क्यानडा नेवा गुथीद्वारा नवआप्रवासीको स्वागत कार्यक्रम सम्पन्न


भनिन्छ सन्तान जन्मेर मात्र हुँदैन त्यसको लालनपालन पनि अविभावकबाट राम्ररी गर्नु पर्दछ । क्यानडामा धेरैनै संस्थाहरु खुलेका छन् तर सही अविभावकको अभावले कार्यकाल पुरा गर्नेहरु मात्र देखा पर्ने गर्छन् । तर अपवादमा भने नेवा गुठी क्यानडा आउने गर्दछ । क्यानडामा २००५ मा स्थापना भएको नेवा गुठीको मूल उद्देश्य आफ्नो जातीय परम्परागत संस्कृतिको बचाऊँ गर्दै त्यसको संरक्षण  गर्दै जाने रहेको थियो । त्यहिअनुरुप नेवा गुठी क्यनडाले विगत १२ वर्षदेखि समयबजि, यमरी पूर्णे,  चुडाकर्म, बेल विवाह, महँ पूजा, गुफा परम्पराबाट लिएर सम्पूर्ण नेवारी परम्परागत संस्कृतिलाई निरन्तरता दिनुका साथै सामाजिक कार्यमा पनि प्रतिबद्धता जनाउदै आएको छ । स्वास्थ्य शिक्षा सम्बन्धी  गोष्ठी, वार्षिक कर निरुपण प्रक्रियाको सहयोग क्याम्प, नेपाली समुदायको सामाजिक एवम् आर्थिक स्थितिको अनुसन्धानात्मक गणना आदिसँगै २०१७  देखि शान्तिपूर्ण वातावरणमा नयाँ भविष्य खोज्दै आउनुभएका नवागन्तुक आप्रवासी (न्यु इमिग्रेन्ट) को स्वागतमा विभिन्न चरणमा उनीहरुका लागि ज्ञान मूलक एवम् र उपलब्धिमूलक कार्यशाला गोष्ठीको थालनी गरेको छ । विभिन्न चरणमा विभिन्न क्षेत्रका विशेषज्ञहरुबाट गोष्ठी गराएर नवआगन्तुक आप्रवासी नेपालीहरुलाई ज्ञानवर्धक जानकारी दिन थालेको छ । यसको थालनी एनसिसिएस नाकम संस्थनले २००३ मा शुरु गरेको थियो तर यसका पदाधिकारीहरुले यसलाई निरन्तरता दिन सकेनन् ।

उक्त ज्ञानवर्धक गोष्ठीको समापन गत शनिवार मार्च २४ का दिन एक भव्य समारोहका बीच सम्पन्न भएको थियो । नब आगन्तुकहरुको लागि गरिएको   सेवा तथा   सूचना प्रबाह सम्बन्धि परियोजनाको  समापन कार्यक्रम  अबैतनिक नेपाली महा बाणिज्यदूत डा। कुन्जर शर्माले पानसमा द्वीप प्रज्वलित गरी कार्यक्रमको  उदघाटन गर्नु भएको थियो । डा. शर्माले प्रवासमा संस्कॄति प्रबर्द्दन तथा संरक्षणमा क्यानेडियन नेवा गुथिले महत्वपूर्ण  भूमिका खेल्दै आएको भन्दै वहाँलेू गुथिका कृयाकलापहरु नेपाली समुदायमा मात्र सिमित नभै क्यानडाका मूलधारमा पनि  प्रचार भै रहेको छू  जानकारी गराउनु भयो ।

बिशेष अतिथिका रुपमा उपस्थित प्रान्तिय  सभाका सांसद माननीय  भिक ढिल्लोनले बिबिध संस्कॄतिको महत्व बारे प्रकाश पार्नु हुन्दै यसले क्यानडाको ू बिबिधतामा एकताु भन्ने  नारालाइ चरितार्थ  गर्छ भन्नु भयो। नेपाली समुदायिक संस्था गुथिले नब आगन्तुकहरुको लागि सेवा सम्बन्धि कार्यक्रम गरेकोमा खुसि ब्यक्त  गर्नु हुन्दै समुदायको लाभ हुने कार्यमा  आफ्नो सहयोग सधै हुने बताउनु भयो। त्यसपछी गुथिका महासचिब बिमल श्रेस्थले गुथिको परिचय,  कृयाकलाप तथा आगामि कार्यक्रम  बारे प्रकाश  पर्नु भयो ।

नेवा गुथी युवा वर्गहरुको अथक प्रयासबाट सम्पन्न नवआप्रवासी स्वागत कार्यक्रमका संयोजक नबिन श्रेस्थ तथा परियोजना संचालन समितिका सदश्य डा। रिन्जन श्रेस्थले अतिथिहरुलाई परियोजनाको शुरुवात, युबाहरुको सहभागिता प्रक्रिया, बिषय छनौट, संचालन बिधि , कार्यान्वयन, प्रतिफल, समिक्षा, चुनौति ईत्यादी बारे पावर प्वाईन्ट माध्यमबाट जानकारि गराउनु भएको थियो ।युबा स्वयम सेबकहरुको तर्फ बाट करिना श्रेस्थले परियोजनामा सहभागी भएपछी आफूमा निकैनै आत्मबिस्वास बढेको आफ्नो अनुभब बताउनु हुन्दै यस्तो कार्यक्रमहरु युबाहरुको दक्षता बिकासको लागि आबश्यक भएको  बताउनु भयो भने सहभागि नब आगन्तुक हरुको तर्फबाट दिनेश सिंह मल्लले यो कार्यक्रमबाट आफु धेरै लाभान्वित भएको बताउनु भयो ।

परियोजनाका सल्लहकार तथा ब्रोक   बिस्वबिद्यालयका प्रा। डा। टम ओ नीलले यो कार्यक्रम बाट युबाहरुको सामुदायिक  सीप बॄदी हुनुका साथै नब आगन्तुकहरुको लागि पनि लाभदायि हुने बिस्वास ब्यक्त गर्नु भयो । परियोजनाको श्रोत ब्यक्तिहरुको तर्फ बाट सेन्टेनियल कलेजका प्रा। डा। तुल्सि धरेलले समुदायको बिकासको लागि सबैको सहभागिता आबश्यक भएको बताउनु हुन्दै गुथिको कार्यक्रमहरुको प्रसंशा गर्नु भयो . नेपलीज क्यानेडियन हेरिटेज सेन्टरका अध्यक्ष डा। हरि गुरुङ्ले  समुदाय लाई प्रत्यक्ष लाभ हुने कार्यक्रममा गुथिले अगुवा भूमिका खेलिरहेको बताउनु भयो भने अर्का बक्ता  एन आर एन क्यानडा का पूर्ब अध्यक्ष अनिल थापाले गुथिको  यो कार्यक्रम प्रसंशनिय भएको बताउनु भयो ।कार्यक्रमको  शुरुमा युबा समुह लगायतका ले धिमे , मादल, तथा तिन्छुको तालमा क्यानेडेली तथा नेपाली राष्ट्रियगान  प्रस्तुत गरेका थिए । त्यस पछी गुथिका अध्यक्ष प्रकाश  प्रधान ले अतिथिहरुलाई स्वागत गर्नु भयो भने कार्यक्रमको अन्त्यमा गुथिका उपाध्यक्ष उत्तम माकजूले सम्पुर्ण महानुभाब हरुलाइ धन्यबाद ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली सांगीतिक समुह ूहिमालयन भाईब्सूका प्रदीप बान्स्कोटा, सुरज शर्म, रिकेश श्रेस्थ, उत्तम माकजूको समुह ले राजमति  तथा अन्य  नेपाली लोक धून पस्केका थिए भने युबा हरु  आयुश्ना  श्रेस्थ, रोडेशा शाक्य, रायना श्रेस्थ,  जोभना श्रेस्थ, सर्बज्ञ श्रेस्थ, आर्यब बज्राचार्य, साजन थकाली, अभिस श्रेस्थ लगायतकाले नेपालको बिबिधता झल्किने ूसय थरि बाजा एउटै तालू को धूनमा र रोडेशा शाक्यले ूमलाई दुइ चुल्ठो बाधेँरू बोलको राष्ट्रिय भाबनाको लोक गीतमा

नॄत्य पस्केका थिए । Newa Guthi 2Newa Guthi 3

ओन्टारियो प्रान्तको नागरिकता तथा अध्यागमन मन्त्रालयको ८०५ र गुथिको २०५ आर्थिक सहयोगमा  ५ महिने सो कार्यक्रम गत नोभेम्बर २०१७ देखि संचालन गरिएको र मार्च २०१८ मा समापन भएको  सो कार्यक्रममा नेपाली समुदायका चौबिस जना युबाले सहभागिता जनाएका थिए भने  सोहि  समुहले नब आगन्तुकहरुको लागि उपयुक्त हुने स्वास्थ्य, शिक्षा, बाल हेरचाह, रोजगारी,  महिला सशक्तिकरण,आर्थिक साक्षरता, सेटलमेन्ट लागायतका बिषयमा अन्तर्क्रियात्मक सत्रहरु संचालन गरिएको थियो।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com