छैटौ गैरआवासीय नेपाली विश्व सम्मेलन उच्चतरीय आयोजक समितिको प्रथम वैठक


छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलन उच्च स्तरीय आयोजक समितिको प्रथम वैठक समितिका अध्यक्ष परराष्ट्र मन्त्री माननीय श्री माधव प्रसाद घिमिरेका अध्यक्षतामा परराष्ट्र मन्त्रालयमा आज मिति २४ भाद्र तत् अनुसार सेप्टेम्वर ९ का दिन बस्यो । सर्वप्रथम अध्यक्षज्यूले सहभागी सम्पूर्ण समितिका सदस्यहरुलाई स्वागत गर्दै गैरआवासीय नेपालीहरुबाट राष्ट्रले धेरै अपेक्षा राखेको जानकारी गराउँदै नेपाल सरकार सहकार्य गर्दै गैरआवासीय नेपाली अभियानलाई अझ प्रभावकारी तथा उपलब्धी मूलक बनाउन कटिवद्ध रहेको वताउनु भयो । यसै अवसरमा आर्थिक कुटनीति तथा गैरआवासीय नेपाली महाशाखाका प्रमुख सह सचिव, कृष्ण प्रसाद ढकालले, अन्तराष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानले यस बिषयमा अध्ययन गरी आगामी विश्व सम्मेलन सम्म एउटा प्रतिवेदन पेश गर्ने जानकारी गराउनु भयो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलन उच्च स्तरीय आयोजक समिति गठन गरेकोमा नेपाल सरकार प्रति अभार प्रकट गर्दै हाल सम्म भएका सम्मेलनका तयारीहरुबारे अवगत गराउनु भयो । सोही अवसरमा उहाँले पाँचौं गैरआवासीय नेपाली विश्व सम्मेलनमा ५७ मुलुकहरुमा फैलिएको यसको संजाल हाल ६५ मुलुकहरुमा फैलिएको जानकारी गराउँदै संघ नेपालमा दर्ता हुन सकेमा नेपाल सरकार र गैरआवासीय नेपाली संघ दुवैलाई सहज हुने वताउनु भयो । यसै अवसरमा गैरआवासीय नेपाली संघ गैरआवासीय नेपाली अध्यादेश २०६२ तथा गैरआवासीयहरुको अन्तर्राष्ट्रिय परिभाषा अनुसार नै गठन भएको स्मरण गराउनु भयो । नेपाल उधोग वाणिज्य महासंघका (ने.उ.वा.महासंघ) अध्यक्ष सुरज बैद्यले संघ नेपाल सरकार, ने.उ.वा.महासंघ र गैरआवासीय नेपालीहरुको संयुक्त प्रयासमा स्थापना भएको एक दशक सम्म पनि दर्ता हुन नसक्नु सबैको लागी अहितकर भएको औंल्याउनु भयो ।
यसै अवसरमा अन्य वक्ताहरुले रेमिटेन्स्लाई व्यवस्थित तरीकाबाट भित्र्याई लगानी मैत्रि बनाउन यस सम्मेलनले योगदान गर्नु पर्ने कुरा बताए भने केहीले वैदेशिक रोजगारीमा भएको बृद्धिको तुलनामा रेमिटेन्स् कम भित्रेको जनाउँदै सम्मेलनले रेमिटेन्स् भित्र्याउन भूमिका खेल्न पर्ने बिचार व्यक्त गरे । अन्य सदस्यहरुले यस सम्मेलनले अदक्ष कामदारहरुको सुरक्षा र हकहितमा समेत ठोस कार्ययोजना तय गरी नेपाल सरकारको सहकार्यमा कार्यान्वयन गर्न पर्ने जानकारी गराए र श्रम मन्त्रालयका प्रतिनिधिले गैरआवासीय नेपाली संघ संग मन्त्रालय सहकार्य गर्न तत्पर रहेको जनाए ।
उपस्थित सदस्यहरुले गैरआवासीय नेपाली अभियानको यो दश बर्षमा यस अभियानका उपलब्धी तथा चुनौतीहरुका वारेमा बहस गर्दै निकास निकाल्न यस सम्मेलन उपयुक्त समय भएको सुझाव पेश गरे । सोही अवसरमा आर्थिक कुटनीतिमा गैरआवासीय नेपालीहरुको ठूलो भूमिका रहेको र हरेक नियोगहरुमा आर्थिक कुटनीति शाखा स्थापना गरी गैरआवासीय नेपालीहरुको सहभागीता गराईने जानकारी गराईयो । आर्थिक कुटनीतिका अभिन्न अंगहरु लगानी, व्यापार र वजारीकरण रहेको र यसमा गैरआवासीय नेपालीहरुको ठूलो योगदान हुन सक्नेमा सहभागीहरु विश्वस्त थिए । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई यस अभियानमा समावेश गराउन महत्वपूर्ण भएको र आगामी सम्मेलनले त्यस तर्फ ध्यान पुराउन जरुरी भएको जानकारी गराए ।
नेपाल सरकारले गैरआवासीय नेपालीहरुले गर्न सक्ने लगानीको पहिचान गरी उनीहरुलाई त्यस तर्फ आकर्षण गर्न ठोस कार्य योजना बनाउन पर्ने सुझाव ने.उ.वा.महासंघ अध्यक्षको थियो । सोहि अवसरमा ने.उ.वा.महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले यस दश बर्षको अवधिमा गैरआवासीय नेपालीहरुले धेरै गर्न खोजेको तथा सक्दो गरेको जानकारी गराउँदै आगामी सम्मेलनले उहाँहरुलाई थप प्रेरणा मिल्ने खालका कार्यक्रमहरु तय गर्न पर्ने बिचार व्यक्त गरे । गैरआवासीय नेपाली संघका संरक्षक भिम उदासले गैरआवासीय नेपाली संघको दर्ता अपरिहार्य भएको र यसलाई छिटै टुङ्गो लगाउँदा सबैको हितकर हुने बताए । गैरआवासीय नेपालीहरुले नेपालमा मात्र नभई बिदेशमा पनि नेपालको लागी गरेका बिभिन्न कार्यहरु जनमानस समक्ष ल्याउन अत्यन्तै जरुरी भईसकेको जनकारी दिए ।
माननीय परराष्ट्र मन्त्री तथा उच्च स्तरीय आयोजक समितिका अध्यक्षले यस दश बर्षको अवधीमा गैरआवासीय नेपाली संघले के गर्यो् र आगामी दिनमा के गर्न सकन्छ भनि सुझाव पेश गर्न नेपाल सरकार, ने.उ.वा.महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त पुनरावलोकन समिति बनाई यस अभियानको पुनरावलोकन र मूल्याङ्कन गर्न पर्ने राय व्यक्त गर्नु भयो । गैरआवासीय नेपाली संघ दर्ता प्रति नेपाल सरकार सकारात्मक रहेको र यसका बिभिन्न पल्लुहरुमा नेपाल सरकार छलफल गर्न तयार रहेको जनाउनु भयो । यसै गरी यस विश्व सम्मेलनका कार्यक्रमहरु तय गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, ने.उ.वा.महासंघ र गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु सम्मेलित एउटा समिति वनाउने निर्णय आजको यस वैठकले गर्योस । अन्त्यमा आफ्नो व्यस्थताका वावजुत पनि छोटो जानकारीमै वैठकमा उपस्थित भई अमूल्य सुझावहरुका लागी सहभागीहरुलाई धन्यवाद दिनु भयो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com