टोरोन्टोमा २५६२ बुद्ध जयन्तीमा शान्ति रेली


IMG_0023 IMG_0027 IMG_0028
आज अप्रेल २९ का दिन क्यानडाको कन्सर्न नेपालले विगतका वर्षहरु जस्तै एशियाको ज्योति गौतम बुद्धको २५६२ जन्म जयन्ती शान्ति ¥यालीका साथ मनाएको थियो । बिगतका वर्षहरुमा जस्तै यसपटक पनि टोरोन्टोको डण्डदास स्क्यायरबाट ¥याली निकालेर शहरको एक परिक्रमा गरी डण्डदास स्क्यायरमा नै समापन गरिएको थियो । ¥यालीको शुभारम्भ नेपालका लािग महामहिम राजदूत कालीप्रसाद पोखरेल, क्यानडाका अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्मासहित बुद्ध धर्म गुरु र जापानिज अतिथिले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । प्रत्येक वर्ष कन्सर्न नेपालले आयोजना गर्ने बुद्ध जयन्ती शान्ति ¥यालमा अल्लेखनीय उपस्थिति रहेका देखिएन । विशाल टोरोन्टोमा दस हजारको हाराहारीमा नेपालीहरु बसोबास उपस्थिति भने कमैको देखिएको थियो । बुद्धलाई नेपालको तारा र नेपालमा जन्मेको भन्ने नाराका साथ नेपालीहरुको गर्वका रुपमा लिने गरिए तापनि विभिन्न संस्थामा आबद्ध पदाधिकारीहरुको उपस्थिति नै ¥यालीमा देखिएन । सोही अवसारमा नेपालको पर्यटन पर्वधर्न सम्बन्धी सामग्री पनि वितरण गएिको थियो

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com