नेपाली साहित्य समाज, क्यानडाको १५औं वसन्त उत्सवसँगै नयाँ समिति


IMG_0151 IMG_0153 IMG_0157 IMG_0162 IMG_0170
२००४ वसन्त पञ्चमीका दिन साहित्यको निरन्तरताका लागि क्यानडामा स्थापना भएको नेपाली साहित्य समाज, क्यानडाले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव वसन्त श्रवण तथा केटाकेटीहरुबाट अक्षराम्भ गराएर सम्पन्न गर्यो । माता सरस्वतीको सामुहिक बन्दना तथा पुजाबाट शुभारम्भ भएको समाजको कार्यक्रममा मञ्चमा आसन ग्रहणआदि हुँने गर्दैन । संभवतः त्यसैले होला विशाल टोरोन्टोमा अवस्थित २० भन्दाबढी संस्थाका पदाधिकारीहरुको उपस्थिति विरलै देख्न पाइन्छ । कार्यक्रममा एन.आर.एन. क्यानडाको सहयोग र सहभागिता शुरुदेखिनै रहदै आएको छ । यसपटक पनि अध्यक्ष र महासचिवको उपस्थिति रहेको थियो । नितान्त साहित्य मनपराउने दर्शकहरुको उपस्थितिमा संचालन कार्यक्रममा पूजाबन्दनापछि बालबालिकाबाट अक्षराम्भ गराइएको थियो । त्यसपछि परिचयसहितको काव्य वाचनमा रविन्द्र लम्साल, रमेश थापा, उषा न्योपाने, प्रदिप पौडेल, नीसा अर्याल, मञ्जु आचार्य, खेम गुरागाई, पूण्यसागर मरहट्टा, गोपीकृष्ण काफ्ले, डा तुलसी धरेल, चन्द्रमान श्रेष्ठट र डा गोविन्द रावतले आआफ्नो सिर्जना सुनाउनु भएको थियो भने रमेश कार्कीले गीत सुनाउनु भएको थियो ।
कार्यक्रम संचालन गर्दै समाजका निवर्तमान महासचिव रविन थललियाले वसन्त पञ्चमी र माता सरस्वतीको पूजा आराधनाको ऐतिहासिक महत्वबारे जानकारी गराउनु भएको थियो । डा. तुलसी धरेलले समाजको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै संस्थाका निर्वतमान अध्यक्ष डा गोविन्द रावतले समाजले वितका वर्षहरुमा गरेको कार्यक्रमसहित न्यग्रा फल्सको अगाडि सम्पन्न ऐतिहासिक उत्तरअमेरिका सीमा वारीपारी काव्य संगमका बारेमा जानकारी गराउदै यसअघि समाजले आयोजना गरेको उत्तरअमेरिका साहित्य गोष्ठी र उत्तरअमेरिका सीमा वारीपारी काव्य संगममा वाचन गरिएका कविताको संगालो निकाल्ने बारे जानकारी गराउनु भयो ।
कार्यक्रमको अन्त्यमा आगामी २ बर्षको नयाँ कार्यसमितिको चयनमा समाजका सल्लाहकार गोपीकृष्ण काफ्ले, डा तुलसी धरेल र रमेह थापाको सिफारिसमा रविन थपलियाको अध्यक्षतामा हाललाई पाँच सदस्यीय समिति टठन भएको घोषणा गरिएको थियो । समाजको नव कायसमितिको महासचिवमा खेम गुरागाई, उपाध्यक्षमा राधीका अर्याल, कोषध्यक्षमा मञ्जु आचार्य, सदस्यमा रमेह थापासहितको समिति घोषणा गरिएको थियो । समाजको साहित्यिक कार्यक्रम तथा साधारण सभा सफल भएको छ।कार्यक्रममा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा सहयोग गर्नुहुने सबै जनामा हृदय देखिको कार्यक्रमलाई सफल बनाउन प्रसादको व्यवस्था गरिदिनु हुने प्रदिप पौडेल, ,स्टेशनरी व्यवस्था गर्ने पुण्य सागर मरहठठा तथा पूजासामग्री व्यवस्था गर्ने राधिका अर्याल नेपाली साहित्य समाजको तर्फबाट धन्यवाद दिईएको थियो । सदा झैँ नेपाली साहित्य समाजको गरिमा कायम रहने गरि , ूम हैन हामी ू भन्ने परम्परालाइ कायम राख्दै नेपाली साहित्यका अझ नविन र सुन्दर कार्यक्रमहरु आउनेरल्याउने आशाका साथ आगामी दिनहरुमा पनि नेपाली साहित्य समाजले येस्तै माया र सद्भावको निरन्तरता पाउने कविश्वासका साथ समापन भएको थियो ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com