बोस्टनको काव्यात्मक उत्सवमा सिर्जनाको निरन्तरता


AAAAAAAAAAA BBBBBBBBBBBB
बिगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ ्र नेपालबाहिरको नेपाली साहित्यलाई मलजल दिएर सुन्दर साहित्य बाटिका बनाउने काम नेपालबाहिका साहित्यकारहरुको हो । यस कार्यमा आप्रवासी साहित्यकारहरु तन मन धनका साथ अगाडि बढी रहेका छन् । आप्रवासको साहित्य भएकोले यसमा आप्रवासका साहित्यकारहरुको महत्व भूमिका रहने गर्दछ । प्रदेशमा आएर आफ्नो भाषा साहित्य र संस्कृतिका लागि आप्रवासी नेपालीहरु कति प्रतिवद्ध छन् भन्ने कुरा आप्रवासमा हुने गरेका साहित्यिक गतिविधिहरुबाट थाहा पाउन सकिन्छ ।
यसैको पछिल्लो उदाहरण हो बोस्टनको सिर्जना उत्सव । चार वर्षअघिदेखि बोस्टन वरीपरीका साहित्यकर्मीहरुलाई प्रयासबाट बालैपालौ आफ्नो निवासमा मेजमानी गरेर मनाउने सिर्जना उत्सव वास्तवमा साहित्यकर्मीहरुका लागि उत्सवकै रुपमा आउने गर्दछ । आजको मितिमा फेसबुकमा आफ्नो सिर्जना राखेर उत्सव मनाउनेहरुको संख्या दिनानुदिन बढ्दै गई रहेको छ । तर सा५ात्कार भएर काव्य वाचन गरेर सिर्जना उत्सव मनाउनुको मजा वेग्लै हुन्छ ।
दुईचारजनाको व्यक्तीगत प्रयासबाट नेपाली साहित्यलाई आप्रवासमा फायदा पु¥याउने उदृेश्यका साथ शुरु भएको सिर्जना उत्सवले आफ्नो चौथो उत्सव नियमित मासिक कार्यक्रम सम्पन्न गरायो । साहित्यकार महेश्वर पन्तको संयोजन तथा शारदा पन्तको प्रायोजनमा आयोजित रात्रीभोज सहितको उक्त उत्सवमा बिभिन्न साहित्यकार तथा संगीतकारद्वारा कविता, गीत ( गज़ल र सांगीतिक कोशेली प्रस्तुत गरिएको थियो ्र
कार्यक्रमको प्रथम चरणमा बोस्टनका प्रशिद्ध तवला वादक प्रेमसागर खतिवडा तथा हरिमाया अधिकारीद्वारा सांगीतिक गीत गज़ल प्रस्तुत गरिएको थियो भने दोश्रो चरणमा डेढ दर्जन कविहरूले सिर्जना बाचन गरेका थिए ्र

नेपालबाहिर आप्रवासमा साहित्य कर्म गर्न अन्तर्राष्ट्रिय र विश्वको नाममा खोलिएका साहित्यिक संस्थाहरु विस्तारै स्वदेशीकरण हुन थालेका छन् । आप्रवासका साहित्यकर्मीहरुको लागि खोलिएका संस्थामा स्वदेशका साहित्यकर्मीहरुले सदस्यता लिनको कुनै औचित्य देखिदैन । त्यसैले अब आआफ्नै शहरमा र आआफ्नै क्षेत्रमा सिर्जना उत्सवका माध्यमबाट आफ्नै स्थानीय साहित्य संस्था खोल्दै जानु पर्छ । तबमात्र साहित्य र सिर्जनाप्रति आस्था बढ्दै जान्छ । विदेश घुमाउने दिवा स्वप्न देखाएर डलरमा सदस्यता बनाउने प्रवृति पनि हराउँदै जान्छ । तसर्थ सिर्जना उत्सवले जस्तै आप्रवासका प्रत्येक शहरमा यसरीनै घरदैलो र कोठे काव्य संगमको आयोजना गरेर नेपाली साहित्य सिर्जनामा निरन्तरता दिदै आनु पर्छ । तबमात्र आप्रवासी साहित्यको सही पहिचान बनाउन सक्छौं ।

दीपा राई पुनबाट सुरु भएको कविता वाचनमा ममता कर्माचार्य, अनु शाह, गोवर्धन पूजा, महेश्वर पन्त, नारायण श्रेष्ठ, लव अधिकारी ,चिरन्जीवि आचार्य, जयराम रेग्मी , थानीरत्न कंडेल, अग्नि पराजुली, प्रकाश खड्कालगायतले सहभागिता जनाएका थिए ्र सिर्जना उत्सवलाई निरन्तरता दिदै अन्य शहरमा पनि थालनी गर्न कार्यक्रमका सभापति अग्नि पराजुलीले आगामी कार्यक्रम न्युह्याम्पश्यारमा गर्ने प्रतिबद्दता जनाउदै कार्यक्रमको प्रायोजन उमा पराजुलीले गर्ने घोषणा गर्नु भएको थियो । यसरी काव्यात्मक मिठास बाडेर चौथो सिर्जना उत्सव सम्पन्न भएको थियो । (गोसिरा)

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com