क्यानाडाका जनसंख्या तथा आप्रवासी मन्त्री क्रिस एलेक्जेन्डरले क्यानाडाको पि.आर. वा नागरिकता लिएकाहरुले आफ्नो स्पाउस (पति÷पत्नी) लाई क्यानाडा बोलाउने नियमावलीमा केही परिवर्तन गर्ने सन्दर्भमा ईमिग्रेसन क्षेत्रमा काम गर्ने विशिष्ट वकिल तथा विशेषज्ञहरुकाबीच अन्तक्रिया गरेका थिए । मन्त्री क्रिसले ल्याउन थालेको नयाँ नियमानुसार क्यानाडामा आफ्नो स्पाउस (पति÷पत्नी) लाई बोलाउदा अब शैक्षिक यौग्यतासँगै अंग्रेजी वा फ्रेञ्च भाषाको आवश्यकतालाई पनि अनिवार्य पर्ने भएको छ । यस सम्बन्धमा अविकसित र अर्धविकसित राष्ट्रबाट आउने स्पाउस (पति÷पत्नी) लाई भाषागत ज्ञानसँगै शैक्षिक योग्यता कम रहनेबारे बहसको विषय पनि बनेकोे थियो । बहसमा उपस्थित वकिल एभी गोका अनुसार सरकारले अब आफ्नो स्पाउस (पति÷पत्नी) वा छोरा–छोरी बोलाउँदा न्युनतम् आय पनि हुनु पर्ने भएको छ । यसअघि आफ्नो स्पाउस (पति÷पत्नी) वा छोरा–छोरी बोलाउँदा कुनै आयआर्जनको आवश्यकता पर्दैनथ्यो । एभी गोले यसको विरोध गर्दै क्यानाडा फेरी एक्लो समाजको मनस्थितिमा जादैछ भन्दै जब चीनबाट आएका आप्रवासीहरुलाई हेड टेक्स लगाएर कर उठाउदा कर तिर्न नसक्ने भएकोले धेरैले आफ्नो स्पाउस (पति÷पत्नी) लाई बोलाउदैन थिए ।
मन्त्री क्रिसले यसप्रकारको कडाईले गर्दा नक्कली विवाहलाई निरुत्साहित गरेको नयाँ नियम बनेपछि सक्षम र शैक्षिक आप्रवासीहरुको आगमनले प्राथमिकता पाउने बताएका छन् । यसै प्रसङ्गमा मन्त्री क्रिसले गत जुलाईमा एजेक्स शहरका ३६ वर्षीय महिला फजीललाई उनको श्रीमानले मारेको उदाहरण दिदै श्रीमानलाई फजीलले अफगानिस्तानबाट बिहे गरेपछि बोलाएको तर श्रीमानसँग भाषा र शैक्षिक योग्यताको कमीले गर्दा श्रीमतीको क्यानेडियन जीवन शैलीलाई स्वीकार्न नसकेर हत्या गरेको कारण बताएका थिए । यो समस्या डोमेस्टिक भ्वाइलेन्सका रुपमा धेरै घरहरुमा पाइन्छ । तसर्थ भाषा र शैक्षिक योग्यता अनिवार्य हुनु पर्ने बताएका थिए । नयाँ नियम लागु गर्ने क्रममा मन्त्रीले क्यानाडाभरी यस क्षेत्रका विशेषज्ञहरुसँग सरसल्लाह र बहस गर्दैछन् ।