मेडिसनमा देवकोटा र मल्लको सम्झनामा नाफाको साहित्य


AAAAAAAAAABBBBBBBBBBB

 

नेपालबाहिरको नेपाली साहित्यलाई मलजल दिएर सुन्दर साहित्य बाटिका बनाउने काम नेपालबाहिका साहित्यकारहरुको हो । यस कार्यमा आप्रवासी साहित्यकारहरु तन मन धनका साथ अगाडि बढी रहेका छन् । आप्रवासको साहित्य भएकोले यसमा आप्रवासका साहित्यकारहरुको महत्व भूमिका रहने गर्दछ । प्रदेशमा आएर आफ्नो भाषा साहित्य र संस्कृतिका लागि आप्रवासी नेपालीहरु कति प्रतिवद्ध छन् भन्ने कुरा आप्रवासमा हुने गरेका साहित्यिक गतिविधिहरुबाट थाहा पाउन सकिन्छ । यसरीनै अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा आजभन्दा चौंध वर्षअगाडि दिनार श्रेष्ठले आफ्नो प्रयासबाट  “नेपाली अमेरिकन मैत्री संघ” (नाफा), को नामबाट साहित्य बिऊँ रोपेका थिए । दुईचारजनाको व्यक्तीगत प्रयासबाट नेपाली साहित्यलाई आप्रवासमा फायदा पु¥याउने उदृेश्यका साथ शुरु भएको नाफा संस्थाले आफ्नो चौंधों वसन्तको उपलक्ष्यमा नियमित वार्षिक कार्यक्रम सम्पन्न गरायो । विगत केही वर्षदेखि नाफाले आफ्नो वार्षिक कार्यक्रमलाई उत्कृष्ट बनाउन आप्रवासमा नेपाली साहित्य कर्म गर्ने साहित्यकारलाई बोलाएर कार्यक्रमलाई आकर्षित बनाउँदै आएको  छ । यसअघि पहिलोपटक अमेरिका, भर्जिनियाबाट गोबिन्द गिरी प्रेरणा र दोस्रोपटक क्यानडा, टोरोन्टोबाट डा. गोबिन्द रावतलाई बोलाइएको थियो । यसरी नाफाले आप्रवासकै साहित्यकारहरुलाई बोलाएर कार्यक्रमको एउटा पहिचान बनाउदै गई रहेको छ । नेपालबाहिर आप्रवासमा साहित्य कर्म गर्न अन्तर्राष्ट्रिय र विश्वको नाममा खोलिएका साहित्यिक संस्थाहरु विस्तारै स्वदेशीकरण हुन थालेका छन् । आप्रवासका साहित्यकर्मीहरुको लागि खोलिएका र्सस्थामा स्वदेशका साहित्यकर्मीहरुले सदस्यता लिनको कुनै औचित्य देखिदैन । त्यसैले अब आआफ्नै शहरमा र आआफ्नै क्षेत्रमा नाफा जस्तै आफ्नै संस्था खोल्दै जानु पर्छ । तबमात्र त्यसप्रति आस्था बढ्दै जान्छ ।  विदेश घुमाउने दिवा स्वप्न देखाएर डलरमा सदस्यता बनाउने प्रवृति पनि हराउँदै जान्छ । तसर्थ आफुलाई घाटामा राखेर नाफा जस्तो संस्था विश्वाभरी नै खोलिनु पर्दछ । तबमात्र आप्रवासी साहित्यको सही पहिचान बनाउन सक्छौं ।

सधैझै यस वर्ष पनि नाफाले गत शनिवार चौधौ नाफा साहित्यिक साँझ २०७५ को आयोजना महाकविलक्ष्मी जयन्तीको अवसर परेर गरिएको थियो । उक्त साहित्यिक साँझमा महाकवि लक्ष्मीप्रसाद देवकोटासँगै नेपाली आख्यान साहित्यका आधुनिक कालमा कालजयी आख्यानकार  बिजय मल्लको सम्झनामा गरिएको हो । कार्यक्रमको शोभा बढाउन नाफाले यसपटक बेलायतबाट यात्रा निबन्ध साहित्यमा नविन शिल्पी प्रयोगकर्ता तथा नेपाली साहित्यलाई विद्युतीय प्रणालीबाट विश्वभरीनै पठनीय बनाउने समकालीन साहित्य विद्युतीय पत्रिकाका संपादक कृष्ण बजगाईलाई  विशिष्ट अतिथिका रुपमा बेलायत, लण्डनबाट निम्त्याइएको थियो भने प्रमुख अतिथिका रुपमा अमेरिकाको बोस्टनबाट गजलकार तथा युवाकवि गोबर्धन पूजालाई बोलाइएको थियो । यी दुई आप्रवासी साहित्यकर्मीहरुको प्रमुख्यतामा नाफाले विभिन्न साहित्यिक गतिविधिका साथ आफ्नो वार्षिक उत्सव मनाएको थियो । कार्यक्रममा नाफाका संस्थापक साहित्यकार दिनार श्रेष्ठलाई सगरमाथा प्रज्ञा पुरस्कार, २०७५ बाट सममान गरिएको थियो भने पर्वत रेग्मीलाई नाफा विशिष्ट युवा स्वमसेवक पुरस्कार २०७५ प्रदान गरिएको थियो ।

अविष्कार भारती र आहर्तद्वारा संचालित कार्यक्रमलाई तीन चरणमा बाडिएको थियो । प्रारम्भमा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा प्रतियोगी तथा अप्रतियोगी गरी ३५ वटा कविता वाचन गरिएको  थियो । विजय मल्ल कविता प्रतियोगितामा एकबहादुर क्षत्री, मित्र पौडेल, अर्चना धाख्वा, बिन्दु तिमील्सिना, अर्जुनध्वज खड्का, नारायणदास मल्ल, अप्सरा गिरी भारती, कल्पना रिजाल, अविमन पसछें, प्रदीप केसी, रोशा पोखरेल, सुष्मा श्रेष्ठ, लेखनाथ काफ्ले, गङ्गा मल्ल श्रेष्ठ, विश्वजीत अधिकारीका आदि  कविताहरुले कविता वाचन गरेका थिए । जसमा गङ्गा मल्ल श्रेष्ठ प्रथम, अप्सरा गिरी भारती द्वितीय र विश्वजीत तृतीय भइ नगद १५० , १०० र ७५ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा उपन्यासकार सन्तोष लामिछानेको नवीनतम उपन्यासकार ‘अल्टिमेट आकासक’को लोकार्पण गरिएको थियो ।  बेलायतबाट आउनु भएका कृष्ण बजगाईंले कृतिको समालोचनात्मक टिप्पणी गर्दै आप्रवासी नेपाली (डायास्पोरिक) उपन्यासको क्षेत्रमा अल्टिमेट आकाशले महत्वपूर्ण स्थान बनाउन सफल होस् भन्ने शुभकामना पनि व्यक्त गर्दै उपन्यास भित्रका पात्रहरू नेपाली युवा विधार्थी रहेकाले उपन्यास पठनीय, रोचक र सन्देश मूलक भएको टिप्पणी गर्नु भएको थियो । यसैगरी उपन्यासकार लामिछानेका पिता डा। भरत लामिछानेले कृतिमाथि  टिप्पणी गर्दै उपन्यासको बिषयबस्तुगत सबलता र भाषागत दुर्बलता माथि आफ्नो राय व्यक्त प्रकट गर्नु भएको थियो । आफ्नो उपन्यासका बारेमा बोल्दै सन्तोषले आमा धर्ती र बाबु आकाश भन्ने हाम्रो मान्यता अनुरुप आफूले अल्टिमेट आकाशका रुपमा आफ्नै बाबुलाई हेरेको  बताएका थिए  ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि बरिष्ट लोक गायक प्रेमराजा महतले उपस्थित साहित्यकार, कला प्रेमी नेपाली समूदाय देखेर आफूले परदेशमा सानो नेपाल भेटेको बताए । नाफा साँझको आयोजना गरेर आयोजकहरूले परदेशमा नेपाली सस्कृतिको बिकासमा टेवा पुर्याउने काम गरेकोमा खुशी हुदै आफ्ना चर्चित गीत गएर सहभागीलाई नचाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गोवर्धन पूजाले महाकवि देवकोटा र कथाकार विजय मल्लको साहित्यिक योगदानमाथि चर्चा गर्दै प्रतिभा, ब्युत्पति र अभ्यासले सिर्जनात्मक लेखनमा महत्वपूर्ण भूमिका खेल्ने हुदाँ सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो रहने बताए । उनले विमोचित उपन्यासका उपन्यासकार सन्तोष लामिछानेलाई बधाई दिदै आप्रवासको व्यस्त जीवन शैलीमा केही समय उबारेर विदेशी भूमिमा पनि उपन्यास जस्तो बृहत आयतनको बिधामा कलम चलाउने लामिछानेको सबैले मुक्त कण्ठले प्रसंशा गर्नु पर्ने भन्नु भयो ।

कार्यक्रममा साहित्यकार दिनार श्रेष्ठले नाफाको कार्यक्रमले सबैलाई फायदानै गरेको बताउदै आगामी दिनमा पनि यसले नेपाली भाषा साहित्य र सामाजिक कृयाकलापलाई नयाँ रुपले प्रस्तुत गर्दै लैजाने योजना रहेको बारे जानकारी गराउनु भएको थियो । त्यस्तै, बिजय मल्ल साहित्य पुरस्कारका सस्थापकका तर्फबाट बिजय मल्लकी छोरी बन्दना मल्ल तथा नाफा बाल साहित्य पुरस्कारका तर्फबाट सस्थापक धन मल्लले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नाफाका अध्यक्ष साहित्यकार सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न  कार्यक्रम संचालन कवि आविष्कार भारती  र अहर्तले गर्नु भएको थियो ।  कार्यक्रममा राजेन्द्र अर्याल, बैंकटेशदास शर्मा, पूर्ण श्रेष्ठ, युवराज तिमल्सिनालगायतले पनि आआफ्नो कविता वाचन गर्नु भएको थियो । (गोसिरा)

(तस्वीर सौजन्य बिपासन तुलाधर) CCCCCCCCCCCCCCCC

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com