फ्रेन्ड्स अफ नेपाल – लस एन्जलसको ‘ब्ल्याक टाई’ ईभेन्ट सम्पन्न


लस एन्जलसको पुरानो सामाजिक संस्था फ्रेन्ड्स अफ नेपाल, लस एन्जलसले बिगतका बर्षजस्तै यसपटक पनि ‘ब्ल्याक टाई’ ईभेन्ट सम्पन्न गरेको छ । सेरिटोस नगरको शेराटन होटेलमा आयोजित कार्यक्रममा लस एन्जलस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उपस्थिती थियो । बाणिज्यदुत ऋषी ढकाल, आर्टेसिया नगरकी मेयर शेल्ली फ्लावरको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा ग्रेटर लस एन्जलस क्षेत्र र यस वरपर नेपाली समाजको हितमा काम गर्ने बिभिन्न बिधाका समाज सेवकहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बाणिज्यदुत ऋशी ढकाल, बौद्धिक संसार शैक्षिक प्रतिश्ठान, नेवा अर्गनाइजेशन अफ अमेरिका, साउथर्न क्यालिफोर्निया, सान-डियेगो निवासी सक्रिय सामाजिक कार्यकर्ता दम्पती गोपाल/मनिता गोपाल योगी र देवीप्रसाद/नरमाया बास्कोटालाई कदर-पत्र सहित सम्मानित गरिएको थियो । सम्मानित संस्था र ब्यक्तिहरूलाई मेयर फ्लावर र संस्थाका अध्यक्ष डा. जीत जोशीले संयुक्त रुपमा कदर-पत्र प्रस्तुत गर्नु भएको थियो । सम्मानित संस्थाका प्रतिनिधि र ब्यक्तिहरूले फ्रेन्ड्स अफ नेपालप्रति आभार प्रकट गर्दै समाजको लागि अरु थप असल कार्य गर्ने उर्जा मिलेको बताउनुभएको थियो ।

यस अघि कार्यक्रममा बाणिज्यदुत ऋषी ढकाल, आर्टेसिया नगरकी मेयर शेल्ली फ्लावर्, आर्टेसिया नगरका प्रो-टीम मेयर टोनी लीमा र संस्थाका उपाध्यक्ष मुकुन्द ढुंगाना आदिले नेपाली समुदाय, यसभित्र उब्जित संघ-संस्थाहरूले नेपाली समाजको उत्थानका लागी खेल्नुपर्ने भूमिका र आवश्यकताबारे आ-आफ्नो मन्तब्य दिनुभएको थियो । उपस्थित सहभागीहरूको परिचय र छोटकरी मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन सुनिता चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन उपाध्यक्ष मुकुन्द ढुंगानाले गर्नुभएको थियो ।

फ्रेन्डस अफ नेपाल, लस एन्जलसका अध्यक्ष डा. जीत जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रीपशुपतीनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा, महासचिव प्रेम गुरागाईं, एनआरएन एनसिसी युएसएका डिआरसी तथा कोशाध्यक्ष राजेन्द्र सिवाकोटी, नेवा समाजका अध्यक्ष दिलबहादुर श्रेष्ठ, एकता समाजकी अध्यक्ष उमा कार्की थापा, बौद्धिक संसार शैक्षिक प्रतिश्ठानका संयोजक बलराम थापा, एएनएस-लस एन्जलसका अध्यक्ष रबिन्द्र प्रधान, जन-सम्पर्क समितिका सल्लाहकार हेमराज भट्ट, सम्पर्क समितिका उपाध्यक्ष मदन पाठक, मगर सोसाइटी अमेरिकाका उपाध्यक्ष तथा नेपालिज स्पोर्ट्स क्लब-लस एन्जलसका अध्यक्ष बखान थापा, संस्थाका निबर्तमान अध्यक्ष डा. शम्भु ढुंगाना, निर्देशक दिल श्रेष्ठ, समाजसेवी राम लामा, एकराज ‘नारान’ पान्डे, रामबाबु पान्डे, राजन अधिकारी, अशोक रेग्मी, अनिल केसी, राजकुमार पोखरेल, राजेश पान्डे, अभिजीत श्रेष्ठ, बिमल श्रेष्ठ, बिनोद ढकाल, डिल्ली थापा, डनबहादुर कार्की, मोहन शर्मा नुरे, पेमा धोन्डेप, मास्टर शनी बी, नानु थापा, निरजा ढुंगाना, जोसेफिना ढुंगाना, माधव बुढाथोकी, तुलसी  ज्ञवाली, रामजी गौतम, पुरुशोत्तम पान्डे, प्रजेश आचर्य, राजन ढुंगाना, राजु बज्राचार्य, शेरबहादुर कार्की, पत्रकार तिलक कार्की, युबराज खनाल, कृष्ण कोइराला लगायतका महानुभावहरूको उपस्थिती थियो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com