टोरन्टोमा नेवाः गुथीको योमरी पुन्ही ः नेपाली संस्कृतिको एउटा बेग्लै स्वाद


Yomari 5 Yomari2 Yomari1
२००५ मा स्थापना भएको क्यानेडियन नेवाः गुथिले स्थापना कालदेखि नै नेवारी परम्परा अनुसारका चाँड पर्वहरु मनाउँदै आई हरेको छ । गुथिले विगत पाँच वर्षदेखि योमरी पुन्ही पर्वलाई पनि सांस्कृतिक उत्साहका साथ मनाउँदै आएको छ । क्यानेडियन नेवाः गुथिले ू योमरी पुन्हीू  यस बर्ष पनि बिबिध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रमको शुरुमा गुथिका महासचिब बिमल मान श्रेष्ठले  स्वागत मन्तब्य ब्यक्त गर्नु हुन्दै गुथिका क्रियाकलाप बारे प्रकाश पार्दै नेवारी भाषा संस्कृतिको अध्ययन अनुसन्धान कार्यलाई क्यानडामा पनि निरन्तरता दिन टोरोन्टो विश्वविद्यालय र गुथिका बीच अन्तक्र्रिया भएको जानकारी गराउनु भएको थियो । जस अन्तर्गत नेवारी भाषासंस्कृतिमा गैर नेपाली र नेवारी भाषी विद्वानहरुको  अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना,   नेपाल भाषा सम्बन्धि विद्युतीय सामाग्री तयारी, ूकात्तिक नृत्यका बारेका पुस्तकको अंग्रेजीमा  अनुबाद, नेवाः नॄत्य तथा धिमे प्रशिक्षण लगायतका कार्यक्रम गर्ने बारे छलफल भएको बताउनु भयो । वहाँले आगामि अप्रिल ७(२२ सम्म टोरोन्टो विश्वविद्यालयमा सर्वसाधारण ईच्छुक सबैका लागि नेपाल भाषाको सघन  प्रशिक्षण कार्यक्रम हुने  बारे पनि जानकारी दिनु भयो ।
गुथिले प्रारम्भदेखि नै परदेशमा आफ्नो भाषा संस्कृतिलाई जोगाई राख्न युवा वर्गहरुलाई  नेवाः संस्कृति सम्बन्धि ज्ञान दिदै आएको छ । आफ्नो परम्परागत संस्कृतिलाई युवा वर्गमा हस्तान्तरण गर्ने लक्ष अनुरुप यस कार्यक्रममा गुथीका युवा सदस्यद्वय आयुस्ना श्रेष्ठ र अविष श्रेष्ठले ू योमरी पुन्हीू को सांस्कृतिक, पौष्टिक तथा भौगोलिक महत्वबारे पावर प्वाईन्ट प्रस्तुतिका माध्यमबाट जानकारी गराएउँदै हिउँद महिनामा धान काटी सकेपछी  चाकु, तील तथा चामलको पिठोको योमर्हि खाएर शक्ति पुनर्प्राप्ति गरिने जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा योमरी पुन्हीमा बनाइने विभिन्न आकार प्रकारका पीठोका प्रतीकहरुका बारेमा गुथिका जेस्ठ सद्श्य अस्टकुमारी ताम्राकारले  मायो, बायो, सींचा, ब्यांन्चा, कुलीं, मूसा, बोका, द्योमरी ईत्यादिको महत्व बारे जानकारी गराउनु भयो  । वहाँले कुपूजिका बारेमा जानकारी गराउदै तिहारमा गरिने लक्ष्मीपूजा परम्परानुसार ठूलो थालीमा पकाइएका मासु, भुटनसहीत सबै व्यञ्जनहरु राखेर चढाइन्छ । यही पीठो र चाकुबाट गणेश, कुमार आदि देवताका प्रतीक बनाउने महत्वका बारेमा पनि जानकारी गराउनु भएको थियो । योमरीको महत्वमाथि प्रकाश पार्दै गुथीका उपाध्यक्ष उत्तम मकाजुले यहाँ मनाउने हलोविनको बेला ट्रिक कि ट्रिट जस्तै नेपालमा केटाकेटीहरु घरघरमा गएर  योमरी माग्ने चलन रहेको र योमरीलाई शुभ साईतको प्रतीक मानिने भएकोले नेवारी समुदायमा बेबी सावरमा योमरी बनाएर दिने, नयाँ घर बनाउँदा र जन्मदिनको शुभकामना दिदा योमरी दिने चलन रहेको भन्नु भयो । अझ उमेर पुगेका जेष्ठ नागरिकको जङ्कु गर्दा योमरीलाई अनिवार्य मानिन्छ । अर्थात योमरीको माला लगाई दिने चलन रहेको जानकारी दिनु भयो ।
कार्यक्रमको मध्यान्तमा नेवारी संस्कृति जोगाई राख्न बनाइएको सामुहिक गीत प्रस्तुत गरिएको थियो । गुथिका उत्तम माकजू, बिमल श्रेष्ठ, नरेश ताम्राकार, रिकेश श्रेष्ठ, श्रीजा श्रेष्ठले धिमे बाजा प्रस्तुत गरेका थिए  । त्यसपछि ू योमरी पुन्हीूको बेलामा गाईने  ूत्योछिं त्यो बकछि त्योूगीत पनि गुथिका सदश्यहरुले सामुहिक रुपमा प्रस्तुत गरेका थिए । नेवारी संस्कृतिको निरन्तरताका लागि योमरी पुन्ही कार्यक्रममा नेपाली समुदायका सबै वर्गका मानिसहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अझ मनोरञ्जन प्रदान गर्न  उपस्थित स्थानीय प्रतीभाहरुको आकर्षक प्रस्तुति रहेको थियो ।  डा। उद्दब श्रेष्ठ, डा।हरि गुरुङ, अबिन कुमार श्रेष्ठ, अमृत श्रेष्ठ, रिकेश श्रेष्ठ लगायतले नेपाल तथा नेपाली भाषाका गीतहरु प्रस्तुत गर्नु गर्नु भएको थियो । केही साताअघि मात्र नेपालबाट क्यानडामा स्थानतरण गर्नु भएका कायस्थ परिवारले पहिलोपटक नेपालबाहिर नेवारी संस्कृतिको अनुभव गर्नु पाएको तथा क्रिश्टिना कायस्थको जन्मदिन पनि योमरी पुन्हीका दिन परेकोले क्रिश्टिनाले गुथीलाई हाम्रो संस्कृति जोगाई राख्न खेलेको भूमिकाको लागि धन्यवाल दिदै संस्कृतिले हाम्रो पहिचान बनाइ राख्ने भएकोले सबै मिलेर
संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्दै निवेदन गर्नु भएको थियो ।
कार्यक्रममा  गुथिका उपाध्यक्ष उत्तम माकजूले  कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै आगामी जनवरीदेखि हप्तामा एकपटक  गुथिले टोरोन्टो विश्वविद्यालयमा  नेवा बौद्ध धर्ममा पीएच।डी। का बिद्यार्थीहरुलाई  विश्वविद्यालयको प्रांगणमा  नेपाल भाषा प्रसिक्षण संचालन गरिने जानकारी दिनु भयो  । कार्यक्रमको अन्त्यमा   अतिथिहरुलाई योमर्हि सहितको रात्रीभोजको ब्यबस्था गरिएको थियो  भने रात्री भोज पस्चात सामुहिक नाच गान गरि रमाइलो गरिएको थियो ।
Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com