आप्रवासबाट एउटा सम्पूर्ण पत्रिका ूशब्दालयू प्रकाशनको क्रममा


नेपालबाहिर आप्रवासमा नेपाली साहित्यलाई सही तरिकाबाट प्रस्तुत गर्न एउटा सशक्त पत्रिकाको खाँचो रहेकोबोला साहित्यप्रति आस्था राख्दै कलम चलाउँदै साहित्यिक पत्रकारिता गर्दै आउनु भएको गोवर्धन पूजा, कृष्ण कुसुम, राजकुमार पुडासैनी, सतिश त्रिपाठीको संयुक्त प्रयासमा शब्दालयू को प्रकाशन हुने भएको छ । हाललाई त्रैमासिक ई( पत्रिकाकाको रुपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रुपमा प्रकाशन हुने सम्पादक समूहका गोवर्धन पूजाले बताए ्र साहित्यिक पत्रकारितामा लामो अनुभव संगालेका पूजाले शब्दालय साहित्यिक सम्पूर्ण पत्रिका हुने बताउदै वेव साइट तयार भैरहेकाले आगामी दिनमा यसलाई सबैको पत्रिका बनाउन प्रयास गर्ने बताए ्र
नेपाली साहित्यलाई विश्व पाठकमाझ पुरयाउने, घरदेश र परदेशका साहित्यिक सिर्जनालाई समन्वय गरेर साहित्यिक बिकासमा टेवा पुरयाउने उदेश्य बोकेको उक्त प्रयासले नेपाल र काम बिशेष प्रवासमा रहेका सर्जकबीच पूलको काम गर्ने उनको दावी छ ्र अन्नपूर्ण पोस्ट दैनिकमा आठ बर्ष बरिष्ट उपसम्पादकका रुपमा काम गरेका पूजाले आकाश, अनावरण, वृष्टि , अन्तर्दृष्टि , कालान्तर, समानान्तरण , मधुरसलगायतका दर्जनौ बिबिध पत्रिकाका सम्पादकका रुपमा अनुभव संगालेका छन् ्र पूजाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिवका रुपमा दुई कार्यकाल काम पनि गरेका थिए ्र
सम्पादक मण्डलका कृष्ण कुसुमले शब्दालय पत्रिकालाई उत्कृष्ट बनाउन सबै प्रयास गरिने बताउदै साहित्यकारको कलमको सम्मानार्थ बर्षभरिमा प्रकाशित सिर्जना मध्ये गध्य र पद्धबाट एकएक सिर्जनालाई २५०र २५० अमेरिकी डलरसहितको सम्मान पनि दिइने बताए ्र
सम्पादक मण्डलकै अर्का सदस्य राजकुमार पुडासैनीले शब्दालयले बिदेशमा रहेका साहित्यकारहरूको कृति प्रकाशनमा पनि सहयोग पुरयाउने बताउदै कृति प्रकाशन गर्न चाहने सर्जकको कृति प्रकाशन गर्न सहयोग गर्ने ,सम्पादन, छापाखाना र डेक्सटपको काममा शब्दालय परिवारले सहयोग गर्ने बताए ्र
साहित्यकार सतिश त्रिपाठीले शब्दालयले प्रवासी साहित्यकारको प्रकाशित कृति वितरणमा सहयोग गर्ने उदेश्य राखेको बताउदै नेपाली साहित्यको फैलावटमा बिशेष काम गर्ने बताए ्र त्रिपाठी पनि सम्पादक समूहमा रहेका छन् ्र
विश्वका बिभिन्न मुलुकमा रहेका साहित्यिक सर्जकहरूको आवद्दता रहेको शब्दालय प्रकशनले नेपालमा छिट्टै प्रकाशन गृह संचालन गरेर नेपाली साहित्यको सेवामा लागेका सर्जकको कृति प्रकाशनमा सहयोग गर्ने उदेश्य राखेर काम आरम्भ गरेको छ ्र
आप्रवासबाट प्रकाशित विभिन्न विधाका साहित्यिक कृतिहरुको मूल्याँकनलाई पनि पत्रिकाले नियमित स्थान दिने व्यवस्था गरेमा आप्रवासबाट प्रकाशित कृतिहरुको सिर्जनात्मकतालाई पनि बुभ्mन सकिन्थ्यो । यसतर्फ पनि प्रकाशन समुहले ध्यान दिनु

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com