क्यानाडाका सत्तारुढ दल कन्जर्भेटिभ दलबाट संसदमा प्रतिनिधित्व गर्दै आएका सांसद श्रीमती पामेला वालिन, श्री माइक डफी र श्री पेट्रिक ब्राजेउलाई गत मंगलबार संसद भवनमा भएको पक्ष विपक्षका मतका आधारमा संसदबाट निबम्बित गरेको छ । यी तीनजना सांसदहरुले अटवामा आप्mनो घर हुँदाहुदै घर भाडा तथा अन्य सुविधावापत हजारौं डलर लिएको प्रमाणित भएपछि संसदमा भएको मतानुसार उनीहरुलाई दुई वर्षसम्म तलब दिने गरी उनीहरुको स्वास्थ्य सुविधा तथा विमाको व्यवस्था रहने गरी निलम्बित गरिएको छ । यी तीनैजना सांसदहरुलाई अनावश्यक खर्च लिएको प्रमाणित भएपछि कन्जर्वेटिभ दलले उनीहरुलाई दलबाटै निकालिदिएको थियो । त्यसपछि स्वतन्त्र सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका श्रीमती पामेला वालिन, श्री माइक डफी र श्री पेट्रिक ब्राजेउले अब घरमा बसीबसी तलब खान पाउने भएका छन् ।