क्यानाडामा सबैभन्दा धेरै कम शरणार्थीले शरण पाए


 क्यानाडा सरकारले २०१२ डिसेम्बर १५ देखि लागु गरेको नयाँ शरणार्थी नियमले गर्दा शरणार्थीका लागि आवेदन गर्नेहरुको संख्यामा  एकदमै कमी आएको छ । युएन रिफुजी एजेन्सीले समेत क्यानाडाले शरणार्थी प्रक्रियामा सुधार ल्याएर नक्कली शरणार्थीलाई निरुत्साहित पारेर २०१३ मा एकदमै कम मानिसले क्यानाडामा शरण पाएको जानकारी गराएको छ । अटवाले प्रकाशित गरेको विज्ञप्ती अनुसार क्यानाडाले २०१३ मा ४९ प्रतिशतले कमी गरेर मात्र १०,४०० जनालाई शरणार्थीका लागि शरण दिएको छ । यसअघि क्यानाडालाई विश्वकै सबैभन्दा बढी शरणार्थीलाई शरण दिने राष्ट्रका रुपमा गनिन्थ्यो । त्यसबेला प्रत्येक १० जना शरणर्थीमा एकजनाले शरण पाउदै आएका थिए ।

विश्वका दसवटा अतिजोखिम राष्ट्रहरुमा सिरिया, अफगानिस्तान, सोमालिया, इरीटेरिया, ईराक, पाकिस्तान आदि अहिले अग्र पंक्तीमा रहेका छन् । यी राष्ट्रबाट आउनेहरुलाई भीसा प्रक्रियामा पनि सहुलियत दिईन्छ भने मेक्सिको, चेक रिपब्लिक आदिसँगै कम जोखिममा रहेका राष्ट्रबाट आउने पर्यटकलाई भीसामा कडाई गरिदै आएको छ । तर यहाँ आएपछि शरणार्थीका लागि आवेदन दिनेहरुका लागि क्यानाडाले मानवियताका आधारमा धेरैलाई शरण दिदै आएको थियो भने नयाँ नियम लागु भएपछि विश्वमा नै कम शरणार्थी भित्र्याउने राष्ट्र बन्दै गएको छ ।  सबैभन्दा कडा नियम रहेको अष्ट्रेलियाले पनि गत वर्ष क्यानाडाभन्दा दोब्बरको संख्यामा  २४, ३०० जनालाई शरण दिएको थियो । अन्य राष्ट्रहरुमा जर्मनले सबैभन्दा बढी ४८४,६००, अमेरिकाले ८८,४००,  फ्रान्सले ६०,१००, स्वीडेनले ५४,३०० जनालाई गत वर्ष शरणार्थीका रुपमा मान्यता दिएको बारे विश्व राष्ट्र संघको शरणार्थी मामिला हेर्ने निकाय यु.एन. एच.सी.एफ. ले आफ्नो प्रतिवेदनमा प्रकाशित गरेको छ । विश्वका ४४ वटा विकसित र औधोगिक सम्पन्न राष्ट्रहरुले जोखिममा परेका राष्ट्रका नागरिहरुलाई मानवीयताका आधारमा शरण दिदै आएको छ । प्रारम्भमा क्यानाडा मानवीयताको मूल्य र मान्यतालाई मान्दै शरणार्थी भित्र्याउने पहिलो राष्ट्रका रुपमा थियो भने अब यो घटेर  १६औं स्थानमा पुगेको छ र  प्रतिशतका आधारमा विश्वभरी शरणार्थीलाई शरण दिने मुलुकहरुमा क्यानाडाले गत वर्ष ३६ प्रतिशतलाई मात्र शरण दिएको देखिन्छ ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com