केन्द्रिय अर्थमन्त्री जिम फ्लेहर्टीको अचानक देहवसान भएको समाचारले सबै स्तब्ध भएका छन् । २० वर्षको राजनीतिबाट सन्यास लिएर सामाजिक जीवन विताउन चाहनेबारे गत महिनामात्र वक्तव्य दिएर सबैलाई चकित पारीदिएका जिम फ्लेहर्टीको अचानक मृत्युको समाचारले पनि स्तब्ध पारीदिएका छन् । आफ्नो राजिनामाको मुख्य कारण स्वास्थ्य रहेको बारे प्रष्ट पार्दै मन्त्री जिम फ्लेहर्टी राजिनामा दिएको महिना दिन नबित्दै ६४ वर्षको उमेरमा आज अपहन्न ह्दयघातबाट निधन भएको छ ।