नेसास, क्यानडाको वसन्त श्रवण सँगै १४ औं वार्षिकोत्सव सम्पन्न


 

IMG_9203 IMG_9192 IMG_9190IMG_9230IMG_9231IMG_9220

नेपाली साहित्य समाज, क्यानडाको १४ औं वार्षिकोत्सव र वसन्त श्रवण गत शनिवार एक साहित्यिक कार्यक्रमका साथ सम्पन्न भयो । विगत १३ वर्षदेखि विद्याकी देवी सरस्वतीको पूजाआराधनासँगै बालबालिकालाई अक्षरराम्भ र काव्य वाचनका साथ मनाउदै आएको वसन्त श्रवण कार्यक्रम टोरोन्टोको वेलेस्लीमा पुरोहित गोबिन्दप्रसाल पौडेलबाट सरस्वती पूजा र सरस्वती वन्दनाका साथ शुरु भएको थियो । त्यसपछि १५ जना बालबालिकाहरुबाट पहिलोपटक अक्षर लेखेर अक्षराम्भ गरिएको थियो । समाजका महासचिव रबिन थपलियाद्वारा संचालित समाजको कार्यक्रममा मञ्चमा सभापति राख्ने परम्परा नरहेको भन्दै कार्यक्रमको प्रारम्भमा एनआरएन क्यानडाका अध्यक्ष तथा समाजका सल्लाहकार गोपीकृष्ण काफ्लेले सरस्वती पूजामाथि प्रकाश पार्नु भएको थियो । समाजका सल्लाहरका डा. तुलसी धरेलले स्वागत मन्तव्यका साथ समाजको परिचय दिनु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणको काव्यातमक प्रस्तुतिमा राधीका अर्यालले शिक्षा र संस्था कविताका माध्यमबाट मानवीय यान्त्रिक जीवनमाथि व्यग्ंय कविता सुनाउनु भयो । गोबिन्द घिमिरेले गहिराई कविताका माध्यमबाट मनभित्रबाट अभिव्यक्त सोन्दर्यताको वयान सुनाउनु भयो । प्रदिप पौडेलले अनुसन्धान कविताबाट मानवीय जीवनमा भोग्नु परेको यर्थाथताको सारांश सुनाउनु भयो । सिर्जना लम्सालले आफ्नो शीर्षक बिनाको कविताका माध्यमबाट अतीतका रमाइलो क्षणहरुको सम्झनालाई शब्दमा उतारेर सुनाउनु भयो । गोपीकृष्ण काफ्लेले घर कविताबाट घरको शब्दचित्र उतारेर घरप्रति मानिसले राख्ने गरेको जीवनरुपी अर्थबोध गराउनु भयो । रमेश थापाले आफ्नो विचारको ध्रुवपान कविताका माध्यमबाट मानवीय प्र्रवृतिका अनेक सिद्धान्तमाथि व्यंग्यवाण सुनाउनु भयो ा रबिन थपलियाले म गलेको मान्छे कविताबाट मानिसको चरित्रको ६ वटा निरासका कारणहरुप्रति ध्यानाकर्षण गराउनु भयो । डा. गोबिन्द रावतले मलाई फेरी प्रेम गर्न मन लागेको छ कविताका माध्यमबाट अतीतमा बिताएका प्रेमका क्षणहरुलाई ब्युताएर शब्दबाट प्रेमाभाष गराउनु भयो । त्यस्तै समाजका पूर्व अध्यक्ष कवि मुक्ती गौतमले टिमिन्स, अन्टारयिोबाट पठाउनु भएको र गोपी काफ्लेले वाचन गर्नु भएको श्रीमान म नेपाली राष्ट्रिय चेतनायुक्त देशप्रतिको वात्सल्यताले ओतप्रोत भएको र आप्रवासमा भएका हामी नेपालीहरुको राष्ट्रप्रतिको आस्था उजगार गर्ने कविता सुनाउनु भएको थियो । कार्यक्रमलाई अझ रमाइलो र मनोरञ्जन बनाउन लिलानाथ पाण्डे, गोबिन्द घिमिरे, विश्व वर्माले सुमधुर गीत सुनाउनु भएको थियो भने उपस्थित दर्शकहरुबाट पनि आफ्नो विद्यार्थी जीवनका पढेका र सुनेका देवकोटा र लेखनाथ पौडेलका कविताका टुक्राहरु वचन गरिएको थियो । कार्यक्रमको अन्त्यमा धन्यावाद ज्ञापन गर्दै डा. गोबिन्द रावतले समाजले गर्दै आएको घरदैलो काव्य गोष्ठी, उत्तर अमेरिका काव्य संग मगर्दै आएको र यस वर्ष जुन २ शनिवारका दिन नेपाल अमेरिका साहित्य प्रतिष्ठानसँग मिलेर अमेरिका र क्यानडाका साहित्यकारहरुको उपस्थितिमा क्यानडाको नियाग्रा फल्समा सीमा काव्य संगम गर्ने जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा समाजका सक्रिय सदस्य कवि अनुप न्योपाने र समाजका शुभचिन्तक अमित उपाध्यायका पितामय पार्थमणि उपाध्यायको ९१ वर्षको उमेरमा निधन भएकोमा स्वर्गीय उपाध्यायको चिरशान्तिको कामना गर्दै एक मिनटको मौनधारणसमेत गरेको थियो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com