विगत ९ वर्षदेखि साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको टोरोन्टो साहित्य समाजले गत शनिबार २० जुलाईका दिन एनआरएन क्यानाडासँग संयुक्त रुपमा खेलकूदसंगै भानुजयन्ती सम्पन्न गरेको छ । टोरोन्टो साहित्य समाज र NRN क्यानडाको भाषा, साहित्य एबम संस्कृति बिभागको आयेजनामा कार्यक्रमको पहिलो चरणमा “साहित्यकार ११ र समाजसेवी ११ का बिच मैत्रिपूर्ण फुट्बल खेल भएको थियो भने दोस्रो चरणमा साहित्य अनुरागी एबम अन्य महानुभाबहरुकोगरिमामय उपस्थितिमा काव्यात्मक गोष्ठीको आयोजना भएको थियो । टोरोन्टो साहित्य समाजका अध्यक्ष मुक्ती गौतमको सभापतित्वमा आयोजित भानु जयन्ती काव्य गोष्ठीमा बाल सर्जक अनु गौतम, स्वर्णीमा गुरुङ्ग, अनिस श्रेष्ठ र मेधावी गौतमसंगै काव्य सिर्जनामा सहभागिताको थालनी गरेको जानकारी दिदै रमेश प्रसाईले अंग्रेजीमा कविता सुनाउनु भएको थियो । रमेश थापाको ओजपूर्ण एवम् काव्यात्मक प्रस्तुतिका साथ संचालित काव्य गोष्ठीमा गोपीकृष्ण काप्mले, सपना गौतम र कल्पना अवस्थीले गजल वाचन गर्नु भएका थिए भने कुञ्जन रुपाखेती, राधीका खरेल, दिपक गौतम, प्रदिप पौडेल, रमेश थापा, मुक्ती गौतम र गोबिन्द रावतले कविता वाचन गर्नु भएको थियो । समाजका उपाध्यक्ष राधीका खरेलको स्वागत मन्तब्यबाट शुभारम्भ भएको काव्य गोष्ठीमा समाजका सल्लाहकार डा. गोबिन्दसिंह रावतले भानुभक्तका बारेमा उनको योगदानको चर्चा गर्दै भाषाका माध्यमबाट सबै नेपालीलाई एकसुत्रमा बाधेको भन्दै नेपालबाहिरका नेपालीमा भाषा साहित्य र संस्कृतिप्रति बढी जागरुकता रहेको भन्नु भउको थियो भने समाजका अर्का सल्लाहकार गोपीकृष्ण काप्mले टोरोन्टो साहित्य समाज र एनआरएन क्यानाडाको संयुक्त प्रयासबाट आउदो दशैंमा क्यानाडाको काव्य सुसेली काव्यात्मक संग्रह प्रकाशित गर्ने जानकारी गराउनु भएको थियो । समाजका अध्यक्ष मुक्ती गौतमले समाजका माध्यमबाट नेपाली साहित्यलाई विशाल टोरोन्टोमा क्रियाशिल बनाउदै लगेको बारे जानकारी गराउदै यसमा सबैको सहयोगको आवश्यकता माथि जोड दिनु भएको थियो । कार्यक्रममा नवराज गुरुङ्ग, रमेश प्रसाई, अनिल थापा आआप्mनो विचार राख्नु भएको थिया । कार्यक्रममा लिला पाण्डे र राधीका खरेलले मीठो गीत सुनाउनु भएको थियो ।