ढिलो भए पनि विशाल टोरोन्टोमा गर्मी बढ्दै जान थालेको छ । गर्मीसंगै विभिन्न कार्यक्रमहरु पनि हुन थालेको छ । टोरोन्टोवासीहरु जाडोका घरभित्र सिमित थिए भने गर्मीसंगै वाहिरको वातावरणमा रमाउन थालेका छन् । गर्मीसंगै टोरोन्टानेपाल डट कम विद्युतीय संचारले नेपालका चर्चित गायक यम बराललाई निम्त्याएर विशाल टोरोन्टोमा यम बराल म्युजिकल नाईट कार्यक्रममो आयोजना गराएको थियो । त्यस्तै भर्खर गठन भएको जिल्लावासीहरुको संस्था गुल्मेली समाजले रमाईलो सा“झको आयोजना गर्दै छ भने भगवान बुद्धको जन्मोत्सव मनाउने क्रममा कपिलवस्तु दिवस संघर्ष समितिले बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना गर्दैछ । हाम्रो राजदूतावासले पनि गणतन्त्र दिवस्को उपलक्ष्यमा विशेष कार्यक्रम सहीत अनेसस, क्यानाडा शाखासंग मिलेर क्यानाडाव्यापी कविता प्रतियोगिताको कार्यक्रम आयोजना गर्दैछ । यति मात्र नभएर गैरआवासीय नेपाली संस्था, क्यानाडाको वार्षिक सभा पनि जुलाईको अन्त्यमा हु“दै छ । यस सभाले नया“ कार्यकारिणी चयन गर्ने छ र यसका लागि नया“ सदस्य बन्न तथा सदस्यता नवीकरण गर्न गैरआवासीय नेपाली संस्था, क्यानाडाले जानकारीसंगै आप्mनो वेभ साईटमा समेत सदस्य बन्न चाहनेहरुको लागि फारमसंगै प्रक्रियाका बारेमा जानकारी राखिदिएको छ । नया“ कार्यकारिणीका लागि हुने चुनावमा विगत जस्तै यस पटक टोरोन्टोवासीमा त्यति उत्साह देखिएको छैन । धेरैनै पुराना कार्यकारिणी सदस्यहरु आप्mनो संस्थाको वार्षिक सम्मेलनका लागि लागिपर्नेबेलामा पनि शिथिल भएको देखिएका छन् । गैरआवासीय नेपाली संस्था, क्यानाडा सम्मेलन भनेका यहा“का नेपालीहरुको सम्मेलन भनेर बुभ्mनु जरुरी छ । यसमा हामी सबैको सहभागिताको खा“चो रहन्छ । यसले के गर्यो भन्दा पनि यसले के गर्ने छ भन्नेतिर सोच्नु पर्छ । त्यसैले यसको सदस्य भएर हाम्रो संख्यात्कम विकास र विस्तार गर्नु हामी सबैको कर्तब्य पनि हुन आउछ । जे होस टोरोन्टोमा गर्मीले वहार ल्याउ“ने गर्छ भने झै यहा“ नेपालीहरुको संख्यात्मक वृद्धिले पनि चहलपहल बढ्दै गएको देखिन्छ ।