नेपाली किशोर अभि विश्वप्रसिद्ध संगित प्रतिस्पर्धामा


BBBBBBBBBBBBBBBBimages (1)

क्यानडाको क्यालगरीबाट आफ्नो सांगीतिक यात्राको थालनी गरेर संगीतमा बेग्दै पहिचान बनाउदै आउनु भएका नेपाली मुलका अभि बस्ताकोटीले कम समयमा नै धेरै प्रगति गरेर आफुसँगै आफ्ना मातापिता र विदेशका नेपाली समुदायको शिर गर्वले ठाडो पारिदिएका छन् । १७ वर्षका अभिले दुई वर्षअगाडि  सन् २०१५ मा क्यानाडाको क्यालगिरिमा सम्पन्न भएको बिट ब्याटलस्स सांगीतिक प्रतियोगितामा पनि सफलतापूर्वक आफ्नो संगीत पस्केर पुरस्कृत हुनु भएको थियो । एक वर्षअघि क्यानडाबाट अमेरिकाको नर्थ क्यारोलोनामा आमाबुवासहीत बसाई सरेर जानु भएका अभि एकपटक फेरी क्यानडामा आएर आफ्नो र्सागीतिक प्रतिभा प्रस्तुत गर्दै हुनु हुन्छ ।

आउदो नोभेम्बर ९ देखि क्यानाडाको टोरन्टोमा हुन गईरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा १७ बर्षीय किशोर आफ्नो सांगीतिक नाम क्रु्रटिस वार्टस्बाट परिचित अभि बस्ताकोटी पनि छनौटमा परेका छन । नोभेम्बर ९ देखि ११ तारिखसम्म आयोजना हुन गईरहेको उक्त सांगीतिक प्रतिस्पर्धामा बिश्वका बिभिन्न मुलुकका ६४ जना म्युजिक कम्पोजरहरु छनौटमा परेका छन । प्रतिस्पर्धिहरुले उक्त अवार्ड जित्नका लागि बिभिन्न चरणहरुमा आफ्ना १५ वटा सांगीतिक प्रस्तुतिहरु प्रस्तुत  गर्नु पर्ने हुन्छ । साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा हुनलागेकोे उक्त प्रतियोगिता सांगीतिक क्षेत्रका प्रतिभा पहिचाहनको लागि कोसे ढुङ्गा मानिन्छ ।

आयोजकहरुले जनाए अनुसार बिगतमा यस प्रतियोगिताबाट छनौट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेका छन । संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रिेलिया, अफ्रिका लगायत बिश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरुसंगै नेपाली मुलका अभि बस्ताकोटा छनौटमा परेका हुन । नेपाली मुलका प्रतीभाका रुपमा उक्त प्रतियोगितामा छनौट हुने अभि पहिलो ब्यक्ति हुन ।

बिगत दुइबर्षदेखि सांगीतिक क्षेत्रमा लागेका उनले पाश्चात्य संगितको क्षेत्रमा (खासगरि हिपहप र आर एण्ड बि म्युजिक) मा हस्तक्षेपकारी भुमिका निबार्ह गर्दै आएका छन् । उनको संगीतमा अमेरिका, क्यानाडा, बेलायत लगायतका प्रख्यात गायक गायिकाहरुले आफ्नो स्वर भरेका छन । उनको सांगीतिक यात्राका बारेमा बिश्व प्रसिद्ध कम्प्लेक्स म्यागाजिन, हिपहप क्यानाडा, गुड जुस बक्स लगायत पत्रिकाहरुमा पनि बारम्बार प्रकाशित भएका छन् । उनको सफलता नै नेपालीको पहिचान बन्दै गएको छ ।

अभिलाई चिन्नका लागि उनको सांगीतिक भिडियो यु ट्युबमा हेर्नै जरुरी मान्दछु । हट ब्वाई एन्थम, एक्स गर्ल फ्रेन्ड उनका चर्चित भिडियो हो ।

बस्ताकोटिका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस ।

Subject: links abhi related news

 

http://www.complex.com/music/2017/06/curtis-waters-my-ex-girlfriend-turned-into-the-moond

 

https://www.goodjuicebox.com/how-to-be-a-hot-boy-curtis-waters-and-harm-franklin-reveal-the-secret/

http://www.hiphopcanada.com/2017/06/curtis-waters-discusses-his-new-summer-2017-rework-of-mask-off-by-future/

 

about the competition: https://battleofthebeatmakers.com/pages/about-us

https://earmilk.com/2017/09/14/introducing-curtis-waters-harm-franklins-hot-boy-anthem-video/

https://soundcloud.com/imcurtiswaters/tracks

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com