नारी हस्ताक्षर गीता केसरीलाई क्यानडामा सम्मान


नेपाली साहित्य समाज, क्यानडाले (नेसास) आज एक कार्यक्रमका बीच नेपाली साहित्यका नारी हस्ताक्षर चर्चित आख्यानकार प्राज्ञ गीता केसरीलई सम्मान गरेको छ । विगत पाँच दसकदेखि आख्यान साहित्यमा निरन्तर कलम चलाएर आफ्ना तीन दर्जन कृतिहरुबाट नेपाली साहित्यको ढुकुटीलाई सम्वृद्ध पार्नु भएकी नेपाल प्रज्ञा प्रतिष्ठानका पहिलो महिला सदस्य सचिव गीता केसरीलाई गैरआवासीय नेपाली संघ, क्यानडाका अध्यक्ष तथा नेसास सल्लाहकार गोपीकृष्ण काफ्ले तथा क्यानडामा नेपाली भाषा साहित्य, संस्कृतिको विस्तार तथा नेपाली समुदायको स्थापनामा अग्र पंक्तीमा रहेर काम गर्दै आउनु भएको नेसासका शुभचिन्तक किरण ढुङ्गानाले खादाबाट स्वागत सम्मान गर्नु यो । त्यस्तै नेपाली साहित्य समाज, क्यानडाका तर्फबाट नेसासका अध्यक्ष डा. गोबिन्दसिंह रावतले नेपाली भाषा साहित्यको अभिवृद्धिका लागि नारी हस्ताक्षरका रूपमा आफुलाई उपस्थित गराएर नेपाली वाङ्मयको विकासको इतिहासमा पु¥याउनु भएको योगदानको कदर स्वरुप सम्मानपत्र प्रदान गरिएको थियो ।

4 1 5 3 IMG_1054

डा. तुलसी धरेलद्वारा संचालित कार्यक्रममा सम्मानित व्यक्तित्व गीता केसरीले नेपाली साहित्यको विश्वव्यापीकरणमा नेपालबाहिरका साहित्यिक संघसंस्थाहरुको भूमीका महत्वपूर्ण रहने गरेकोले संयुक्त रुपमा साहित्यिक उत्थान र विकासका लागि काम सबै मिलेर काम गर्नु पर्ने भन्नु भयो । कार्यक्रममा गोपीकृष्ण काफ्ले, अनुप न्योपाने, डा. तुलसी धरेल, पुण्य सागर मरहट्टा, निजका बुवा नेपालबाट भ्रमणमा आउनु भएका श्री मरहट्टा र गोबिन्द रावतले आआफ्ना कविता वाचन गर्नु भएको थियो । श्री नीलु केसरीको आतिथ्य तथा मेजमानीमा उनको निवासमा दिवा भोजसहीतसम्पन्न साहित्यिक भेटघाटको अन्त्यमा नेसासका तर्फबाट अनुप न्योपानेले सबैलाई धन्यवाद प्रदान गर्नु भएको थियो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com