नेपालको उच्च शिक्षामा आप्रवासी नेपालीको भूमिकाबारे क्यानडामा सम्मेलन


पचासको दसकको अन्त्यदेखि क्यानडामा शुरु भएको नेपालीहरुको आगमन आजको मितिसम्म अनुमानित ९० हजारको संख्या नाघेको हुनु पर्दछ । नेपाली भूमिलाई छोडेर आप्रवासी जीवनशैलीमा रमाउँदै नेपालीहरु समाजका प्रत्येक क्षेत्रमा कार्यरत छन् । अरु मुलुकमा जस्तै क्यानडामा पनि विभिन्न तरिकाबाट नेपालीहरुको आगमन रहदै आएको छ । प्रारम्भमा अध्ययन र काम गर्ने ९वर्क पर्मिट० क्रममा आएका नेपालीहरु त्यसपछि शैक्षिक योग्यताका आधारमा र त्यसरीनै काम गर्ने इजाजतपत्र अनि  शरणार्थीका आधारमा नेपालीहरुको आगमन भएको छ । नेपालीहरुको आगमन अध्ययनका सिलसिलामा  पनि रहदै आएको छ । यही उच्च शिक्षा आर्जन गर्न आएका नेपालीहरुको सोच र पहुँचले नेपालबाहिर नेपाललाई चिन्हाउने काम हुँदै आएको छ । यसरी अध्ययन अनुसन्धानात्मक परियोजनासँग आवद्ध रहदै आएका अन्वेषक नेपालीको अनुसन्धानको विषय नेपालको माटोसँग कुनै न कुनै रुपमा जोडिएको हुने गर्दछ । विदेशमा रहेर स्वदेशको विकासको उपायहरु सोच्ने नेपालीहरुले विदेशमा आर्जन गरेका शैक्षिक योग्यतालाई आफ्नो मुलुकमा ल्याउने प्रयास सधैनै गर्दै आईरहेका छन् । यस्तै प्रयासको पछिल्लो उदाहरण क्यानडाको टोरोन्टो विश्वविद्यालयको प्राङ्गणमा आयोजित नेपालको उच्च शिक्षामा आप्रवासीहरुको भूमिका नाम दिएर सम्पन्न सम्मलेनले नेपाल सरकारलाई आप्रवासी नेपालीहरुको योग्यता प्रयोग गर्न अनुरोध गरेको छ । धेरै मिहिनेतका साथ नेपालको शैक्षिक अवस्था र शिक्षामा आवद्ध रहेका संस्थाहरुसँगै शैक्षिक विकासको क्षेत्रमा देखा परेका विभिन्न अवरोध र अवस्थाहरुको तथ्याङ्कसहितका कार्यपत्रहरुको प्रस्तुतिले समम्मेलनलाई अर्थपूर्ण बनाई दिएको थियो । लगभग ८ हजार नेपालीहरुको थलो बनेको विशाल टोरोन्टोमा आयोजित यस बौद्धिक स्तरीय सम्मेलनमा जहाँ नेपालका लागि केही गरौं भन्ने नाराका साथ नेपाललाई शिक्षित बनाउने उद्देश्य लिएर विभिन्न देश प्रान्त र शहरहरुबाट आउनु भएका नेपाली विद्धानहरुको विचार सुन्ने सहभागिता कमै देखियो । यस्तो महत्वपूर्ण सम्मेलनमा संस्थागत सहभागितासमेत भएको देखिएन ।

AAAAAAAAAAAA ABABAB ACACAC

नेपालको उच्च शिक्षामा आप्रवासीहरुको भूमिकाको नाम दिएर सम्पन्न भएको सम्मेलनमा  २३ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । जुलाई ७, २०१८ शनिवार बिहान ८।३० बजे शुरु भएको गोष्ठी अन्त्यमा टोरोन्टो घोषणापत्र जारी गर्दा साँझको ७ नाघि सकेको थियो । अन्तराष्ट्रियको नाममा सम्मेलन भनिए तापनि उत्तरअमेरिकाका विद्वानहरुको मात्र सहभागिता रहेको थियो । नेपालबाट शिक्षामन्त्रीको सन्देशबाहेक कसैको उपस्थिति थिएन । यसका मन्त्रीसहति नेपालका विश्वविद्यालयकका उपकुलपति रेक्टर रजिस्टर सबैलाई उपस्थितिका लागि निम्तो पठाइए तापनि आयोजकबाट आउने जाने बस्ने खानेको व्यवस्था नभएकोले नेपाल सरकारको प्रतिनिधित्व शुन्य देखियो । नेपालका लागि केही गरौं भनेर नेपालबाहिरका विद्वानहरुले आफ्नो श्रम र समय दिएर आयोजना गरिएको एउटा महत्वपूर्ण सम्मेलनलाई नेपाल सरकार सहयोग नगर्नु सरकारको असहयोग नितिझै देखियो । क्यानडाबाटै खुला विश्वविद्यालयको अवधारण आएपछि आज त्यसले मुर्त रुप लिएको छ । खुला विश्वविद्यालयको पहिलो बहस पनि क्यानडामा नै भएको थियो । त्यसरी नै जुलाई ७मा सम्पन्न नेपालको उच्च शिक्षामा आप्रवासीहरुको भूमिका गोष्ठीले पनि भोली दिनमा महत्वपूर्ण भूमिका लिन सक्ने विश्वास गर्न सकिन्छ ।

यस अन्तराष्ट्रिय सम्मेलनमा नेपालमा उच्च शिक्षाको उत्थानमा आप्रवासी नेपालीहरुको भूमिकाका बारेमा विशेष छलफल भएको थियो । अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा आवद्ध रहेका २७ जना प्रस्तोताहरुले  २३ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । चार सत्रमा बाडिएको प्रत्येक सत्रको अध्यक्षता आयोजकका तर्फबाट क्रमशः  दिनेश गजुरेल, नवराज गुरुङ्ग, गोबिन्द दाहाल र सारा क्षेत्रीले गर्नु भएको थियो । प्रत्येक सत्रमा ५ देखि ७ वटासम्म कार्यपत्र प्रस्तुत गरिएको थियो र प्रस्तोताले १५ मिनटभित्र आफ्नो कार्यपत्रको अवधारण प्रस्तुत गर्नु परेको थियो । एकपछि अर्को गर्दै नेपालको उच्च शिक्षामा सहयोग पु¥याउन चाहने २३ वटा कार्यपत्रको प्रस्तुतिले उपस्थित दर्शकलाई सुने सुन नसुने पनि सुन भन्ने स्थिति सिर्जना गरी दिएको थियो । कुनै कुनै कार्यपत्रको अवधारण एक अर्कासँग पनि मेल खाएको देखिन्थ्यो । यसलाई व्यवस्थित रुपमा कम कार्यपत्रको छनोट गरेर राख्दा राम्रो देखिने थियो । कार्यपत्रको अन्त्यमा अम्बिका अधिकारीको अध्यक्षतामा प्यानल छलफल कार्यक्रममा उपस्थिति धेरैनै पातलिएको देखियो । तर जुन उद्देश्यका लागि कार्यक्रमको आयोजना गरिएको थियो चाहिं सफल भएको मान्नु पर्छ ।

तुलसी धरेलमो संयोजनमा अम्बिका अधिकारी, गोबिन्द दाहाल, नवराज गुरुङ्ग, गोपीकृष्ण काफ्ले र मेदिनी अधिकारीसहितको आयोजक समितिले यो गोष्ठीको आयोजना ग्लोबल पोलिसी फोरम युके, द एसोसिएसन अफ नेप्लिज् इन द अमेरिकाज्, क्यानडा फाउन्डेसन फर नेपाल,  नेपाली राजदूतावास र एनआरएनए क्यानाडा को संयुक्त सहयोगमा गोष्ठीको आयोजना भएको थियो ।  सम्मेलन उद्घाटन क्यानाडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले गर्नु भएको थियो । महामहिम राजदूतले नेपाली उच्चशिक्षाको विकासमा प्रवासबाट यसरी चासो र चिन्ता व्यक्त गरिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद दिदै आफुले नेपालमा यसबारे समन्वय गर्ने जानकारी गराउनु भयो ।

 

तुलसी धरेलबाट संचालित यस सम्मेलनमा आप्रवासी बुद्धिजीवि वर्गले नेपालको शैक्षिक विकासमा के कस्तो भुमिका राख्न सक्ने बारे आआफ्नो धारण राख्नु भयो । सम्मेलनको मूल उदृेश्य  विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको उच्च शिक्षामा कसरी उपयोग गर्न सकिन्छ भन्नेवारे रहेको थियो ।  धअमेरिका र रक्यानडाका विभिन्न क्याम्पस तथा विश्वविद्यालयमा अध्यापन कार्य गरीरहेका प्राध्यापकहरुको सम्लग्नता र सहभागितामा  सम्पन्न यस सम्मेलनले आप्रवासका नेपाली अध्येता, विज्ञ एवं प्रविधिज्ञले नेपालको उच्च शिक्षा सुधारका सम्भाव्यताहरु  खोज्ने  प्रयास गर्ने विश्वास लिन सकिन्छ । आयोजक समितिका कार्यक्रम संयोजक डा तुलसी धरेलका अनुसार नेपालको उच्च शिक्षाको विकासमा आप्रवासी नेपालीहरुले गरिने यो एउटा महत्वपूर्ण अवसर हो’, । यसरी विश्वभरी ‘छरिएर रहेको  दक्षताहरुलाई एकिकृत गरि योजनाबद्ध तरिकाबाट प्रयोगको बाटो सम्मेलनले खोल्ने जानकारी गराउनु भयो ।’ नेपाली विज्ञहरुलाई समेटेर आयोजना गरिएको यस सम्मेलनबाट नेपालको उच्च शिक्षाको क्षेत्रमा विकसित प्रविधि र प्रयोग, चल्तिका अनुसन्धान प्रक्रियाहरुसँगै नेपालको उच्च शिक्षासंग अन्तर्राष्ट्रिय समन्वयको सम्भावना, खुल्ला विश्वविद्यालय एवं दुर शिक्षाको प्रयोग र नेपालको उच्च शिक्षालाई परिस्कृत गराउने कार्यमा यो सम्मेलनले उल्लेखनीय भूमिका खेल्ने विश्वास लिन सकिन्छ ।   सम्मेलनको प्रारम्भ दिनेश गजुरेलको अध्यक्षतामा नेपालको उच्च शिक्षाबारे जीत जोशी, आलोक बोहोरा, सन्जय नेपाल, चेतनाथ पोखरेल र भानुभक्त आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थिया ।े  नवराज गुरुङको अध्यक्षता सम्पन्न सत्रमा उच्च शिक्षामा कृषि, वातावरण र प्राकृतिक स्रोतको महत्वबारे बारे दुर्गा पौडेल, रुद्र अर्याल, दिनेश गजुरेल र बाशु शर्माले कार्यपत्रमार्फत आफ्नो ज्ञान र अनुभव सुनाए। गोबिन्द दहालले अध्यक्षता गर्नु भएको सत्रमा जनस्वास्थ्य र औषधि विषययक उच्च शिक्षाको महत्वबारे नारायण धरेल, सन्तोष सापकोटा, नरहरी तिम्सिना र श्याम थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । श्याम थापाले अध्यक्षता गर्नु भएको सत्रमा  नीति नियम र राजनीतिले उच्च शिक्षामा पार्ने प्रभावका बारे लक्ष्मी पन्त, रमेश कार्की, लोक भट्टराई, कुल काप्री र श्याम शर्माले कार्यपत्र मार्फत आफ्ना विचार राख्नु भएको थियो । यस्तै, उच्च शिक्षाको विकल्पका रुपमा अघि सारिएका केही मोडलबारे सारा क्षेत्रीले अध्यक्षता गरेको सत्रमा कृष्ण विष्ट, उत्तम गौली, गोकुल भण्डारी, विष्णु आचार्य, जेफ्री ओब्रल, मोहन थापा , नारायण घिमिरे र दीपक बस्यालले कार्यपत्र प्रस्तुत गरे। छ ।

डा। गोबिन्दसिंह रावत

 

 

 

 

 

 

 

 

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com