क्यानाडाको सत्ताधारी दल कन्जर्वेटिभले क्यानाडाको नागरिकता पाउन क्यानाडाको एउटा राष्ट्रिय भाषा जान्न र बढी समय क्यानाडामा बसेको हुनु पर्ने नयाँ नियम लागु गर्ने भएको छ ।
क्यानाडाका नागरिक तथा आप्रवासी मन्त्री एलेक्जेन्डर क्रिसले क्यानाडाको नागरिकता पाउनु अधिकार नभएर यहाँका बासिन्दालाई दिएको मौका मात्र हो भन्दै चाडैनै संसदमा नागरिकता सम्बन्धी बिल प्रस्तुत गर्ने बारे जानकारी गत बिहीबार टोरोन्टोमा दिएका छन् । नयाँ बिलले क्यानाडाको नागरिकता पाउन यहाँका स्थाई वासिन्दा (पी.आर.) लाई अभैm गाहे हुने भएको छ । नयाँ नियम अनुसार क्यानाडाको नागरिकता लिनलाई यहाँको फ्रेञ्च वा अंग्रेजी भाषा मध्ये एउटा भाषा जान्नु अनिवार्य रहेको छ । यसअघि ५४ वर्ष नाघेकालाई नागरिकताका लागि कुनै जाँच दिनु पर्दैनथ्यो भने अब १४ देखि ६४ वर्षका सबैले नागरिकता लिनका लागि जाँच दिनु अनिवार्य गरीदिएको छ । नयाँ नियम अनुसार अब पी.आर. लिएको ६ वर्षको अवधिमा ४ वर्ष क्यानाडामा बसेको हुनै पर्छ भने यसअघि पि.आर. पाउन अगाडि क्यानाडामा छ भने यहाँ बसेको समय अवधिको आधा समयलाई क्यानाडा बसेको मानिन्थ्यो भने अब पि.आर. भएको अवधिपछिमात्र दिन गन्ती शुरु गरिने बताइएको छ । नागरिकता लिनका लागि क्यानाडामा टेक्स फायल गरेको प्रमाणसँगै क्यानाडाबाहिर रहेको आफ्नो सम्पत्तीको विवरणसमेत पेश गर्नु पर्ने भएको छ । नयाँ नियम अनुसार नागरिकता पाउनका लागि तीनसय डलर शुल्क लाग्ने छ र अहिले नागरिकता पाउनका लागि समयावधि ३६ महिनाको ठाँउमा अब एक वर्षभित्र नागरिकता उपलब्ध गराउने बारे मन्त्री क्रिसले जानकारी गराउनु भयो । सरकारले क्यानेडियन सैनिकमा काम गर्नेहरुका लागि भने फष्ट ट्रेकबाट चाडै नागरिकता दिने व्यवस्था गरेको बारे पनि मन्त्री क्रिसले जानकारी गराउनु भयो ।