अन्ततः टोरोन्टोका मेयर सब फोर्डले आफुले कोकिन सेवन गरेको स्वीकार्नै पर्यो । लामो समयदेखि चल्दै आएको बहसमा यहाँको एउटा दैनिक पत्रिकाले मेयर लागु औषधी खादै आएको र उनको सम्बन्ध लागु औषधी ओसारपसार र बेचबिखान गर्नेहरुसँग रहेको बताउदै आएको थियो । लामो समयसम्मको विवादपछि अन्ततः टोरन्टोका मेयर रब फोर्डले आफूले कोकिन सेवन गरेको स्वीकार गरेका छन् ।उनको यो खबर विश्वभरीका समाचार माध्यमहरुले उत्तरअमेरिकाको तेस्रो ठूलो शहरका मेयरको चर्तिकलाका रुपमा प्रकाशित गरेको छ । आफुले कोकिन खाएको तर अब नखाने प्रतिबद्धता जनाए पनि जनताले भने उनलाई पत्याउन सकीरहेका छैनन् । मेयरले पहिला होईन र सही ठहरे जेजस्तो सजा भोग्न पनि तयार छु भन्दै आएकोमा टोरोन्टोका प्रहरीप्रमुखले उनले कोकिन सेवन गरेको भिडियो आफुसँग रहेको जानकारी सार्वजनिक गर्नासाथ पहिला भिडियो देखाउन जोड गरीरहेका मेयरले अन्त्यमा टोरोन्टोका जनतासामु संचार माध्यमबाट भावुक भएर सेवन गरेको र अब कहिल्यै पनि नगर्ने जानकारी गरएका थिए । आफूले एक वर्ष अघि कोकिन सेवन गरेपनि अम्मली नभएको उ भन्दै एकपटक चानेको मात्र हो भन्नु भएको थियो । आफुले कोकिन सेवन गरी बदनाम भए पनि आप्mनो मेयर पदबाट राजीनामा दिने कुरालाई भने उनले अस्वीकार गरेका छन् । मंगलवार संवाददाताहरुसँग कुरा गर्दै फोर्डले साथीभाई घर परिवारसामु सत्य लुकाउन कठीन परिरहेको बताएका छन् । नरम शैलीमा प्रस्तुत भएका फोर्डले यो घटनाले आफूलाई लज्जित पारको बताए । उनले कोकिन सेवन गरेकोमा टोरन्टोबासीसमक्ष क्षमा याचना पनि गरे ।