट प्रस्तुत गरिएको थियो भने आर्थिक आयव्ययको विवरण कोषध्यक्ष राधिका खरेलबाट प्रस्तुत गरिएको थियो । उक्त अवसरमा वहाँले संघमा अहिले १५३६ सदस्य रहेको र त्यसमा १३८ जना आजिवन सदस्य रहेको जानकारी गराउनु भयो ।

कार्यक्रमको अन्त्यमा राधिका खरेलले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर स्थानीय प्रतिभाको परिचय गराउनु भएको थियो भने उक्त अवसरमा महामहिम राजदूतबाट खेलकूद प्रतियोगितामा भलीबल प्रतियोगितामा लाली गुँरास क्यलब प्रथम, अटवा दोस्रो र टोरोन्टो एन.सि.सि.एस. तेस्रो भएको थियो । त्यस्तै सकर (फुटबल) प्रतियोगितामा टोरोन्टो समूह प्रथम, स्कारबोरो समूह दोस्रो र माउण्ट एभरेष्ट समूह तेस्रो भएका  खेलाडीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गर्नु भएको थियो  भने मार्च र जुनमा संघको नामबाट  गरिएको रक्तदाताहरुलाई प्रमाणपत्र दिनु भएको थियो । यसपटक कयानाडामा क्रिकेट प्रतियोगिताका लागि आउनु भएका नेपाली क्रिकेट खेलाडीहरु उपकप्तान ज्ञानेन्द्र मल्ल र खेलाडी बसन्त रेग्मी सहीत नेपालमा क्रिकेट कोचर रहनु भएका श्रीलंकाका कुबुधु दसनायकलाई अधिवेशनको अवसरमा गैरआवासीय नेपाली संघ क्यानाडाले नेपाली क्रिकेटलाई विश्वमा चिन्हाउन  महत्वपूर्ण भूमिका खेल्नु भएकोमा महामहिम राजदूतबाट सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा २०१३–१५ को कार्यकालका लागि निर्वाचित नयाँ कार्यकारिणी समितिको घोषणा गरिएको थियो । जसमा अनिल थााि अध्यक्ष, रामहरी खड्का र अभिमन्यु बस्नेत उपाध्यक्ष, तुलसी सापकोट महासचिव र कोषाध्यक्षमा कल्पना निर्वाचित भएको घोषणा गरिएको थियो । पाँच हजारको हाराहारीमा बसोबास गर्ने विशाल टोरोन्टोमा आप्mनै साझा संस्थाको  अधिवेशनमा अमेरिका र विशाल टोरोन्टोबाहेक अन्य शहरबाट ३२ जनाको सहभागिता रहेको देखियो तर स्थानीय सहभागिताले सय पनि ननाघेको देख्दा गैरआवासीय नेपाली संघ क्यानाडाले अहिलेसम्म पनि क्यानाडाका नेपालीहरुको विश्वास जित्न नसेको अनुभव उपस्थित सबैले गरेका थिए ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com