नर्थ क्यरोलाइनामा महाकवि देवकोटा जयन्ती सम्पन्न


नर्थ क्यरोलाइना माेरिस्भिल अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  नर्थक्याराेलाइना च्याप्टर र  स्थानिय नेपाली संस्था नेपाल सेन्टर अफ नर्थक्याराेलाइनाकाे संयुक्त आयोजनामा साहित्यिक रचना वाचन,  महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमाथि प्रवचन  र देवकोटाका गीत गाएर  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्म जयन्ती भब्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  नर्थक्याराेलाइना च्यापटरका अध्यक्ष शिखर दुलालको अध्यक्षता र  च्यापटरकी वरिष्ठ  उपाध्यक्ष नम्रता गुरागाईको उद्घोषणमा संचालन गरिएको कार्यक्रममा सहआयाेजक सस्था नेपाल सेन्टर अफ नर्थक्याराेलाइनाका अध्यक्ष डा वटु शर्माले सबैलाई स्वागत गर्नु भएकाे थियाे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  नर्थक्याराेलाइना च्याप्टरका सल्लाहकार ईश्वर देवकाेटाले महाकवि देवकोटाको व्यक्तित्वबारे प्रकाश पार्दै महाकवि देवकाेटा नेपाली साहित्यका  विशाल समुद्रै  समान रहेको र उनको योगदानको बयान जति  गरेपनि छाेटाे  र अपूर्ण हुने भन्दै देवकाेटाजस्ता महान व्यक्तिको सम्झना गर्दै यसरी प्रवासमा जयन्ती मनाउनु भनेकै नेपाली साहित्यलाई सम्मान हाे भन्नुभयो ।

कार्यक्रममा भरत विष्ट , रमेसप्रसाद गाैतम, नन्दलाल सुवेदी , दिजा पाण्डे, दिव्या पाण्डे , वासु भट्टराइ,  सबिता विष्ट, गीता बस्नेत, विक्रम गाैतम, शिशिर खनाल, ऋषि वस्ताकाेटी, सुजाता ढुङ्गेल, नम्रता गुरागाई  र शिखर दुलालले आ-आफ्ना आफ्ना कविता र गजल पाठ गर्नुभएकाे थियाे  ।

कार्यक्रममा प्रस्तुत रचनाहरूमाथि समिक्षात्मक टिप्पणी प्रस्तुत गर्दै  साहित्यकार  डा  हरिहर भट्टराईले कविताहरु लेखनको परिपक्वताको हिसावले र भाव र कलाको आधारमा विविध खालका भए पनि समग्रमा उत्कृष्ट रहेको बताउनुभयो ।  उहाँले लक्ष्मीप्रसाद 2b 3 46897187_1808239702634826_8625426088610234368_nदेवकाेटा वास्तवमै इश्वरीय बरदान पाएका साहित्यकार भएको र उनका  हरेक रचना संधैकालागी उत्कृष्टै रहने कुरामा दुईमत नहुने बताउनुभयो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com