नेपालिज क्यानेडियन हेरिटेज सेन्टर (पशुपति मन्दिर) मा नयाँ कार्य समिति


IMG_7429[1] IMG_7436[1] 408457_419011384844430_2047016560_n

नेपालिज क्यानेडियन हेरिटेज सेन्टर (एन.सि.एच.सि.) क्यानाडाका नेपालीहरुबाट विशाल टोरोन्टोको ब्राह्म्टनमा स्थापना गरिएको एकमात्र मन्दिर हो । पशुपति मन्दिरका नामले परिचित एन.सि.एच.सि. को जग हाल्ले काम २०१० बाट भए पनि डिसेम्बर २०१२ मा विधिवत यसको रेजिस्ट्रेसन भएको हो । एन.सि.एच.सि.को स्थापना कालदेखिनै एउटा मन्दिर स्थापना गर्ने परिकल्पना गरिएको थियो । नेपाली बाबाको आगमन र बाबाको प्रेरणाले प्रारम्भमा गणेश पूजा गरेर गणेशको प्रतीमालाई श्री केदार बस्नेत तथा श्रीमती प्रर्मीला बस्नेतको सहयोगमा केही वर्ष उनको निवासलाई अस्थाई मन्दिरका रुपमा प्रयोग गरिदै आएको थियो । एन.सि.एच.सि.को उद्देश्य अनुरुप मन्दिर निर्माणका लागि प्रारम्भमा २१ सदस्यीस कार्यकारिणी समिति (बोर्ड) र त्यसपछि १८ सदस्यीस बोर्ड  गठन गरेर विभिन्न चरणमा विभिन्न प्रकारका आर्थिक संकलन गर्ने कार्यक्रमहरुको आयोजना  गरिदै आज मन्दिरले मूर्त रुप लिएको छ । यसको स्थापनामा त्यसबेला (२०१२) मात्र २ वर्षका बालक आर्यन बस्कोटाको मादल प्रस्तुतिबाट लिएर २०१४ को मह जोडीको प्रस्तुतिसँगै स्थानीय कलाकारहरुको योगदान रहेको छ । पशुपति मन्दिरसँगै बुद्धको आराधना गर्ने केन्द्र बनाउने उद्देश्यका साथ पशुपति र बुद्धको शिल प्रतीमा नेपालबाट आयातको क्रममा छ । यसलाई आजको अवस्थासम्म ल्याउनमा निवर्तमान कार्यकारिणी समिति (बोर्ड) का सदस्यहरुको अथक र महत्वपूर्ण योगदान रहेका छ । मन्दिरको सहयोगका लागि महिलाहरुको महान चाड तीजलाई व्यवस्थित रुपमा आयोजना गर्दै आएको हरिटेजले आफ्नो मन्दिरलाई विभिन्न संस्थाहरुको कार्यक्रमका साथै समुदायलाई विभिन्न धार्मिक कार्यक्रमका लागि उपलब्ध गराउदै आएको छ ।

 

एन.सि.एच.सि.ले गत शनिबार आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेर नयाँ ११ सदस्यीय बोर्ड गठन गरेको छ । चारजना पुर्व बोर्डका सदस्यहरुसहीत नयाँ बोर्डमा केदार भट्टराई, अमृता शाह, शर्मीला पन्थी, रामप्रसाद पौडेल, डा.हरी गुरुङ्ग, संजिब श्रेष्ठ, मातृका घिमिरे, हेमन्त कुमार दहाल, सि.एम. उप्रेती, लीला भण्डारी र यादव पोखरेल रहेका छन् ।  क्यानाडाको नेपाली महावाणिज्यदूत डा. कुञ्जर शर्माबाट द्वीप प्रज्वल गरेर उद्घाटन भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णु पराजुलीले स्वागत मन्तव्य, रबी सापकोटाले मन्दिरले गर्दै आएको कार्यक्रमका बारेमा जानकारी, कुमुद अधिकारी र डा. हरी गुरुङ्गले संस्थाको बाई लजका बारेमा, लीला भण्डारीले आर्थिक आयव्ययका बारेमा जानकारी गराउनु भएको थियो । हाल संचालनमा रहेको मन्दिर किन्नका लागि अपुग भएको रकम समुदायका विभिन्न महानुभावले निव्र्याज उपलब्ध गराएको रकमका बारेमा जानकारीसहीतको संस्थाबाट प्रमाणपत्र वितरण गर्दा यसरी सहयोग गर्ने मध्ये बिष्णु पराजुलीले पाँच हजार र डा. तुलसी धरेलले दुई हजार आफुले मन्दिरलाई दिईसकेकोले त्यो सहयोगको रकम मन्दिरलाई नै प्रदान गर्नु भएको थियो ।

 

कार्यक्रममा उपस्थित समुदायका सदस्यहरुले मन्दिरका बारेमा विभिन्न विचार र जिज्ञासाहरु राख्नु भएको थियो । मन्दिरको निरन्तरता र आर्थिक रुपमा सक्षम बनाउन नेपाली समुदायको सहयोग अनिवार्य रहेकोले प्रत्येका महिना गरिने विभिन्न पूजाका लागि गरिने खर्च तथा उपस्थित भक्तजनहरुको भोजनका लागि गरिने खर्च प्रति भक्तजन पाँच डलरमात्र लाग्ने भएकोले सहयोगका लागि आव्हान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा नयाँ कार्यकारिणी समिति (बोर्ड मेम्बर) को लागि अतुल सुवेदी अध्यक्ष र पुष्प आचार्य सदस्य रहेको चुनाव समितिले सम्पन्न गरेको नयाँ कार्यसमितिमा एघारजना मात्रले मनोनयन पत्र बुझाएकोले संस्थाको नियम अनुसार एघारजनालाई नै अनुमोदन गरी साधारण सभाले नयाँ कार्यकारिणी समिति रोजेको थियो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com