१३ हजार भन्दा बढि सहाभागी हुने गरि एएनए सम्मेलन तयारी


१३ हजार भन्दा बढि सहाभागी हुने गरि एएनए सम्मेलन तयारी

एभरेष्ट संवादादाता न्युयोर्क- अमेरिकाभरिको नेपालीहरुको पुरानो सस्था ”द एसोसियसन अफ नेपालिज इन अमेरिका'(एएनए) को ३१ औ सम्मेलनमा १३ हजार भन्दा बढि नेपालीको सहाभागीता हुने गरि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । ‘नेपाल र नेपालीको लागी’ भन्ने मुल नाराका साथ यही जुलाई ४, ५ र ६ तारिख न्युयोर्कको वेष्टचेष्टरस्थित हिल्टन होटलमा हुन लागेको सम्मेलनको सम्पुर्ण कार्यक्रमहरु तयारी भएको आयोजकहरुले जनाएको छ ।’ अहिलेसम्म हामीले गरेको तयारी अनुसार विगतको एएनए भन्दा निकै पृथक र ऐतिहासिक हुनेमा निश्चित भइसक्यौ ‘ ३१ औ एएनए सम्मेलनको मुख्य संयोजक समिर मर्हजनले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने-‘ नेपालबाट आउनु भएका चर्चित कलाकार मह जोडी, विश्व कीर्तिमान कायम गर्न सफल सगरमाथा आरोही र उहाहरुको आरोहण प्रर्दशनी लगायत व्यायापारिहरुको स्टल लगायत खेलकुद र सांगितिक कार्यक्रमको तयारी पुरा भइसकेको छ’ । अमेरिकाबासी नेपालीलाई एकै थलोमा भेला गराई नेपाल र नेपालीको हितमा केही गरौ भन्ने यो सम्मेलनको मुख्य उद्धेस्य रहेकोले यस पटक विभिन्न विषयमा पनि फोराम राख्ने निश्चित भइसकेको आयोजकले जनाएको छ ।संयोजक मर्हजनका अनुसार ४ तारिख विहान ९ बजेदेखि १० सम्म परेड कार्यक्रमसंगै नेपालको राष्ट्रिय गाना गरेर कार्यक्रमको विधिवत उदघाटन कार्यक्रम शुरु गरिने भएको छ । जुलाई फोरकै दिन विहान १० बजेदेखिनै रेजिष्ट्रेसन समेत हुने भएको छ । त्यतिखेर देखिनै व्यापारिक स्पोज पनि शुरु गरिने भएको छ । यसपटक एएनएको इतिहासमै कहिल्यै नभएको र विश्व कीर्तिमानी आरोहीहरुसगै ३५ जना सगरमाथा आरोहीहरुको उपस्थितिमा पर्वतारोहण प्रर्दशनी हुने भएको छ । सम्मेलनको सुरुदेखिनै न्युर्योकबाट जानेहरुको लागी यातयातको पनि व्यवस्था भइसकेको जनाएको छ । ज्याक्सनहाइटस्थित सेभेन्टी सिक्सको रुजभेल्टबाट जाने व्यवस्था मिलाए अनुसार परेडको दिन विहान ६ बजेदेखिन १० परेड कार्यक्रमको लागी भनेर प्रत्येक घण्टा यातयातको व्यवस्था गरेको छ । त्यसदिन परेडमा नेपाली सस्कृति झल्कने गरि पोशाक लगाएर जानेलाई निशुल्क दिने र अन्य सहाभागीहरुलाई एकतफिर् ५ डलरमा मात्र जाने व्यवस्था मिलाएको छ । विहानीपखको परेडपछि उदघाटन कार्यक्रम सकेपछि सगरमाथा आरोहीहरुको प्रर्दशनी उदघाटन गरि विभिन्न फोरम गरि वेलुकीपख टेयालेन्ट सो र फेसानसो सगै मह जोडीको बेजोड प्रस्तुती हुने भएको छ ।

alt

३१ औ एएनए सम्मेलन तयारीको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा वायातिर एएनए सम्मेलनका मुख्य संयोजक समिर मर्हजन र दायातिर एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा ।

त्यस्तै उदघाटनकै दिन विहानदेखिन व्यापारिक स्टल राखिएको स्थानमा विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म स्थानीय कलाकार न्युच्छे ढंगोल र उहाका टिमले लाइभ संगीतमा सांगितिक कार्यक्रम समेत गरिने छ । मुख्य संयोजक मर्हजनका अनुसार नेपाल र स्थानीय व्यापारिहरुको गरि करिब दुई दर्जन बडि स्टलहरु हुने भएको छ । यस पटकको सम्मेलनमा उद्याेग बणिज्य महासंघको टोलिहरुले विभिन्न व्यवसायको स्टल राख्नका साथै कुस कुमार जोसिले नेतृत्व गरिरहेका नेपाल पुर्वधारा विकास कम्पनि एनपिविएल) का समुहले करिब ९ हजार डलर सहयोग गरि विशेष सहयोग पुर्‍याएको छ । सम्मेलनको मुख्य प्रयोजकहरुमा क्विन्स डाइमण्ड एण्ड ज्वेलरि, हिमालयन याक रेटुरेन्ट , केसब सेढाई ल अफिस, प्रभु मणि ट्राष्फर, क्षेत्री एण्ड एसोसियट, वाइट हिमाल टेलिभिजन र श्रेष्ठ ल फम जस्ता मुख्य प्रयोजक र विभिन्न कम्पनिहरु स्पोन्जरमा राखेका छन ।ÂÂÂÂ

alt

तस्विर आङकामी शेर्पा

सम्मेलनमा अमेरिकी राजदुत डा शंकर राज शर्माको प्रमुख आतित्यमा हुन लागेको सम्मेलनमा विशेष अतिथिको रुपमा नेपालको लागी अमेरिकी राजदुत पिटर बोडे र नेपाली कांग्रेसका सभापति शुसिल कोइराला हुने भएको छ । सम्मेलनको लागी राखिएको होटल सबै विक्रि भइसकेको आयोजकहरुले जनाएको छ । ‘ विगतको एएनए सम्मेलनबाट भएको कमिजोरि महसुस गदै सम्बन्धीत कार्यक्रमको जिम्मा सवै संयोजहरुलेनै लिएकोले सम्मेलन सफल हुनेमा ढुक्क भइसकेको छ’ एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले बताए । उनका अनुसार यस पटक अहिलेसम्मको सवैभन्दा धेरै खेलकुदमा मात्र ७ सय खेलाडीले भाग लिए अनुसार अन्य कार्यक्रमको सवै हिसाब गर्दा १३ हजार भन्दा बढिको सहाभागीता हुने हामीले आशा लिएका छौ । अध्यक्ष छेवाङका अनुसार सम्मेलनमा विश्वभरिका विभिन्न क्षेत्रको डेलिगेटहरुको साथै एनआरएनका महत्वपुर्ण व्यक्तिहरुको समेत उपस्थिति हुनेछ । पत्रकार सम्मेलनपछि ३१ औ एएनए सम्मेलनमा सफल पार्नका लागी जिम्मा लिएका विभिन्न कार्यक्रमका संयोजकहरुले आफनो कार्यक्रम तयारीको बारेमा सवै माझ जानकारी दिएका थिए । त्यस्तै कार्यक्रमको संयोजक सोनाम शेर्पाले सम्मेलन स्थल र कार्यक्रमको शूरुदेखिन अन्तिमसम्मको सबै जानकारी विस्तृत रुपमा जानकारी दिएका थिए ।

३१ औं एएनए सम्मेलन अन्तिम तयारीमा

न्युयोर्क- आगामी जुलाई ४ देखि ६ तारिखसम्म न्युयोर्कको वेस्टचेस्टरमा हुन लागेको ३१ औं एएनए सम्मेलन अन्तिम तयारीमा आयोजक जुटेका छन् । विगतको सम्मेलन भन्दा आर्कषक र ऐतिहासिक बनाउने उद्देश्यका साथ सम्मेलन संयोजक समीर महर्जन नेतृत्वको आयोजक समिति लागिपरेको छ । सम्मेलनमा आयोजना हुन लागेको विभिन्न खेलमा भाग लिने खेलाडीहरुको टोलिले अन्तिम नाम दर्ता गरिसकेका छन ।

‘नेपालका लागि ३१ औं एएनए सम्मेलन’ भन्ने मूल नारा लिएको यसपटकको सम्मेलनमा अर्थमन्त्री शंकर कोइरालाको प्रमुख आतिथ्यतामा हुने भएको जानकारी आयोजक समितिका सञ्चार संयोजक सूर्य थापाले दिएका छन् । उनका अनुसार सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत पिटर बोडे र अमेरिका र क्यानडाका विभिन्न क्षेत्रका नेपालीका साथै नेपालबाट समेत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता हुने भएको छ । सम्मेलनमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष सुरज बैधको नेतृत्वमा विभिन्न क्षेत्रका व्यवसायी सम्मिलित टोली आउन लागेको छ । घर जग्गा, बैंक, हाइड्रो पावर लगायतका व्यवसायी सम्मिलित टोलीले सम्मेलनमा स्टल राख्नेछ । सम्मेलनमा नेपालको आर्थिक क्षेत्रका साथै सांस्कृतिक क्षेत्रको समेत विषेश प्रस्तुति रहने जनाइएको छ । यसपटकको सम्मेलनमा करिब एक दशकपछि चर्चित हास्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विशेष प्रस्तुति दिने भएका छन् । जम्मा एक हप्ताको बसाइका लागि अमेरिका आउन लागेको मह जोडीले यसपटक एएनएको कार्यक्रममा मात्र प्रस्तुति देखाएर नेपाल र्फकने कार्यक्रम छ । नेपालका सबै क्षेत्रको सांस्कृतिक तथा भौगोलिक पहिचान झल्कने गरी सुरु हुने सम्मेलनमा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै अमेरिकामा रहेका नेपाली कलाकारको विशेष प्रस्तुति हुने जनाइएको छ । सम्मेलनमा प्रत्येक दिन साहित्यिक कार्यक्रमसमेत गरिन लागेको उत्तर अमेरिका साहित्यिक प्रतिस्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ । तीन दिनसम्म चल्ने सम्मेलनका विभिन्न फोरममा नया र पुराना दुवैथरी पुस्तालाई समेटिने आयोजकले जनाएका छन् । फोरम संयोजक छेवाङ शेर्पा लामाका अनुसार यसपटकको सम्मेलनमा नया र पुराना पुस्तालाई समेटिएका ‘मिसअन्डरस्टुड’ फोरम हुनेछ । त्यसका साथै महिला, पर्वतीय पर्यटन, एजुकेसन, राजनीति, कानुन र नेपालको विकाससम्बन्धी विभिन्न फोरम हुनेछन् । सम्मेलनमा सगरमाथा आरोहीका लागि विशेष सम्मान कार्यक्रमसमेत गरिने भएको छ । आरोहीलाई सम्मान गर्न सगरमाथा आरोही पत्रकार आङछिरिङ शेर्पाको नेतृत्वमा एक समितिसमेत गठन भइसकेको छ । त्यस्तै बालबालिकालाई समेटेर विभिन्न खालका ज्ञान र मनोरञ्जन दिने कार्यक्रमसमेत गरिने भएको छ । बालबालिकाको क्षेत्रमा लामो समयसम्म काम गरेका विज्ञहरुको टोलीले तयार पारेको बालबालिका सम्बन्धीत कार्यक्रम ऐतिहासिक हुने आयोजकको दाबी छ । सम्मेलनमा हुने खेलकुद कार्यक्रममा अमेरिकाको विभिन्न राज्यका नेपालीले भाग लिनेछन् । वांग्ला लामाको संयोजकत्वमा रहेको खेलकुद समितिले न्युयोर्कका विभिन्न ठाउामा खेल प्रस्तुत गर्ने जनाइएको छ । बाहिरबाट आएका पाहुनालाई न्युयोर्क सहर घुमाउने कार्यक्रमसमेत छ । विजय सिंहको नेतृत्वमा रहेको टोलीले सम्मेलन अवधिभर र सम्मेलन सकिएको भोलिपल्ट जुलाई ७ तारिखका दिन लिमोजिनमा न्युयोर्कका पर्यटकीय क्ष्ेात्र घुमाउनुका साथै हेलिकप्टरमा न्युयोर्क घुमाउने कार्यक्रम छ । लिमोजिन तथा हेलिकप्टरमा साविकको रेटभन्दा छुटमा घुमाउने व्यवस्था रहेको पनि आयोकले जनाएका छन् । सम्मेलन आउन करिब दुई हप्तामात्र बााकी रहेको भए पनि कार्यक्रम हुने होटलको ९० प्रतिशत कोठा बुक भइसकेको आयोजकले जनाएका छन् । हिल्टन वेस्टचेस्टरमा हुन लागेको कार्यक्रममा भाग लिन न्युयोर्कमा रहेका दर्शकका लागि प्रत्येक घन्टा गाडीमा आउनेजाने व्यवस्था गरिने आयोजकले जनाएका छन् । यातायात व्यवस्थापन तथा जनसम्पर्कको जिम्मेवारी सम्हालेका केशव राईका अनुसार कार्यक्रम अवधिभर ज्याक्सन हाइट्सको ७६ स्टि्रटबाट कार्यक्रमस्थल र कार्यक्रमस्थलबाट ज्याक्सन हाइट्ससम्म गाडी चल्नेछ ।

एएनए हिरोमा तीन व्यक्तित्व चयन

न्युयोर्क-विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल तीन व्यक्तित्वलाई आगामी ३१ औं एएनए सम्मेलनको अवसरमा ‘एएनए हिरो अवार्ड’ द्वारा सम्मान गरिने भएको छ । नेपालको नाम चिनाउने व्यक्तिलाई हरेक वर्ष सम्मेलनको अवसरमा यो अवार्ड प्रदान गरिादै आइएको छ । यसपटक उक्त अवार्ड प्राप्त गर्नेहरुमा वकिल तथा विकास कार्यकर्ता राजीव गोयल, प्रतिभाशाली तथा गतिबोधक -डायनामिक) बुना दाहाल र प्रख्यात हिमाली गायक तथा संगीतकार देण्डी शेर्पा ( टाकथोक) छन् । राजीव गोयल पिसकोर्प स्वयं सेवकको रुपमा झन्डै एक दशक कार्य गरिसकेर नेपाली पूर्वी विभिन्न गाउामा पुगेर उत्कृष्ट समाजसेवा गर्ने व्यक्तिको रुपमा चिनिन्छन् । उनले धनकुटा जिल्लाको राम्चे गाउामा खानेपानीको व्यवस्था गरी त्यहाको जनजीवन माथि उठाउन अतुलनीय योगदान पुर्‍याएका थिए । त्यस्तै २२ वर्षअघि नेपालबाट विशेष छात्रावृत्तिमा अमेरिकामा अध्ययन गर्न आएर प्रख्यात कूटनीतिज्ञ प्रशिक्षण मञ्च स्थापना गर्ने उत्प्रेरक हुन् बुना दाहाल । जन्मजात दृष्टिविहीन भए पनि बुनाले अमेरिकाको अध्ययन सकेलगत्तै धनाढय र शिक्षित व्यक्तिहरुलाई सफल जीवनबारे शिक्षा दिादै आएकी छन् । उनलाई सन् २००७ को मार्चमा राष्ट्रसंघमा वक्ताको रुपमा बोल्न निमन्त्रणा गरिएको थियो । उनले अहिलेसम्म धेरै समाजसेवा गरिसकेकी छन् । त्यस्तै देण्डी शेर्पा -टाकथोक ) प्रख्यात हिमालयन गायक, रचनाकार तथा संगीत इतिहासकार हुन् । उनले सम्पूर्ण जीवन हिमालयन क्षेत्रको गीत संगीत संरक्षणमा लगाएका छन् । शेर्पा समाजमा कला शिक्षक तथा टुङगना देण्डीको उपनामले चिनिने उनले शेर्पा जातिको लोप हुन लागेको गीत संगीतलाई जीवन्त राख्न महत्पूर्ण योगदान गरेका छन् ।

एएनए खेलकुदमा १० हजारको पुरस्कार

एएनए सम्मेलनको अवसरमा आयोजना हुन लागेको विभिन्न खेलकुदमा भाग लिने टोलीको नाम दर्ता भइसकेको छ । सधैं आयोजना हुने खेलहरुमा विगतको तुलनामा यसपटक बढी खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् । खेल संयोजक वाङला लामाले बिहीबारसम्म फुटबलमा १६ टिम दर्ता गरिसकेको जानकारी दिए । फुटबल खेलमा भाग लिने खेलाडीहरु न्युयोर्क, न्युजर्सी, बोस्टन, कनेटिकेट, टेक्सास, मेरील्यान्ड, भर्जिनिया, लसएन्जलस क्यालिफोर्निया, वासिङटनडिसी र वेस्टभर्जिनियाका छन् । भलिबलमा ७ टिमले नाम दर्ता गरिसकेका छन् । उनीहरु न्युयोर्क, केनटिकेट र क्यालिफोर्नियाका छन् । बास्केटबलमा १० टिमले भाग लिने भएका छन् । उनीहरु न्युयोर्क, टेक्सास, बर्मन, भर्जिनिया, एरिजोना, बोस्टन, मेरील्यान्ड र कनेटिकेटका छन् । महिला बास्केटबलमा २ टिम डाल्ल्ाास र न्युयोर्कका मात्र छन् । गल्फमा २५ जनामा धेरैजसो न्युयोर्ककै छन् । टेबलटेनिसमा पुरुष र महिला दुवै गरी १६ जनाले भाग लिादैछन् । खेलकुद प्रतियोगितालाई सञ्चालन गर्न सबै तयारी भइरहेको आयोजकले जनाएका छन् । यसपटक आयोजना हुने खेलहरुमा पुरुष बास्केटबलतर्फ विजेतालाई २ हजार डलर, उपविजेतालाई १ हजार डलर नगद पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै महिला बास्केटबलतर्फ विजेतालाई ५ सय डलर उपविजेतालाई २ सय ५० डलर पुरस्कार राखिएको छ । फुटबलतर्फ विजेतालाई २५ सय डलर र उपविजेतालाई १५ सय डलर नगद पुरस्कार दिइने भएको छ । भलिबलतर्फ विजेतालाई १ हजार डलर र उपविजेतालाई ५ सय डलर नगद दिइने भएको छ । त्यसैगरी टेबलटेनिसतर्फ विजेतालाई ५ सय डलर र उपविजेतालाई २ सय ५० डलर नगद दिइने भएको छ । कुल १० हजार डलर अर्थात लगभग नेपाली ९ लाख रुपैयााको नगद पुरस्कार खेलाडीका लागि छुट्टयाएको आयोजकले जनाएका छन् ।

एएनएमा विजयी कविलाई पुरस्कृत गरिने

एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवमा मोरङका पदम गौतमको ‘सपना पछयाउादै’ शीर्षकको कविता प्रथम भएको छ । काठमाडौंकी हरिमाया भेटवालको ‘आमा र घाम’ कविता दोस्रो भएको छ । पोखराका ईश्वरमणि अधिकारीको ‘घर’ कविता तृतीय भएको छ । कवितामा विजेताहरुको जानकारी प्रतिष्ठानका महासचिव हेमन्त श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत गराएका हुन् । महोत्सवमा प्रथम हुने कविले ‘एनएम शुभद्रा भानुभक्त’ काव्य पुरस्कार र प्रमाणपत्रसहित नगद १ हजार डलर प्रदान पाउनेछन् । दोस्रो हुनेले ‘शर्मा मुडभरि मोतीराम’ काव्य पुरस्कार र प्रमाणपत्रसहित ३ सय डलर पाउनेछन् । त्यस्तै तेस्रो हुनेले ‘बसुन्धारा गणेश रोका देवकोटा’ पुरस्कार र प्रमाणपत्रसहित २ सय डलर पाउनेछन् । प्रतियोगिताका लागि विभिन्न १८ मुलुकबाट अंगे्रजी र नेपाली भाषामा गरी २ सय २७ कविताले भाग लिएका थिए । प्रतिष्ठानका उपाध्यक्ष एवं साहित्यकार विनोद रोकाको प्रमुख संयोजकत्वमा र कवि गोवर्द्धन पूजाको उपसंयोजकत्वमा समिति गठन गरी महोत्सव गरिएको थियो । कविता मूल्यांकनका लागि उपाध्यक्ष रोकाकै संयोजकत्वमा कवि तथा साहित्यकारहरु तुलसी दिवस, उषा शेरचन, डा. हरिहरप्रसाद भट्टाराई, विप्लव प्रतीक, गोवर्द्धन पूजा, र निलम कार्की सम्मिलित निर्णयक समिति बनेको थियो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com