कन्सर्न नेपालको नेपाल – क्यानडा दिवस



१८ जनवरी १९६५ मा नेपाल र क्यानडाबीच द्वैत्व सम्बन्ध स्थापना भएको थियो । यो दिनलाई दुई देशबीचको सम्बन्ध वा मित्रता दिन अर्थात मित्रता दिवसका रुपमा मनाईन्छ । यसलाई आजसम्म कहिले कस्ले कता मनाएको भन्ने बारे तथ्य जानकारी छैन । तर २००३मा नेपाल क्यानेडियन कम्युनिटी सर्भिसेस (एन.सि.सि.एस.) नामक संस्थाले टोरोन्टोमा नेपाल र क्यानडाबीच द्वत्व सम्बन्ध स्थापना भएको मित्रता दिवसका रुपमा मनाउदै आएको थियो । सांस्कृतिक कार्यक्रमसहीत उल्लासका साथ यो दिवस मनाइएको सम्झना छ । २००५ सम्म दिवस मनाइएको सम्झना छ । त्यसपछि मनाइएको देखिदैन । त्यस बेला क्यानडाका लागि महावाणिज्यदूतसहति क्यानडाका विदायक, विभान सभा सदस्य, नगरसभा सदस्य तथा नेपाल बारे जानकारी भएका राजनीतित्र र प्राध्यापकहरुलाई निम्त्याएर सम्बन्धका बारेमा चर्चा हुने ग¥थ्यो । त्यसपछि २०१२ मा स्थापना भएको कन्सर्न नेपालले यसअघि साधारण रुपमा मनाउन थालेको थियो । यो एउटा महत्वपूर्ण दिनलाई क्यानडा सरकारसमक्ष नेपाल र नेपालीलाई चिन्हाउने माध्यम बनाउन सकिन्छ ।

BBBBBBBBBBBBBBBBB CCCCCCCCCCCCCCCCC DDDDDDDDDDDDDDDDDD EEEEEEEEEEEEE
यसलाई निरन्तरता दिदै कन्सर्न नेपालले गत साता जनवरी १३ का दिन नेपाल क्यानडा दौत्य सम्बन्ध कायम भएको ५४ बर्षको पुनित अवसरमा नेपाल क्यानडा सम्बन्ध विकासमा क्यानडा निवासी नेपालीहरुको भूमिका बिषयक एक बिचार गोष्ठिको आयोजना गरेको थियो । क्यानडाका लागि नेपाली राजदूत महामहिम कालिप्रसाद पोखरेलको विशेष उपस्थिति रहेको थियो । राजदूत पोखरेलले आफ्नो कार्यकालमा नेपाल तथा क्यानडाको सम्बन्ध बिस्तारमा गरेका योगदानको बारेमा जानकारी गराउनु भएको थियो । आफ्नो कार्यकाल पुरा गरी फर्कने क्रममा रहेका राजदूत पोखरेलले आफू नेपाल सरकारको प्रतिनिधि भएर क्यानडामा बसेर काम गर्दा क्यानडावासी नेपाली समुदाय लगायत सम्पूर्ण संघ संथाहरुबाट पाएको सहयोगप्रति खुसि ब्यक्त गर्दै सबैलाई धन्यवाद सहित आभार ब्यक्त गर्नु भएको थियो । आफ्नो वक्तब्यमा राजदूत पोखरेलले जुन २०१८ मा नियाग्रा फल्समा उत्तरअमेरिकाका कविहरुको उपस्थितिमा सम्पन्न ऐतिहासिक सीमा वारीपारी काव्य गोष्ठीमा आफ्नो उपस्थितिका बारेमा पनि चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा आमन्त्रित ब्राम्पटन सिटी मेयर प्याट्रिक ब्राउनले क्यानडामा रहेका नेपाली तथा नेपाली समूदायको बृहत्तर बिकाशको लागि हरपल सहयोग गर्ने जानकारी दिदै आफु आफ्ना बुवाको नेपालमा टे«किङ्ग गर्ने ईच्छा पुरा गर्न नेपाल भ्रमण गरेको र निकट भविष्यमा फेरी आफू गोर्खाली, गौतम बुद्ध र माउण्ट एभरेष्टको नामले बिश्वमा चिनिने नेपाल जाने आकांक्षा रहेको समेत जनाएका छन् । उनले नजिकिदै गएको नेपाली नयाँ बर्ष मनाउनका लागि आबस्यक परेमा नेपाली समूदायलाई सिटिहल उपलब्ध गराउने समेत उल्लेख गरेका छन् ।

कर्यक्रममा ब्राम्पटन सेन्टरका लिबरल पार्टिबाट प्रतिनिधि सभाका सांसद रमेश साँगाले आफ्नो अनुपस्थितिमा आफ्ना प्रतिनिधि जयनारायणमार्फत क्यानडामा रहेका नेपाली तथा नेपाली समूदायका लागि क्यानडा सरकार तथा आफ्नो तर्फबाट सहयोग गर्ने जानकारी गराउनु भयो । कार्यक्रममा क्यानेडिएन मल्टिकल्चरल काउन्सीलका निबर्तमान अध्यक्ष जेई चांग र महासचिव जोसेफ सिओरले नेपाल तथा क्यानडाको सम्बन्धको अवसरमा बधाई दिदै एशिया मल्टिकल्चरल काउन्सिलमा नेपालको सहभागिताले बहुसंस्कृति उत्साह बढेको र यसको निरन्तरताका लागि नेपाली समुदायलाई काउन्सिलको कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले नेपाल तथा क्यानडाको दोहोरो सम्बन्ध अझ गाढा बनाएर लानको लागि ब्यापारीक गतिबिधिको सम्बन्ध बलियो हुनु पर्ने अपरिहार्य रहेकोले त्यसमा एनआरएनए क्यानडा लागि परेको समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा विशाल टोरोन्टोमा रहेका बिभिन्न नेपाली संघ संथाका प्रतिनिधिहरु लगायत सामुदायिक ब्यक्तित्वहरुले नेपाल क्यानडा सम्बन्ध बिकाशमा प्रवासी नेपालीहरुको भूमिका कस्तो हुन पर्छ भन्ने बिषयमा आआफ्ना धारणा राख्नु भएको थियो ।
दुवै देशको राष्ट्रिय धुन बजाएर शुरु भएको नेपाल र क्यानडाबीच द्वत्व सम्बन्धलाई दिवसका रुपमा एक दिने विचार गोष्ठीमा उल्लेखनीय उपस्थिति रहेका थियो । गोविन्द सिवाबोटीबाट संचालित कार्यक्रममा मेयर लगायत अनेपाली आमन्त्रित बक्ताहरुलाई महामहिम राजदूतबाट कन्सर्न नेपालको क्याप (टोपी) लगाई दिएर सम्मान गरिएको थियो । डा. तुलसी धरेलबाट प्रस्तुत नेपाल र क्यानडाबीच द्वैत्व सम्बन्ध स्थापना भएपछि भए गरिएका सम्बन्ध सहयोग र दुई देशको आर्थिक तथा सामाजिक स्थिति र परिस्थितिलाई तथ्यपूर्ण आँकडामा देखाइएको थियो । कार्यक्रममा धेरैनै वक्ताहरुलाई नेपाल र नेपालीको भूमिकाका बारेमा बोल्न निम्त्याइए पनि समय अभावले सबैले संक्षिप्त जानकारी दिए । चन्द्र राईको स्वागत मन्तव्यबात शुरु भएको नेपाल र क्यानडाबीच द्वैत्व सम्बन्ध दिवसमा कन्सर्न नेपालले यसरीनै निरन्तरता दिने विश्वास राख्न सकिन्छ कि ?
फोटो सौजन्य (राजु थापा)

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com