अन्तर्राष्ट्रिय मातृभाषा दिवस् र आप्रवासको नेपाली भाषा साहित्य


IMG_9220

१४ फरवरी सबैको सम्झनामा रहने दिन हो तर त्यसको एक हप्तापछिको मिति अर्थात २१ फरवरी थोरैको सम्झनामा होला   २१ फरवरीलाई विगत १८ वर्षदेखि संयुक्त राष्ट्र संघको युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस्का रुपमा मनाउँदै आई रहेको युनेस्कोको अन्तर्राष्ट्रिय मातृभाषा दिवस् मनाउनुको मूल उदृृश्य भनेको आफ्नो मातृभाषा परम्परागत संस्कृतिप्रति मानिसहरुका बीच चेतना जगाउने बहुभाषीवादलाई बढावा दिन रहेको देखिन्छ १७ मार्च १९९९ मा युनेस्कोको महासभाबाट पारित भएपछि सन् २००० देखि २१ फरवरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस् मनाउने घोषणा भएपछि यसलाई निरन्तर रुपमा आआफ्नै तरिकाले मनाउँदै आईरहेको

२१ फरवरी मिति तोकिनुमा पनि यसको सम्बन्ध भाषा आन्दोलनसँग जोडिएर सन् १९४७ मा बेलायती शासनबाट मुक्ती पाएर भारत पाकिस्तान बनेका दुई राष्ट्रमध्ये पाकिस्तान भारतको पश्चिम पूर्वमा पर्न गएको थियो जसलाई पूर्वी पाकिस्तान पश्चिम पाकिस्तान भनिन्थ्यो भारतको तत्कालिन पूर्वी बंगालमा मुस्लिम बाहुल्यता रहेको बंगाली भाषीहरु बस्ने गर्छन् पाकिस्तानले स्वतन्त्रता पाएपछि हालको बाङ्लादेशलाई पूर्वी बंगाल भनिन्थ्यो पश्चिम बंगाल भारतकै एउटा राज्य रहेको पाकिस्तानले मार्च २१, १९४८ मा पाकिस्तानको सरकारी भाषा उर्दु रहने भनी घोषणा भएपछि पूर्वी बंगालमा भाषाप्रतिको मोह भएकाहरुको ह्दयमा भाषाको स्थायित्वका लागि आन्दोलनका फिलिङ्गो सलबलाउन थालीसकेको थियो यसैको विरोधमा फरवरी २१, १९५२ मा भाषा आन्दोलनको नाममा एउटा विरोधसभा ढाका विश्वविद्यालयमा आयोजना गरिएको थियो यही विरोधसभाका विरुद्ध पाकिस्तानी शासकले अमानवीय तरिकाबाट भाषा आन्दोलनकारीहरुमाथि गोली प्रहार गरेपछि धेरैनै आन्दोकारीहरुको मृत्यु भएको थियो त्यसपछि भाषा आन्दोलनको फिलिङ्गो ज्वाला बनेर फैलदै गएपछि अन्ततः पाकिस्तानी शासकले  १९५६ मा बंगाली भाषालाई पूर्वी बंगालको कामकाजी भाषा घोषणा गर्नका साथै पूर्वी बंगाललाई पूर्वी पाकिस्तानको नाममा परिणत गरिदिएको थियो यही फरवरी २१को भाषा आन्दोदनलाई बाङ्लादेशमा भाषा दिवस्सँगै शहिद दिवस्का रुपमा पनि मनाइन्छ भाषा आन्दोदनामा प्राणको आहुति दिने वीर शहिदहरुको नाममा ढाका विश्वविद्यालयको प्रङ्गणमा शहिद स्तम्भ (शहिद मिनार) निर्माण गरिएको

यो भाषा आन्दोलनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस्का रुपमा मान्यता दिलाउने कार्यको शुभारम्भ भ्यानकुभरमा बसोबास गर्ने बाङ्लादेशी मूलका क्यानेडियन रफिकुल इस्लामले गरेका थिए उनले जनवरी १९९८ मा संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव कोफी अन्नानलाई पत्र लेखेर मातृभाषाको संरक्षण गर्न संयुक्त राष्ट्र संघले पहल गर्नु पर्ने भन्दै २१ फरवरी १९५२ मा बाङ्लादेशमा भएका भाषा आन्दोलन भाषाका लागि शहिद भएकाहरुको सम्झनामा २१ फरवरीको दिनलाई नै अन्तर्राष्ट्रिय मातृभाषा दिवस्का रुपमा मनाउने परम्परा शुरु गर्नका लागि अनुरोध गर्नु भएको थियो यही अनुरोधको परिणाम संयुक्त राष्ट्र संघले १७ मार्च १९९९ मा महासभाबाट  अनुमोदन गराएर २१ फरवरीको दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस्का रुपमा मनाउने भोषणा गरेपछि निरन्तर अन्तर्राष्ट्रिय मातृभाषा दिवस् मनाएदै आईरहेको

अब आऊ कुरा गरौं हाम्रो भाषाको नेपाली भाषाको सन् २०१३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डिसीमा आयोजना गरेको साहित्यिक कार्यक्रममा मैले नेपाली भाषा दिवस् मनाउनु पर्ने विचार राखेको थिए भानुभक्तको जन्मजयन्तीलाई नै भाषा दिवस्का रुपमा मनाउने प्रचलन शुरु गरे टोपी ईभेन्ट टोपी दिवस् जस्तै भाषा दिवस्ले पनि विश्वका विभिन्न प्रान्तमा रहेका नेपाली समुदायबाट विस्तारै मान्यता पाउदै जाने थियो तर यस तर्फ आफुलाई  अन्तर्राष्ट्रिय स्तरमा फैलाएको साहित्यको एकमात्र संस्था भनेर प्रचार गरे पनि भाषाको क्षेत्रमा ठोस कार्य गर्न सकेको देखिदैन साहित्यिक संस्थाको काम भाषा साहित्यको संरक्षण संवद्र्धन गर्दै जानु पर्ने हो राम्रा राम्रा कृतिहरु प्रकाशित गर्दै त्यसको प्रचार प्रसार गर्दै जाने हो आप्रवासमा साहित्यिक प्रतियोगिता गरेर उत्कृष्ठ कविता, कथा, नियात्रा आदिको संग्रह प्रकाशित गर्दै जानु पर्ने हो आप्रवासी नेपाली साहित्यकर्मीहरुको पहिचान प्रतिस्थापित गर्नु पर्ने हो आप्रवासी लेखकका कृतिहरुको मूल्याङ्न गरेर पुरस्कृत गर्नु भने हो यस्ता सस्थाहरुले पहिलो प्राथमिकता आप्रवासका लेखकहरुलाई दिदै सबै कलमकर्मीहरुलाई समेटेर राख्नु पर्ने हो यसो भएपछि मात्र हामीले नेपाली भाषाको पहिचान बनाईराख्न सक्ने छौं

साहित्यप्रति आस्था राख्ने कलमकर्मीहरुले आप्रवासका आआफ्ना क्षेत्रमा साहित्य संस्था खोलेर साहित्य कर्म गर्दै आईरहेको देखिन्छ यस्ता विभिन्न राष्ट्रमा रहेका साहित्यिक संस्थाहरुलाई अन्तर्राष्ट्रिय संजाल बनाएर समेटेर लिएर जानु पर्छ एकातिर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भने अर्कोतिर विश्व नेपाली साहित्य महासंघ रहेको देखिन्छ दुवैले आआफ्नो डम्फु बजाएर हिडेका छन् सबैतिर शाखा खोलेको संख्या गनेर रमाएर बसेका छन् तर नाम बडे और दर्शन छोटे भई रहेको वास्तविकताबाट अनभिज्ञ छन् अन्तर्राष्ट्रिय भनेपछि नेपालबाहिरको भन्ने बुभ्mनु पर्ने हो तर नेपालमा अझ नेपालको जिल्ला जिल्ला शहर शहरमा शाखा खोलेको समाचार प्रचारप्रसार गर्दै हिड्छन् अर्को कुरा अन्तर्राष्ट्रिय भनीसकेपछि राष्ट्रमा पनि शाखा खोल्नु पर्ने आवश्यकता किन पर्ने ? एउटाले शाखा खोलेको देखेपछि अर्कोले पनि नेपाल शाखा खोल्नु नै पर्ने किन ? गैरवासीय नेपाली संघले पनि भोली  नेपालमा शाखा खोल्न पाउने कि नपाउने ? हामी आफुलाई पदसँग बाँधी राख्न यस्ता शाखा खोल्दै आफै रमाउँदै आईरहेका छौं क्यानडामा पनि विभिन्न अन्तर्राष्ट्रिय विश्वको नाम जोडेर खोलिएका संस्थाको शाखा खुलेको समाचार सुनिन्छ तर आजको मितिसम्म नेपाली साहित्य समाज, क्यानडाले आयोजना गरेको कार्यक्रममा सहभागि भएको देखिन्छ आफैले नै संस्थाको शाखा भएको हैसियतले कुनै कार्यक्रम आयोजना गरेको नै सुनिन्छ हिजोआज भिजिटिङ्ग कार्डमा धेरै सर्वनाम जोडेर ठूलो मान्छे भएको स्वानन्द लिनेहरुको बिगबिगी , त्यसैले कार्ड शिङ्गार्नका लागि पनि एउटै व्यक्ती धेरै संस्थामा बस्ने गरेका छन् अझ यसरी संस्थाहरुको फेहरिस्त देखाएर ठगी गर्नेहरु पनि बढ्दै गई रहेका छन् सोझा नेपालीलाई संस्थागत सहभागिताको गणना देखाएर ठग्नेहरुका बारेमा सामाजिक संजालमा सधै देख्न पाइन्छ यसरी अनावश्य शाखा खोल्न दिनुस पनि सामाजिक विसङ्गति हो विश्व साहित्य महासंघसँग आबद्ध रहेकाको एकजनाको नाम यस्तोमा आईसकेको

हामीले नेपाली भाषा साहित्यलाई विश्वमा चिन्हाउनु भनेर संस्था खोलेरमात्र हुँदैन हामीले पहिला आफ्नो भाषाको संरक्षण गर्नु पर्छ बाहिर नेपाली संस्थासँग आबद्ध भएर नेपाली भाषा साहित्यको संरक्षणका लागि काम गरेको भन्ने घरमा आफ्नै सन्तानसँग अंग्रेजीमा बोलेर भाषाको संरक्षण हुँदैन मेरो सन्तानले नेपालीनै बोल्न सक्दैन त्यसैले अंग्रेजी बोलेको भन्ने अविभावकहरुले कतै आफ्नो कमजोरी लुकाउन भनेका हैनन् भन्ने लाग्छ सन्तानले अंग्रेजी बोल्दा आफुहरुले नेपालीमा कुरा गर्न थाले सन्तानले नेपाली बुभ्mदै जाने छन् यसका धेरै उदाहरणहरु मैले आफैले देखेको छु क्यानडामा जन्मेका सन्तानले घरमा आमाबुवाले नेपाली भाषालाई निरन्तरता दिदै गएकोले सन्तानहरु पनि अरुसँग अंग्रेजीमा बोले पनि घरमा नेपालीनै बोल्ने गर्छन् नेपाली संस्थाकै गरिमामय पदमा बस्न तछाड मछाड गर्छन् अनि संतानसँग अंग्रेजीमा बोल्नेहरुबाट आप्रवासमा नेपाली भाषा  साहित्य संस्कृतिको संस्थागत् विकासको आस गर्नु व्यर्थ हो   अन्तर्राष्ट्रिय मातृभाषा दिवस् मनाउनु भनेको नै विदेशमा आफ्नो मातृभाषालाई जिवित राख्नु हो त्यसका लागि हामीले नै पहल गर्नु पर्छ हाम्रो उपयोग संस्थाहरुले गर्न सक्नु पर्छ राम्रो कामको शुरुवात घरबाटै गर्न सकिन्छ गर्नु पर्छ

अझ आफै पदमा बसेर आफैले आफ्नै संस्थाको पुरस्कार कुम्ल्याउने प्रवृति बढ्दो यसले दुवैको भलो हुँदैन कामको मूल्याङ्कन आफ्नो संस्थाले नभएर अरु संस्थाले गर्नु पर्छ तबमात्र सम्मान पुरस्कारको पनि अर्थ रहन्छ पुरस्कार पनि यसरी थोकमा बाडिन्छ कि अनेसासको गत वर्ष भएको पुरस्कार समारोहमा १४ जना पुरस्कार पाएकाहरु नै आएनन् रे आप्रवासका संस्थाहरु आप्रवासीहरुको परिश्रम आर्थिक सहयोगबाट संचालित हुने गर्छ तर पुरस्कार भने नेपालका साहित्यकारलाई दिइन्छ हङ्कङ्गका देश सुब्बाले साहित्यमा भयवाद सिद्धान्तको प्रतिपादन गरे उनको प्रयासलाई विश्वभरीनै सहनीय कार्यको रुपमा हेरियो तर उनको पुस्तकलाई उत्कृष्ठ मानिएन नेपालका साहित्यकारको पोल्टामा  पुरस्कार राखी दियो यसअघिका पुरस्कारको नतिजा पनि यस्तै देखिएको थियो तर यसपटक आप्रवासी नेपाली साहित्यकर्मी कृष्ण धारावासीको कृतिलाई उत्कृष्ठ मानियो यो सहनीय कार्य हो नेपालबाहिर नेपाली साहित्य साहित्यकारलाई  संवद्र्धन प्रोत्साहन गर्नका लागि स्थापना भएका संस्थाहरुले पनि नेपालका साहित्यकारहरुलाई मात्रै पुरस्कृत गर्छ भने यस्तो संस्था आप्रवासमा खोल्नुको औचित्य नै के हो सय सय डलर खर्चेर सदस्य बनेकाहरुले यसमाथि विचार गर्नु जरुरी

साहित्यिक कार्यक्रममा साहित्यिक कर्मीहरुकै उपस्थिति किन हुँदैन ? यो साहित्यप्रतिको विस्तृष्णता किन यसका लागि संस्थाले के कस्तो पहल गरेको गर्दै यसको मूल्याङ्कन कस्ले गर्ने पदमा बसेपछि पद छोड्नै नमान्ने प्रवृति आफ्नो मान्छे राखेर जिहजुरी खाई रहने प्रवृतिले पनि संस्थाको संस्थागत् विकास नभएर व्यक्तीगत् विकासमात्र हुँदै गएको पद पदवी, मान सम्मान, पगरी प्रतिष्ठानको पछि लागेर साहित्यनै गिरोहबाट संचालन हुन थालेको आभाष हुन्छ संस्थाले विभिन्न पगरी गुँथेर एकातिर केराको बोटको टुप्पोमा राखिदिएको हुन्छ भने अर्कोतिर रहलपहललाई राष्ट्रको साहित्यिक दूत बनाएर बाँसको टुप्पोमा पु¥याएदिएको हुन्छ यसै सन्दर्भमा मित्र लेखनाथ भण्डारीले बाँडी दिनुभएको नेपाल पत्रिकामा प्रकाशित राजकुमार बाँनियाको अतियथार्थवादी सन्दर्भिक  कोही सम्राट कोही शिरोमणी, प्रायोजि पदवी शीर्षकको लेखले यो कुरालाई छर्लङ्ग पारिदिएको यसमा नेपाली साहित्यको एउटा संस्थाका रुपमा स्थापित भईसकेका शताब्दी साहित्यकारहरु माधव घिमिरे, सत्यमोहन जोशी, मदनमणी दीक्षित, कमलमणी दीक्षित आदि राष्ट्रकै विभूति भई सकेकाले वहाँहरु सधै सम्माननीय रहनु हुन्छ

सन्दर्भ अन्तर्राष्ट्रिय मातृभाषा दिवस् भएकोले आप्रवासी नेपाली समुदाय संघसंस्थाले यसलाई कसरी मनाउने कसरी मनाउँदा भाषिक हीत हुन्छ भनेर सोच्नु जरुरी नेपालमा चार जता छत्तिस वर्ण भएको मानिदै आएका छौं आजको संघीय जनतान्त्रिक नेपालमा सबै जातजातिको आआफ्नै मातृभाषाले मान्यता पाएको पाउनु पनि पर्छ त्यसैले अन्तर्राष्ट्रिय मातृभाषा दिवस्का दिन बहुभाषिक काव्य गोष्ठीको आयोजना हुनु पर्छ यो काम व्यक्तीले सोचे पनि संस्थाले कार्यान्वयनमा ल्याउनु पर्छ जसरी २१ फरवरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस्का रुपमा मनाउन पहल गर्न जरुरी त्यसरी नै नेपाली भाषा दिवस् मनाउन पनि जरुरी देखेको छु हाम्रा सन्तति हाम्रो मातृभाषाप्रतिको लगाव ममता रहेको देखाउन जरुरी नेपालमा नेपाली भाषा पढाइन्छ तर आप्रवासमा नेपाली संस्थाहरुकै पहलमा नेपाली कक्षाहरु संचालन हुँदै आएका छन् यसलाई अझ सरल बनाउन तथा शैक्षिक वातावरणमा सरलता ल्याउन आप्रवासमा जन्मे हुर्केका बालबालिकाहरुको सजिलोपनका लागि विभिन्न राष्ट्रमा रहेका  भाषा प्रेमी कलमकर्मीहरुले राष्ट्रानुरुपको पाठ्यक्रम तयार गरी सकेका छन् भने कतै तयारीमा लागेका छन् कालान्तरमा राष्ट्रानुरुपको पाठ्यक्रम सबैतिर बन्ने विश्वास लिन सकिन्छ यी पाठ्यक्रमलाई प्रकाशित गर्ने काम आप्रवासमा कुनै एउटा संस्थाले लिनु पर्ने हो अझ प्रष्ट रुपमा भन्नु पर्दा आप्रवासी नेपालीहरुको साझा संस्थाका रुपमा स्थापित आप्रवासी नेपालीहरुको आर्थिक सहयोगमा संचालिन गैरआवासीय नेपाली संघ (एन.आर.एन.) ले यसको जिम्मा लिनु पर्ने हो यसो गरेमात्र भाषा रहेसम्म एनआरएनको नाम रही रहन्छ

भाषा रहेसम्म हाम्रो अस्तित्व रहन्छ भन्ने कुरा हामीले विर्सन हुँदैन त्यसैले आप्रवासका सबैलाई समेटेर भाषा साहित्य संस्कृतिको उत्थानमा कसरी काम गर्न सकिन्छ भन्ने तर्फ अन्तर्राष्ट्रिय विश्वको नामबाट स्थापित नेपाली साहित्य संस्थाले सोच्नु जरुरी अन्तर्राष्ट्रिय स्तरमा कविता प्रतियोगिता गरेझै अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा दिवस्  मनाउने पराम्पराको थालनी गर्न कसरी पहल गर्न सकिन्छ उत्कृष्ठ साहित्य सिर्जनाका लागि प्रतिष्ठित प्रसिद्धीपाएका साहित्यकारहरुसँग कार्यशालाको आयोजना गर्ने आदि धेरै कार्यहरुका माध्यमबाट नेपाली भाषा साहित्यको प्रचारप्रसारसँगै संवद्र्धन गर्न सकिन्छ साहित्यलाई विदेशी वा अंग्रेजी भाषामा अनुवाद गरेरमात्र साहित्यको विश्वव्यापीकरण हुँदैन नेपाली भाषामा नै कविता लेखेर दार्जिलिङ्ग, भारतका राजेन्द्र भण्डारीको नाम साहित्यको नोबल पुरस्कारका लागि दुईपटक मनोनित भएको थियो नेपाली साहित्यको विश्वव्यापीकरण  वा अन्तर्राष्ट्रियकरणका अवधारणा सन् २०१२ बाट शुरु भएको थियो गैरआवासीय नेपाली संघका तत्कालिन अध्यक्ष जिवा लामिछानेले एन.आर.एन. भित्र साहित्यिक गतिविधि शुरु गर्ने जिज्ञासा राखेपछि  नेपाली साहित्यको विश्वव्यापीकरणमा गैरआवासीय नेपाली संघको भूमिका विषयक् गोष्ठी यस लेखकको    संयोजकत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा २०१३ अक्टुबर का दिन प्रज्ञा भवनमा एक दिने गोष्ठी सम्पन्न भएको थियो तर यसले निरन्तरता पाउन सकेन यदी यसले निरन्तरता पाएको भए एनआरएनको मातहतमा एउटा बलियो साहित्य संजाल बन्ने थियो जसले आप्रवासको नेपाली साहित्यलाई एउटै धारमा लिएर जान सक्थ्यो भाषा दिवस् जस्तै अन्य साहित्यिक उत्सव पनि व्यापकताका साथ मनाउन सकिन्थ्यो उत्कृष्ठ कृति प्रकाशनका लागि पहल गर्न सक्थ्यो

यस्तै संस्थागत विभाजनले गर्दा हाम्रो भाषा साहित्यको प्रचार प्रसार राम्ररी भएको देखिदैन सिर्जनाले निरन्तरता पाईरहेको तथ्य निरन्तर प्रकाशनमा आएका पुस्तकहरुको समाचारबाट थाहा पाइन्छ नेपालमा पुस्तक प्रकाशित हुन्छ तर आप्रवासमा साहित्य रुचाउने पाठक समक्ष पुस्तक पुग्नै सक्दैन पुस्तकको प्रकाशकमा जस्को नाम रहे पनि दाम लेखककै खल्तिबाट गएको हुन्छ जुनै संस्थाको होर्डिङ्ग राखेर विमोचन गरिए तापनि खर्चको बिलमा सर्जककै नाम लेखिन्छ साझा प्रज्ञा जस्तो सरकारी संस्था बाट पुस्तक प्रकाशन गराउन भित्री सम्बन्ध मजबुत हुनु पर्छ खुलेका साहित्यिक संस्थाले नाममात्र दिन्छन् दाम आफै राखेर प्रकाशित गर्नु पर्छ आप्रवासमा साहित्यको विकास विस्तारको मार्ग दयनीय अवस्थामा रहेको यस तर्फ हामी सबैको ध्यान जान जरुरी आप्रवासमा हामी सबैलाई बाध्ने  नेपाली भाषा साहित्य संस्कृतिनै हो जसरी हामी दशैंमा मिलेर मनोरञ्जन गर्छौं त्यसरीनै भाषा दिवस् मनाएर मनोरञ्जन गर्ने वातावरण बनाउन जरुरी भएको यस तर्फ अन्तर्राष्ट्रिय समन्वयन भएका साहित्यिक संस्थाले पहल गर्न जरुरी  देखिन्छ

                                                    डा. गोबिन्द रावत, टोरोन्टो, क्यानडा फरवरी १६, २०१८

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com