क्यानडामा आमाबुवालाई बोलाउने चिट्ठा खुल्दै


download
क्यानडालाई बहुभाषी साँस्कृतिको देश पनि भनिन्छ । विश्वका प्रायः सबै राष्ट्र तथा प्रान्तबाट आएर क्यानडालाई आफ्नो कर्म भूमि बनाएर बस्नेहरुको संख्या यहाँको रैथानेभन्दा बढी छन् । क्यानडालाई कर्म थालो बनाएका आप्रवासीहरुले आफ्नो परिवार र आमाबुवासँगै आफ्ना हजुरआमाबुवालाई पनि आफुसँगै परिवारमा राख्ने परम्परागत प्रचलनलाई पनि क्यानडा सरकारले महत्व दिदै आएको छ । तर सन् २००६ मा प्रोग्रेसिव कन्जर्वेटिभ पार्टीले चुनाव जितेर सत्तामा आउनासाथ आमाबुवा तथा हजुरआमा बुवाहरुको स्पोन्सर गर्ने प्रक्रियाको अन्त्य गरेर आमाबुवा तथा हजुरआमा बुवाहरुलाई बोलाउन सुपरभिषा प्रक्रिया शुरु गरेको थियो । यस प्रक्रिया अनुसार उनीहरुलाई क्यानडा बोलाउनु परे सुपरभिषा अन्तर्गत १० वर्षको भीषा लिएर एकपटकमा दुई वर्षसम्म आफुसँग राख्न पाउने तर क्यानडा आउनअघि  उनीहरुको स्वास्थ्य वीमा अनिवार्य हुनु पर्ने हुन्थ्यो । यो प्रक्रिया अहिलेसम्म पनि लागुनै छ ।
सन् २०१५ सालको चुनावमा  लिबरल पार्टीले जितेपछि जस्टिन ट्रुडोको सरकार बन्ने वित्तिकै आमाबुवा तथा हजुरआमा बुवाहरुलाई स्पोन्सर गरेर आफैसँग राख्न पाउने व्यवस्था मिलाउन प्रारम्भका दुई वर्षमा वार्षिक दस हजार आवेदन चिठ्ठा प्रक्रियाबाट आव्हान गरेको थियो । यसमा आवेदन बुझाएकाहरुबाट वर्षमा दस हजार आवेदक चिठ्ठाबाट निकालेर स्पोन्सरका अन्य प्रक्रियाहरु पुरा गर्नु पर्ने हुन्छ । यसरी क्यानडा आउने आमाबुवा तथा हजुरआमा बुवाहरुले नियमानुसार यहाँको निशुल्क स्वास्थ्य सेवा पाउने गर्दछन् । यसलाई आप्रवासीहरुको अधिकारको रुपमा लिने गरिन्छ । तर कन्जर्वेटिभको सरकारले आमाबुवा तथा हजुरआमा बुवाहरुलाई पनि भिजीटर भिषा प्रक्रिया अन्तर्गत राखेरआफैले  उनीहरुको स्वास्थ्य उपचारको जिम्मा लिनु पर्ने व्यवस्था बनाएको थियो । जसलाई लिबरल पार्टीले पुनः स्थाई बासिन्दाका रुपमा राख्न पाउने गरी आमाबुवा तथा हजुरआमा बुवाहरुको स्पोन्सरसिपलाई अझ सहज बनाउँदै गएको छ ।
यस वर्षदेखि सरकारले चिठ्ठा प्रक्रियाको सट्टा आवेदन जसले पहिला बुझाउछ उसले पहिलो प्राथमिकता पाउने गरी नयाँ प्रक्रिया शुरु गरेको छ । यस वर्ष अर्थात २०१९ मा सरकारले २१,५०० आमाबुवा तथा हजुरआमा बुवाहरुका लागि ढोका खोली दिने भएको छ । गत दुइ वर्षमा सत्र हजार आवेदकहरुले आफ्ना आमाबुवा तथा हजुरआमाबुवाहरु बोलाउने मौका पाएका थिए । यसपटक यो संख्या बढेर गएको छ   .  यसपटक  आवेदकले स्पोन्सरको आवेदन  अन लाईन भरेर बुझाउनु पर्छ । ईमिग्रेसन विभागले प्राप्त आवेदनबाट स्पोन्सर प्रक्रिया अनुरुप मेल खाने आवेदकलाई स्पोन्सरका अन्य आवेदन प्रक्रियाहरु पुरा गर्न सम्पर्क गर्ने छन् । यसरी आवेदन गर्नका लागि ईमिग्रेसन क्यानडाले २०१८ डिसेम्बर ३१ तारिखको राती १२ बजेपछि आफ्नो आधिकारिक वेभ साईट सिआईसि.जिसि.सिए. मा आवेदन फारम भर्न आव्हान गर्ने छ । यसमा पहिलो आउनेले पहिलो प्राथमिकता पाउने छन् भन्ने जानकारी क्यानडाका आप्रवास तथा नागरिक मन्त्री अहमद हँुसैनले ईमिग्रेसन विभाग मार्फत जानकारी गराएका छन् । त्यसैले यसपटक धेरैले नयाँ बर्षको रमाइलो उत्सव छोडेर भए पनि आफ्ना प्रियजन आमाबुवाको स्पोन्सर्शिपक लागि इन्टरनेटमा बसेर फारम भरि रहेका हुञ्छन. इम्मिग्रेशन क्यानडाको यो सेवा २१,५०० आवेदन पुगेपछि स्वतः बन्द हुनेछ. त्यसैले धैर भएर फारम भरौ. 
(क्यान ईण्डिया न्युज)
Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com