म्याडिसनमा नाफा साहित्य साँझ २०७४ सम्पन्न


IMG_8829 IMG_8786 IMG_8798 IMG_8801
गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री सङ्घ ९नाफा० को आयोजनामा १०८ औं लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् कविता प्रतियोगिता कार्यक्रम ूनाफा साहित्य साँझ २०७४ू भव्यरुपमा सम्पन्न भएको थियो । २००५ देखि दिनार श्रेष्ठसहीत १० जनाको प्रयास र परिश्रमबाट शुरु भएको नाफा साहित्य साँझले प्रत्येक वर्ष एकजना वरिष्ठ साहित्यकारलाई प्रमुख अतिथिका रुपमा बोलाएर उनको सम्मानसहित कार्यक्रम संचालन गर्दै आएको छ । विगत १३ वर्षदेखि निरन्तरूनाफा साहित्य साँझको आयोजना गर्दै आएको नाफाले आफ्नो पुस्तकालय पनि संचालन गर्दै आएको छ ।

डा गोविन्दसिंह रावतको प्रमुख आतिथ्य तथा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा नेपाली र अमेरिकन राष्ट्रिय गीतबाट शुरु भएको उक्त कार्यक्रममा लगभग २०० परिवार बसोबास गर्ने मेडिसनबाट ११९ जना दर्शकहरुको उपस्थितिबाट नै कार्यक्रम सफल भएको अनुमान लगाउन सकिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्मजयन्तिको उपलक्ष्यमा नाफाका सभापति सन्तोष लामिछानेबाट पानसमा बत्ति बालेर शुभारम्भ भएको कार्यक्रमलाई तीनचरणमा विभिाजन गरिएको थियो । दिवंगत साहित्यकार आदिकवि भानुभक्त, महाकवि देवकोटा, कविवर लेखनाथ पौडेल र उपन्यासकार पारिजातको तस्विरमा माल्यार्पण गरेर शुरु भएको पहिलो चरणको कार्यक्रममा अमेरिकामा पहिलो नेपाली रेष्टुरेन्ट हिमालचुली विगत ५० वर्षदेखि संचालन गर्दै आउनु भएका कृष्ण प्रधानले म्नामदनका मीठा मीठा श्लोक गाएर सुनाउन भयो । कार्यक्रममा स्वर्गिय कृष्णदास मल्लको परिवारबाट प्रायोजित ुनाफा बाल साहित्य पुरस्कारु कविता प्रतियोगिता अन्तर्गत १३ कविता वाचन गरिएको थियो । ुनाफा बाल साहित्य पुरस्कारु १६ बर्षभन्दा साना बालबालिकहरुका बीच संसार शीर्षकमा गराइएको कविता प्रतियोगितामा ५ वर्षदेखि १६ वर्षका बालबालिकाहरुले आफुले देखेको अनुभव गरेको बुझेको आफ्नो सानो मनले बुझेको संसारलाई कसैले परिवारभित्र त कसैले प्रकृतिभित्र अनुभव गरेको संसारलाई अभिव्यक्त गरेको कविता आफुले बुभ्mने गरी कसैले ठूलो अक्षरमा त रोमनमा लेखेर आआफ्नो कविता वाचन गरेका थिए । कृष्णदास मल्ल ुनाफा बाल साहित्य पुरस्कारु तर्फ खुशी श्रेष्ठ प्रथम, बेलिस्मा श्रेष्ठ द्वितीय र ओजस्वी पसछें तृतीय पुरस्कारबाट पुरस्कृत भएका थिए ।
दोस्रो चरणको काव्य प्रस्तुतिमा वरिष्ठ साहित्यकार तथा नाटककार विजय मल्लको नाममा मेडिसनमा बस्दै आउनु भएका मल्लका तीनजना छोरीहरुद्वारा प्रयोजित ूबिजय मल्ल साहित्य पुरस्कारू का लागि ९ वटा कविताहरु वाचन गरिएको थियो । विभिन्न विचार र संरचनाहरुको समिश्रणबाट अभिव्यक्त भएका कविताहरुले कतै आप्रवासी हुनु परेको पीडा र बाध्यताको फेहरिस्त देखाएका छन् भने कतै जीवनलाई जीउने बाह्खरी उतारेका छन् । कतै बालकको प्राकृतिक प्रेममा छताछुल्ल भएर मातृवात्यल्य पोखिएका छन् भने कतै विवसताका बाँसुरीका धुनहरु गुञ्जिएका छन् । कतै मानवतावादी स्वर मुखारित भएका छन् भने कतै प्रकृतिवादी विचार पोखिएको पाइन्छ । सबै कविताले मानवहरुका बीचबाट देखिन टाढिदै गएको मानविकरणको वकालात गरेको देखिन्छ । विजय मल्ल साहित्य पुरस्कारका लागि प्रतियोगितामा अप्सरा गिरी भारती पहिली, लेखनाथ काफ्ले दोश्रा र गंगा मल्ल श्रेष्ठ तेश्री हुनुभएको थियो ।

तेस्रो चरणको काव्य प्रस्तुतिका अप्रतियोगी कविताहरु वाचन गरिएको थियो । १८ जना कविहरुबाट वाचन गरिएका राष्ट्रियदेखि मानवीय प्रेमले ओतप्रोत कविताहरु वाचन गरिएका थिए । आविष्कार भारतीको काव्यात्मक प्रस्तुतिले भरिएको उद्घोषले एकपछि अर्को गर्दै ४० वटा कविताहरु सुनेर पनि दर्शक ताली पिट्दै कविताबाट मनोरञ्जन लिईनै रहेका थिए । तीन बजेदेखि सात बजेसम्म लगातार चलेको यस नाफाको साहित्य साँझले नेपाली कविताको रुचि कहिल्यै नमर्ने सन्देश दिएको छ । आविष्कार भारतीको संयोजकत्वमा आयोजित नाफा साहित्य साँझ कार्यक्रममा युवावर्गलाई प्रोत्साहन गर्न नेपाली अमेरिकन मैत्री सङ्घले इशान लुइँटेललाई छात्रवृति स्वरुप ५०० डलर र प्रमाण(पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा रोचकता ल्याउन नित्यानद्यन मल्ल र नवराज पाण्डेले मीठा राष्टैभक्तीका गीत गाएर सुनाउनु भएको थिाये ।
कार्यक्रममा क्यानडाबाट पाल्नुभएका प्रमुख अतिथी, नेपाली सडक नाटकका एक अभियन्ता एवम् रङ्गकर्मी साहित्यकार डा गोविन्दसिंह रावतलाई उनको योगदानका लागि सम्मान गर्दै प्रतीक चिन्ह प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा डा. रावतले आफ्ना कविता एवम् हास्य(व्यङ्ग्य प्रस्तुती देखाएर दर्शकहरुलाई पेट मिची मिची हँसाउनु भएको थियो । कार्यक्रमले आफ्नो पूर्वउद्घोशानुसार ूसाहित्य, संस्कृति र नेपाली मनहरुको सङ्गम गराएर अर्को साल भेट्ने बचाका साथ बिट मारेको थियो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com