क्यानाडाको राजनीतिमा नेपालीहरुको समावेसी र सहभागिताका लागि यहाँका राजनीतिक दलहरुको प्रयास जारी छ । हुन त संस्था कुनैपनि राजनीतिक रङ्गमा रंगिनु हुँदैन भन्छन् । तर हाम्रो क्यानाडामा यो जायज भएको छ । यसलाई जायज बनाउने काम हामीहरुको नेतृत्वगर्दै गठन भएको गैरआवासीय नेपाली संघ–क्यानाडाले गरी दिएको छ । गत वर्ष एनआरएन क्यानाडाको वार्षिक साधारण सभामा त्यसबेलासत्तासिन प्रोग्रेसिभ कन्जर्वेटिभ दलका उम्वेदबारलाई मात्र खुलेआम चुनाव प्रचार गर्न लगाइएको थियो भने त्यसअघि पनि २०११ माचुनावअघि प्रोग्रेसिभ कन्जर्वेटिभ दलका उम्वेदबार र तत्कालिन मन्त्रीलाई बोलाएर एनआरएन क्यानाडाको मञ्चमा उभ्याइएको थियो ।लाग्छ एनआरएन क्यानाडा प्रोग्रेसिभ कन्जर्वेटिभ दलको मञ्च हो ।
यसपटक नेपाली नयाँ वर्ष २०७३ को उपलक्ष्यमा प्रधानमन्त्री जस्टिन टुडोले सबै नेपालीलाई शुभकामना दिएको सन्देशले सबैको फेसबुकलाईछ्यापछ्याप्ती ढाकी दिएको थियो । यो खबर नसेलाउँदै अहिले प्रतिपक्षको भूमिका निर्वाह गर्दै गरेको प्रोग्रेसिभ कन्जर्वेटिभका नेता माननीयपेट्रिक ब्राउनले पहिलोपटक नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिनका लागि प्रान्तीय विधानसभा भवनको प्रतिपक्षी दलको कार्यकक्षमानिम्त्याए । एउटा खुशीको लहर विशाल टोरोन्टोका नेपालीहरुमा देखियो । निम्तो पाउनु पर्नेदेखि नपाउनु पर्नेहरुका साथै बस्ने कुर्सीभन्दाबढी सहभागिता देखियो । आउनु पर्ने र आउनै पर्नेलाई भने निम्तो पनि पुगेन छ । जजसले पाए निम्तो पाएर रमाए अनि सुटबुट र द्यौरा–सुरुवाल टोपी ढल्काएर क्विन पार्कतिर नेपालीहरुको लर्को लाग्यो । सुरक्षा जाँचपछि कार्यकक्षमा पुग्नासाथ सबैलाई अन्टारियो प्रान्तकाविधायक श्री लोर्नी कोइले ढोकाबाटै स्वागत गर्दै भित्र बस्न आग्रह गरेको देखेपछि निम्तालु नेपालीहरु हर्षले गद्गद भएका थिए । विधायककोइले नेपाली राजदूतलाई नै चिनेनन् क्यारे त्यसैले उनी अटवाबाट आएको जानकारी पाएपछि आफै चलाएर आएको र कति बजे निस्केकोजस्ता प्रश्न ते¥साउदै गएका थिए ।
कार्यक्रम शुरु भयो अनि गाठ्ठी कुरा पनि बाहिर आयो । हामीलाई नयाँ वर्षको शुभकामना दिने भनेर निम्त्याएका प्रतिपक्षी दलका नेतामाननीय पेट्रिक ब्राउननै नआउने जानकारी विधायक कोइले दिए । त्यहाँ कन्जर्वेटिभ दलका अन्य सांसद र विधायकहरुको पनि आगमनहुने भनिएको थियो । तर एकजना मात्र प्रतिनिधि विधायक कोइले सबैको स्वागत गरेपछि महामहिम राजदूतज्युबाट नेपालीहरुको मायाकोचिनो ढाका टोपी र खादा ग्रहण गर्नु भयो । त्यसपछि वहाँले आफ्नो मन्तब्यमा क्यानाडा र नेपालबीचको सम्बन्धलाई गाढा बनाउँदै जानेजस्ता आश्वाससँगै २०१८ सालमा फेरी प्रोग्रेसिभ कन्जर्वेटिभ दलको सरकार आउने कुरा राखेर केही प्रश्नको उत्तर दिएपछि आफ्नो व्यस्ततादेखाएर उनी पनि विदा भएर जानु भयो । अब बाँकी रह्यौं हामी नेपाली । एकअर्कासँग भलाकुसारी गर्यौ । मो मो खायौं र क्विन पार्क भवनअगाडि उभिएर फोटो खिचाएर लुरुलुरु घरतिर लाग्यौं ।
कार्यक्रमको आयोजना गरेर एउटा कोसे ढुङ्गा थप्ने कामको प्रयास नेपाली महावाणिज्यदूत डा. कुञ्जर शर्माले गर्नु भएको थियो । वहाँलेनेपाली समुदायका लागि निरन्तर काम गर्दै आउनु भएको छ । कार्यक्रमको थालनीमा वहाँले नेपाली समुदायका लागि सामुदायिक भवनकोआवश्यकता परेको बारे जानकारी गराउनु भयो । महामहिम राजदूत कालीप्रसाद पोखरेलले क्यानाडा र नेपालबीचको सम्बन्धलाई अझमजबूत बनाउन नेपालमा क्यानाडाका सांसद तथा व्यापारी समुदायहरुको भ्रमणको आयोजना गरेर दुई देशबीच आदान प्रदानका बाटोहरुखोल्नु जरुरी भएको बताउनु भयो ।
लगभग ४० हजारको हाराहारीमा बसोबास गर्ने क्यानेडियाली नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिन बोलाइएको भएता पनि अन्ततःअन्टारियो प्रान्तीय विधानसभाको विपक्षी दलको कार्यकक्षमा क्यानेडियाली नेपालीहरुका अभिभावकद्वय महामहिम राजदूत तथामहावाणिज्यदूतहरुका बीच नयाँ वर्षको उपलक्ष्यमा शुभकामनाको आदानप्रदान गरेर सबै नेपाली फर्किये । अनि त्यही रात प्रायःलेक्यानाडाको सांसद भवनमा नयाँ वर्ष मनाइयो भनेर आफ्नो फोटो राखेर फेसबुकमा छ्याप्छ्याप्ती फैलाइ दिए ।
तर यसलाई नै व्यक्तीगत प्रचारको माध्यम बनाउँदै गलत समाचार सम्प्रेषण गरेर नेपालीहरु माझ भ्रम सिर्जना गर्न खोजिएको पनि देखियो। विधानसभालाई संसद र विधायकलाई सांसद भनेर दलका नेताहरुको उपस्थिति रहेको समेत भनेर भ्रम समाचार व्यक्तीगत स्वार्थमासम्प्रेषण हुन थाल्यो ।