नेपालको बिद्यालय पुनर्निर्माणमा क्यानडाका संस्थाहरु सम्मानित


A1 A2 A3 A4

लण्डन, ओन्टारियो (क्यानडा), सन २०१५ मा नेपालमा गएको बिनाकारी भूकम्पले भत्किएको गोरखा जिल्ला स्थित महेन्द्र लिला उच्च माध्यमिक बिद्यालयको भबन पुनर्निर्माण कार्य पूरा भएको छ। सोहि सन्दर्भमा लण्डन, ओन्टारियो (क्यानडा) स्थित क्रस कल्चरल लर्निङ सेन्टरले दाता सन्स्थाहरुको सम्मान गर्नको लागि एउटा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा बिद्यालय पुनर्निर्माण योजनाका संयोजक एवम लण्डन स्थित नेपाली समुदायका अगुवा सामाजिक कार्यकर्ता ज्योति बैद्यले योजनाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने आयोजक संस्था क्रस कल्चरल लर्निङ सेन्टरका कर्यकारि निर्देशक भलेरिअन मोराच्कोले भबन उदघाटनमा आफ्नो सहभागिता र नेपाल बारे आफ्नो अनुभब सुनाउनु भएको थिाये ।

कार्यक्रममा लण्डन नगरपालिकाका काउन्सिलर पाउल हर्बेटले भबन निर्माण सहयोग एउटा मानवीय सम्बेदनशिलता हो भने सो भबनले धेरै भबिष्य बोकेको वास्तविकता माथि प्रकाश पार्नु भएको थियो। सोही नगरपालिकाका अर्का काउन्सिलर हरोल्ड उसरले आप्रबासमा आएर पनि आफ्नो मातृृभूमिप्रति आस्था राख्दै आफ्नो समुदायलाई सह्योग गर्नु ठूलो कुरा हो भन्नु भयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हुन्दै लण्डन नगरपालिकाका मेयर मायट ब्राउनले बिद्यालय भबन ईटा, सिमेन्ट र बालुवाको मिश्रणबाट मात्र नभएर बालबालिकाको सुरक्षित भबिष्य निर्माण गरिने स्थल रहेको भन्नु भयो। मेयरलेूयस योजनाको सफलताले हामी सबैसँगै छौँ भन्ने सन्देश प्रबाह गरेको बताउनु भयो । कार्यक्रममा प्रान्तिय सांसद माननीय पेगी साट्लरले उपस्थित सबैलाई यस मानवीय कार्यको लागि धन्यबाद दिनु भयो ।

कार्यक्रममा दाता सन्स्थाहरुलाइ प्रशंसा पत्र बितरण गर्नु हुन्दै प्रमुख अतिथि महामहिम नेपाली राजदूत कालीप्रसाद पोख्रेलले भुकम्पको बेला क्यानेडेली सरकारले गरेको सह्योगको प्रशंसा गर्नु भयो भने नेपाललाई क्यानेडेली सरकारले सहयोगको सुचिमा राखि दिन आफुले प्रयास गर्दै आएको र नेपालको पुनर्निर्माण कार्यमा थप सहयोगको आवश्यकता रहेको बताउनु भयो । उक्त विद्यालय भबन पुनर्निर्माणको लागि क्रस कल्चरल लर्निङ सेन्टर, एन। आर। एन। क्यानडा, केलगरी नेपलिज कम्म्युनिटि एसोसिएसन, नेपाली हेरिटेज च्यारिटि फाउन्डेसन अफ ब्रिटिश कोलम्बिया, क्यानेडियन नेवा गुथि लगायतका संस्थाहरुले सह्योग गरेका थिए । सुरेश श्रेष्ठद्घाज्ञा संचालित उक्त कार्यक्रमको शुरुमा क्यानेडियन नेवा गुथिको तर्फबाट उत्तम माकजू, बिमल श्रेस्थ, नरेश ताम्राकार तथा रिकेश श्रेस्थले धिमे, मादल, भुस्या, छुस्या, टिन्छु, डम्फुको तालमा सांगीतिक बाद्य प्रस्तुत गरेका थिए।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com