क्यानडामा आमाबुवालाई बोलाउने सुवर्ण अवसर – जनवरी २८


download

क्यानडाका आप्रवास, नागरिक, शरणार्थी व्यवस्थापन मन्त्री माननीय  अहमेद हुँसैनले क्यानडाका नागरिक तथा स्थाई वासिन्दाहरुलाई आफ्ना बुवामुवा वा हजुरबुवाहजुरमुवा ( पिजिपी कार्यक्रमलाई अझ सरल बनाएको घोषणा गरेका छन् । यस कार्यक्रम अन्तर्गत आफ्ना बुवामुवा वा हजुरबुवाहजुरमुवालाई क्यानडामा स्थाई रुपमा बोलाएर राख्न चाहनेहरुले यही जनवरी २८को मध्यरातदेखि अनलाईन निवेदन गर्न सकिने व्यवस्था खुल्ने जानकारी गराउनु भएको छ । सरकारले आफ्ना नागरिकहरुलाई सर्वसुलभ तरिकाबाट प्रियजन बुवामुवा वा हजुरबुवाहजुरमुवालाई बोलाउन र चाडो प्रक्रियाबाट स्थाई वासिन्दा (पि.आर.) को अधिकार प्रदान गर्न यो विद्युतीय प्रक्रिया शुरु गरेको छ । २०१९ को यो पिजिपी कार्यक्रमबाट सरकारले स्वस्च्छ प्रतिष्प्रधा हुने विश्वास लिएको छ ।

प्रारम्भमा ईच्छुक निवेदकले अन लाईन निवेदन भर्नु पर्ने हुन्छ र त्यसपछि प्राप्त निवेदनबाट २० हजार निवेदकलाई अन्य आवश्यक फारमहरु भर्न तथा अन्य प्रक्रिया पुरा गर्न गराउन पत्राचार गरिने छ । प्राप्त निवेदनबाट स्पोन्सर गर्ने व्यक्तीका बारेमा खोज र सोधपुछ गरेर कुनै प्रकारको नक्कली प्रक्रियाका बारेमा अनुसन्धान गरिने छ । निवेदनपछि स्पोन्सरको आय स्रोत र वार्षिक आयका बारेमा बुझबुजारथ गरेर सबै प्रक्रिया सही भएपछि पिजिपी कार्यक्रम अन्तर्गत स्पोन्सर कारवाही शुरु हुन्छ ।

सरकारले वार्षिक २० हजार बुवामुवा वा हजुरबुवाहजुरमुवालाई स्पोन्सर गरेर आफुसँगै राख्न मिल्ने व्यवस्था बनाएको छ । यो संख्या २०१५ भन्दा तीन गुण बढी छ भने पहिला निवेदन दिएको ७–८ वर्ष कुर्नु पथ्र्यो भने यस प्रक्रिया अन्तर्गत २ वर्षमा आफन्तजनसँग भेट्न सकिन्छ । सरकारले क्यानडाका बासिन्दा र नागरिकहरुलाई उनहिरुको बुवामुवा वा हजुरबुवाहजुरमुवालाई आफैसँग राख्न सक्ने र आफु सरहको सेवा सुविधा दिलाउन सक्ने व्यवस्थाका लागि यो कार्यक्रम शुरु गरेको हो । यस कार्यक्रमबाट आफन्तजनलाई सजिलै बोलाउन सकिने विश्वास सरकारले लिएको छ । यसका लागि क्यानडा सरकारको आधिकारिक वेभ साईट www.canada.ca ब मा गएर फारम भरेर पठाउन सकिन्छ ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com