नेपाली साहित्यको विकासमा नेपालबाहिरका साहित्यकारहरु सदैव अग्रपंक्तीमा रहदै आएको कुरालाई नकार्न सकिदैन । प्रारम्भमा भारतीय भूखण्डमा प्रवासी भनेर चिनिएको र अहिले ब्रह्माण्डभरीनै फैलिदै गएको आप्रवासी नेपाली साहित्यले नेपाली साहित्यको एउटा पक्षको प्रतिनिधित्व प्रारम्भदेखिनै गर्दै आएको छ र गरीनै रहने छ भन्दा अत्युशक्ती नहोला । त्यसको पछिल्लो उदाहरण बनेको छ अमेरिकाको बोस्टनमा सम्पन्न सिर्जना उत्सव । कोठे कविता गोष्ठी अर्थात घरदैलो काव्य गोष्ठी वा भनौं सिर्जना उत्सव विगत बिगत चार वर्षदेखि मासिक रुपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला केहीमहिनाअघि सम्पन्न भएको समाचार सम्प्रेषण गरेको थिए । नेपालबाहिरको नेपाली साहित्यलाई मलजल दिएर सुन्दर साहित्य बाटिका बनाउने काम नेपालबाहिका साहित्यकारहरुको हो । यस कार्यमा आप्रवासी साहित्यकारहरु तन मन धनका साथ अगाडि बढी रहेका छन् । आप्रवासको साहित्य भएकोले यसमा आप्रवासका साहित्यकारहरुको महत्व भूमिका रहने गर्दछ । अमेरिकाको भर्जिनियामा डिसेम्बर २०१० देखि शुरु गरिएको कोठे काव्य गोष्ठी प्रत्येक दुई महिनाको अन्तरालमा आजको मितिसम्म नियमित चल्दै आएको छ । यसमा साहित्यप्रति इमान्दारीता देखाउनेहरुको सहभागिताले बढी मूल्य राख्द छ । साहित्यमा आस्था भए र सिर्जनाप्रति महत्व भए सर्जकले महिना दुनै गाहे काम नहोला । तर त्यसमा स्वार्थ भन्दा बढी लगन र आस्था हुनु अनिवार्य हुन्छ । ।साहित्यिक सिर्जनाको यो प्रक्रिया प्रेरणादेयी छ । यसको सिको गरेर अन्यत्र पनि परम्पराले नियमितता पाउँदै गए नेपालबाहिरको नेपाली साहित्यले बेग्लै पहिचान पाउने विश्वास लिन सकिन्छ ।
भनिन्छ युवाकवि मोतीराम भट्टले काव्य गोष्ठीको थालनी गराएर मोती मण्डलीको नामबाट संस्था नै बनेको थियो । कविता वाचनले निरन्तरता पाउनका लागि शुरु गरिएको कवि गोष्ठी परम्पराको थालनी राजामहाराजाको पालादेखि नै चल्दैआएको छ । कालीदासबाट लिएर सुवानन्द वाणासम्मको इतिहासलाई पल्टाएर हे¥यौं भने यी महाकविहरुका कवितावाणीबाट प्रभावित राजदरवारमा सम्मानित कविका रुपमा परिचित थिए भने लोकमा विशिष्ट स्थान पाएका थिए । प्रत्येक साहित्यिक जमघटमा कवि गोष्ठीको अनिवार्यताले पनि कविताको मूल्य सर्वोत्तम रहेको प्रमाणित गर्दछ । साहित्यका अन्य विधाहरु कथा, उपन्यास, निबन्ध वा नाटकको दाँजोमा सशक्त विधा मानिएको कविताको प्रत्येक अक्षरले वाक्यले बोकेको अर्थ दिने गरेको हुन्छ । अतिखेर मलाई साहित्य लेखनप्रति रुचि जाग्रित पार्न अहम भुमिका खेलेको भारत, शिलाङ्गको मैले पढेको विद्यालयमा तुलसीदास र भानुभक्तको जन्म दिवस्मा हुने कवि गोष्ठी, मित्र मण्डलीले आयोजना गर्ने कवि गोष्ठी, माई पुजामा कविता सुन्ने सुनाउने परम्परा, त्रिविवि, कान्तीपुर छात्रावासको साहित्यिक समितिबाट आयोजना गरिने कवि गोष्ठी, साहित्यिक पत्रकार संघ र सिसासका गोष्ठीहरुको सम्झना आईरहेको छ । मलाई साहित्यप्रति डो¥याउने र लेखनलाई शसक्त बनाउन यी गोष्ठीहरुको महत्वपुर्ण भूमीका रहेको छ । यसरी नै काठमाडौंमा चलेको पलेटी गोष्ठी र एकल कविता वाचनले पनि कवि गोष्ठी परम्परँको विस्तार गराउनमा ठोस भूमीका खेलेको छ । यस्तै कोठे कविता गोष्ठीको थालनी क्यानाडा आगमनपछि २००४ ई को वसन्त पञ्चमीका दिन यहाँ पनि शुरु गरेका थियौं ।
सिर्जना उत्सवले मासिक काव्य उत्सवसँगै साहित्यिक व्यक्तित्वसँग “सर्जकसँग एक साझ” कार्यक्रमका माध्यमबाट सर्जक परिचय कार्यक्रमलाई पनि निरन्तरता दिदै आएको छ । आमन्त्रित सर्जका सिर्जना सुनेर साहित्यसँग रमाउने साँझमा यसपटक सिर्जना उत्सवले नेपाली पत्रकारितामा वरिष्ठ व्यक्तित्वका रुपमा परिचित प्रतिष्ठित साहित्यकार हरि अधिकारीलाई निम्त्याईएको थियो ।
सिर्जना उत्सव, बोस्टनले आयोजना गरेको ूसर्जकसंग एकसाँझू कार्यक्रममा साहित्यकार हरि अधिकारीले एक दर्जन कविता वाचन गरेका थिए ्र नेपाली पत्रकारिता र साहित्यमा चर्चित व्यक्तित्व अधिकारीले अमेरिकाको बोस्टन साहित्यिक रुपले अत्यन्तै उर्वर रहेको बताउदै सिर्जनाको निरन्तरताले सर्जकलाई सिर्जनात्मक रुपले परिस्कार गर्न मद्दत पुग्ने बताए ्र कार्यक्रममा सिर्जना उत्सव परिवारका सबै साहित्यिक सदस्यको सिर्जना शक्ति उच्च रहेको मूल्यांकन गर्दै आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको कामना गर्नु भयो ्र
नमस्ते नेपाली रेस्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा हरि अधिकारीका साथमा सुशील नेपाल , गोवर्धन पूजा , दीपा राई पुन , अनु शाह, महेश्वर पन्त, कृष्णराज खनाल, हरि काफ्ले, गौरव थपलिया, थानीरत्न कंडेल, लव अधिकारी, सुमन नेपाललगायतले आआफ्ना सिर्जना वाचनसँगै मन्तव्य व्यक्त गर्नु भएको थियो ्र
छ वर्षअघि अमेरिकाको बोस्टनमा सुरु भएको सिर्जना उत्सवले प्रत्येक महिनाको अन्तिम आइतवार सिर्जना उत्सव गर्दै आएको छ भने बाहिरबाट आएका साहित्यकारको सम्मानमा रात्रिभोजको आयोजना गरि ूसर्जकसंग एकसाँझू कार्यक्रमको गर्दै आएको छ ्र
आप्रवासमा नेपाली साहित्यको विकास विस्तार र उत्थानमा ठूला ठूला संस्थामा पद ओगटेर बक्तव्यमात्र जारी गर्नु भन्दा यस्ता कोठे उत्सवको आयोजना गर्ने गराउने संस्थाहरुको भूमिका महत्वपूर्ण रहने गर्दछ ।