अन्तिम सेलुट समुदायका नायक आङ्गबरु शेर्पालाई


अन्तिम सेलुट समुदायका नायक आङ्गबरु शेर्पालाई

डा गोबिन्दसिंह रावत

314204_10150290349167486_753938_n

पचासको दसकको मध्यतिरबाट क्यानडामा नेपालीहरुको आगमन शुभारम्भ भएको थियो । नब्बेको दसकमा क्यानडामा नेपालीहरुले आफ्नो पहिचान बनाउन संघसंस्थाको शुभारम्भ गरेका थिए । संस्थाको स्थापना भएपछि नेपाली भाषाका पत्रिका क्यानडाबाट निस्कनु थाल्यो । यसरी नेपालीको पहिचान बनाउन काममा किरण ढुङ्गानाको महत्वपूर्ण भूमिका रहेको छ । सन् १९९१ मा नेपाली एशोसिएसन इन क्यानाडा – नेक (एन.ए.सी.) को स्थापना भएपछि क्यानडामा नेपालीहरुको संस्थागत विकास हुन थाल्यो । आफ्नो जातीय पहिचान र परम्परागत धर्म–संस्कृतिलाई आप्रवासमा बचाई राख्न २००५ मा नेवाःगुथीको स्थापना भएको थियो । त्यसरी नै नेपालका सबै जनजातिहरुलाई समेट्दै उनीहरुको धर्म–संस्कृतिको संरक्षण २००६ मा नेपाल जनजाती एसाृसिएसन, क्यानडा (एन.जे.सि.ए.) को स्थापना भएको थियो । परम्परागत् जातीय चाँडपर्व मनाउदै एन.जे.सि.ए. ले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

यही नेपाल जनजाती एसाृसिएसन, क्यानडा (एन.जे.सि.ए.) को अध्यक्षका रुपमा २००७ मा आङ्गबरु शेर्पासँग परिचय गर्ने मौका मैले २००६को दशैं कार्यक्रममा पाएको थिए । आङ्गबरुद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिउका नृत्यहरुमा विविधता देखेपछि मैले व्यक्तीगत् वहाँलाई भेटेर बधाई दिएको थिए । त्यसरी परिचय भएपछि हाम्रो सम्बन्धले निरन्तरता पाउँदै गयो । नेपालिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एन.सि.सि.एस.) ले क्यानडामा नेपालको सांस्कृतिक पहिचान गराउन सो–केशका रुपमा आयोजना गर्ने २००७ को हिमालयन मेलामा सांस्कृतिक प्रस्तुतिमा विविधता ल्याउन मैले वहासँग सम्पर्क गरेपछि आङ्गबरुले विभिन्न जातीय पहिचान भएका नृत्यहरुको संयोजन गरिदिनु भएको थियो । त्यसपछिका दिनहरुमा हामीबीच भाषिक, साहित्यिक र सांस्कृतिक विषयक कुराहरु चल्ने ग¥थ्यो । वहाँलाई मैले एक कुशल व्यवस्थापकका रुपमा हेदै आएको थिए । एन.जे.सि.ए. को स्थापनामा वहाँको भूमिका र योगदान कदापि विर्सनु हुँदैन । त्यसपछि वहाँले शेर्पा जातिको पहिचान बनाई राख्न क्यानडा नेपाल शेर्पा संघको स्थापना गराएर संस्थापक अध्यक्षका रुपमा काम गर्दै आउनु भएको थियो ।

आङ्गबरुको सालिन व्यक्तित्वले गर्दा वहाँ सबैका हितैसी हुनु हुन्थ्यो । आफ्नो संस्थागत कार्यक्रमका बारेमा जानकारी दिएर निम्त्याउन कहिल्यै विर्सनु भएन । एकताका गैरआवासीय नेपाली संघ, क्यानडाले नेपाली समुदायका लागि समुदाय घर (कम्युनिटी हाउस) निर्माणका लागि पूर्वाधार तयार गर्न मसँगै आङ्गबरु शेर्पासहितको डा. हरी गुरुङ्ग, डा. तुलसी धरेल र नवराज गुरुङ्ग रहेको समिति बनाएको थियो । यस समितिका माध्यमबाट आपसी छलफल गर्न एकपटक मेरो घरमा र एकपटक आङ्गबरुको घरमा बैठक समेत बोलाइएको थियो । यसरी हामीबीचको सम्बन्ध पारिवारिक हुन पुगेको थियो । हाम्रो समितिले समुदाय घरको पूर्वाधार बनाएर बुझाएको पनि ६ वर्ष भई सक्यो । त्यसपछि एन.आर.एन. क्यानडाले तीनपटक कार्यकारिणी फेरी सक्यो र प्रत्येक कार्यकारिणीले आफ्नो कार्यकालको अन्त्यतिर समुदाय घर बनाउने तुरुपको एक्का देखाएर आफ्नो काम देखाएर विर्सजन हुने गर्दछ ।

पछिल्लोपटक मैले आङ्गबरु शेर्पालाई एक सफल रियलेटरका रुपमा देख्न थालेको थिए । वहाँले क्यानडाबाट शुरु गरिएको टोपी ईभेन्टमा सहभागी भएर कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएको थियो । भाषा साहित्य र संस्कृतिसँगै सांस्कृतिक विकासका लागि सधै क्रियशिल रहन रुचाउने आङ्गबरुले भानुभक्तको रामायणमा सानो नाटक गरौं भनेर धेरैपटक भन्नु भएको थियो । वहाँले एसोसिएसन अफ अमेरिकन नेपासिलज (ए.एन.ए.) को न्युयोर्क सम्मेलनमा सहभागि भएर यसमा निरन्तरता दिने विचार राख्नु भएको थियो । तर एएनए पनि पदमा बस्ने भागबण्डाको माध्यम बनेपछि वहाँसँगै म पनि टाढिए । पदभन्दा पनि प्रतिष्ठाका लागि काम गर्न रुचाउने आङ्गबरुलाई क्यान्सर भएको समाचार पाएपछि उनको निवासमा भेट्न भएको थिए । विरामी अवस्थामा पनि उनले अहिले हाम्रो समुदायमा देखा परेको संस्थागत विसङ्गतिप्रति चिन्ता गर्दै हामी आप्रवासमा मिलेर काम गर्नु भन्दा पनि व्यक्तिगत् स्वार्थका लागि काम गर्ने गरेको बारे गुनासो गर्नु भएको थियो । वहाँलाई भेटेर आएपछि मैले उनको बारेमा कुसुमलाई भनेको थिए । कुसुमले मलाई एकपटक सँगै गएर भेट्ने भनेकी थिईन । मैले हुन्छ पनि भनेको थिए । तर आप्रवासको कार्यव्यस्तता र र पारिवारिक तारतम्य मिलाउँदा मिलाउँदै मलाई नेपाल जानु पर्यो । म नेपालमा रहदा उनी त्यहाँ भएको बारे थाहा समेत भएन नत्र अर्को एउटा भेट हुने थियो । कुसुमलाई चाहीँ मैले भेट गराउन सकिन । २१ अप्रेलमा नेपालबाट फर्केपछि अप्रेल २९ को बुद्ध जयन्तिको शान्ती ¥यालीमा सहभागी बन्न पुग्दा गोपीजीबाट दुखद् समाचार सुने । कुनै बेला यही बुद्ध जयन्तिको शान्ती ¥यालीमा आङ्गबोरु शेर्पा पनि हुने गर्थे । आज त्यहिँ शान्ती ¥यालीमा एकजना सहभागी सधैका लागि हामीबीचबाट अस्ताएर जादै छन् । ¥यालीमा सहभागी बने तापनि मनमा उनको बारेमा मात्र कुराहरु खेली रहेको थियो ।

मैले सुने अनुसार आङ्गबरुको क्यानडा आगमन म आएकै हाराहारी २००२ ताका भएको थियो । समुदायमा कोही मर्दापर्दा वहाँको उपस्थितिसँगै वहाँका हातहरु सहयोगका लागि सदैव तत्पर रहने ग¥थ्यो । देश तथा आप्रवासका कुनै पनि नेपालीलाई आर्थिक कठनाई पर्दा आङ्गबारु सक्रिय भएर आर्थिक संकलनमा जुटेको मैले देखेको छु । अप्रेल २०१५ को भुईचालो पीडितका लागि आर्थिक संकलनमा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो । उनले यस बारे एकपटक मसँग गुनासो गर्दै क्यानडामा कति पैसा उठ्यो र कता गयो भन्ने बारे त्यसबेलाका सबै संघसंस्थाका पदाधिकारीहरु मौन छन् । यसबारे लेख्नु पर्यो समेत भन्नु भएको सम्झनामा छ । निस्वार्थ उनले समुदायका लागि काम गर्दै गए । यसरी अरुको आँसु पुछ्दै हिड्ने आङ्गबारुलाई नराम्रो रोगले च्याप्यो तर उनको बारेमा चिन्ता गर्ने कुनै संस्था अगाडि आएन । हामीले ओमविक्रम विष्टका लागि कार्यक्रमको आयोजना ग¥यौं । तर आफ्नै आँगनमा लडीरहेको आङ्गबारुलाई देखेनौं वा नदेखे जस्तै ग¥यौं । उनको बारेमा बुभ्mदै जाँदा उनको गरिमामय व्यक्तित्वबारे थाहा पाए । उनी पूर्व ब्रिटिश अर्मीमा थिए भने नेपालको बाम राजनीतिमा आस्था राख्दै जनमोर्चाका सदस्य पनि थिए । उनलाई क्यान्सरले समातेको बारे हामी मध्ये कमैलाई जानकारी भएको थियो । उपचार पनि भई रहेको थियो । यसैक्रममा मसँगको भेटमा उनले सकारात्मक जीवनको पुनार्आगमनको अपैषसमेत राख्नु भएको थियो । रोगबाट उन्मसक्ती नपाउने देखेपछि आफ्नो जीवनको अन्तिम यात्रालाई अविस्मरणीय बनाउन उनले विश्वका धेरै बुद्ध स्तुपाहरुमा गएर छोटो जीवन पनि सार्थक बनाइदिएकोमा प्रभुको शरणमा गएर नतमस्तक भएका थिए । आफ्नो जीवनको अन्तिम समय आफ्नै जन्मभूमिमा आएर बिताउने विचारका साथ उनी सुटुक्क नेपाल आएर बस्न थाले । भनिन्छ आफ्नो रोगका बारेमा आफ्ना भाइभतिजहरुलाई समेत जानकारी नगराएर उनी चुपचाप पीडा सही रहेका थिए । तर अन्तिम अवस्थामा उनका परिवारले रोगका बारेमा थाहा पाएपछि तुरन्त उनलाई क्यान्सर अस्पतालमा भर्ना गराएको केही दिनमा नै उनको देहवसान भएको थियो ।

आप्रेल २८ को राती नेपालमा देहवसान भएको समाचार अप्रेल २९ मा क्यानडामा पुगेपछि फेसबुकका पानाहरुमा आङ्गबारुका लागि श्रद्धाञ्जलीका शब्हरुले छताछुल्ल भएको थियो । उनले नेतृत्व गरेर गरिमामय ऊचाँईमा पु¥याई दिएका संस्थाहरुले शब्दमा श्रद्धञ्जली व्यक्त गरेको पाए । नेपाली समुदायका लागि दत्तचित्त भएर सेवासँगै सहयोग गर्दै आएका समाजसेवी आङ्गबारुको सम्झनामा एउटा शोकसभा राख्ने विचार कुनै पनि कुनै संस्थामा पदाधिकारीको मनमा आएन । म शोकसभाको बोलाईको पर्खाईमा बसी रहे । तर कतैबाट पनि तेहे पुण्यतिथिसम्म कुनै सूचना नआएपछि आफैले क्यानडनका नेपाली समुदायका नायकलाई शब्द श्रद्धाञ्जली अपर्ण गर्दै यो विचार पोख्न थाले ।

अफसोच सधै लागी रहने छ, हामी सबै मिलेर हाम्रो समुदायको एउटा नायकलाई संयुक्त रुपमा श्रद्धाञ्जली पनि दिन सकेनौं । आखिर हामीले पनि त्यहिँ बाटो पच्छ्याउँदै जानु पर्छ । आङ्गबरु ५५ वर्षको उमेरमा ग एभने हामी ढिलोचाडो जानेछौं । आशा गरौं आङ्गबारुले समुदायका लागि गरेका राम्रा कामका उदाहरणीय डोबहरु हामीले पनि छोड्न सकौं । –(मई ११, तेह्दिने पुण्यतिथि)

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com