विदेशमा बस्नेले बुद्धका लागि यति काम किन नगर्ने ?


-मिलन तिमिल्सिना
बुद्धको नाममा हरेक वर्षमा एकपटक शान्ति र अहिंसाको कुरा हुन्छ । बुद्धको विचार र योगदानको चर्चा हुन्छ । औपचारिक तामझाम र चहलपहलमै बुद्धजयन्तीको कर्म समाप्त हुन्छ । यसवर्ष पनि यस्तै कर्मकाण्डी काम सहित बुद्धजयन्ती मनाईयो । तर दुःखको कुरा जुन गौतम बुद्ध हाम्रो देशमा जन्मिएको भनेर गर्व गरिरहेका छौं त्यसको स्वामित्व भने चलाखीपूर्ण ढंगले हाम्रै छिमेकी भारतले लिन खोज्दैछ । भारत र गौतम बुद्धबिचको साइनो भनेको उनले भारतको गयामा तपस्या गरेर बुद्धत्व पाएका हुन् । तर यी ठूल्दाई यतिखेर साम, दाम, दण्ड, भेद लगाएर बुद्ध भारतमै जन्मिएका हुन भनेर भ्रम छर्ने अभियानमा छ । मिडियामा भँगेरे टाउके अक्षरमा बुद्ध भारतमा जन्मिएका हुन भनेर आइरहेको, थुप्रै देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको भनेर उल्लेख भएको छ । त्यतिमा त्र हैन, नेपालको कपिलबस्तुमा रहेको लुम्बिनीजस्तै हुबहु संयन्त्र बनाइरहेको भारतले । त्यसैले बुद्ध जयन्ती मनाइरहँदा बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन भनेर स्थापित गर्ने संकल्पमा लाग्नु नेपालीहरुको पहिलो कर्तब्य भएको छ ।
गौतम बुद्ध नेपाली माटोमा जन्मेका यहाँका ऐतिहासिक विभूति हुन् भत्रे कुरा घाम जस्तै छर्लङ्ग भएपनि छिमेकी भारतले यसलाई भ्रममा पार्ने कुचेष्टा गरिरहेको छ । संसारका धेरै मान्छेले मात्रे गौतम बुद्धलाई उसले आफ्नो बनाउने दुस्साहस गरेको छ । यसलाई चिर्न स्वदेशमा रहेकाको भन्दा बिदेशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुन्छ । संसारका हरेक कुनामा बस्ने नेपालीले बुद्ध भारतमा होईन, नेपालमा जन्मेका हुन् भत्रे कटु यथार्थलाई स्थापित गर्न सक्छन् । यसको लागि केही गर्नै पर्दैन आआफ्ना ठाउँबाट यसबारे सानो प्रचारप्रसार नै पर्याप्त हुन्छ । बेलायतमा बस्ने रामकुमार श्रेष्ठको अगुवाईमा यस्तो अभियान शुरु भैसकेको छ जसमा बिश्वभरका हजारौं अभियन्ता जोडिएका छन् । उहाँलगायतको समूहले सामाजिक सञ्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवसको रुपमा मनाउन थालेको छ । बुद्धका महत्वपूर्ण सन्देश र बिधिहरुलाई बिभित्र माध्यम मार्फत प्रचारप्रसार गर्नु अभियानको मुख्य उदेश्य हो । अभियानले बुद्धको जन्मस्थलबारेको भ्रम चिर्दै बुद्ध नेपालमै जन्मेका हुन् भत्रे कटु यथार्थलाई बिश्वसामु चिनाउने प्रयत्न गरिरहेको छ । उसले बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई पर्यटकीय स्थलको रुपमा मलजल गर्ने प्रयास पनि थालेको छ ।
गौतम बुद्धले प्रतिपादन गरेको धर्म र उपदेशहरु नेपालका साथै भारत, चीन, श्रीलंका, बर्मा, थाईल्याण्ड, भुटान, जापान, मंगोलिया, कोरिया लगायत बिश्वका बिभित्र देशमा बुद्ध धर्मका रुपमा विस्तार भएका छन् । यी हरेक देशमा बस्ने नेपालीले बुद्ध भारतमा होईन, नेपालमै जन्मेका हुन् भनेर किन नभत्रे ? यस्तै अभियान किन नथाल्ने ? हरेक दिन बुद्धजयन्तीको दिनमा मात्रै गाईने शान्ति र अहिंसाको रागले मात्रै कुनै लछारपाटो लगाउँदैन । हरेक दिनजसो गरिने सानो प्रचार अभियानले विश्वसामु गौतमबुद्धबारेको यथार्थ कुरा छर्लङ्ग पार्न सहयोग पुग्छ । भारतले उत्तरप्रदेश अलिगढवा राज्यको सिद्धार्थनगर पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामाकरण गरेर बुद्ध भारतमै जन्मेका हुन् भत्रे भ्रम छर्न खोजिरहेको छ । उसले बुद्धको वास्तविक मावली गाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोट बीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । यसको लागि उसले त्यहाँ सबै नक्कली भग्नावशेष बनाएको छ । लुम्बिनी र आसपास क्षेत्रका ढुंगा, माटो र स्तम्भलाई दुरुस्तै कपी गरिएको छ । विश्वका जनतालाई दिग्भ्रमित बनाउन भारतले आप्mना पाठ्यपुस्तकमा नै बुद्ध भारतमा जन्मेको हो भनेर लेख्ने काम पनि गरेको छ ।
भारतले यति धेरै हर्कत गरिसक्दा पनि नेपाली पक्ष अझै मौन छ । अब सरकार र नेताहरुको भर परेर होईन, राष्ट्रियता जोगाउन सबै नेपाली त्यसमा पनि बिदेशमा रहेका नेपाली कम्मर कसेर लाग्नुपर्छ । किनकी नेपाललाई सन्सारमा चिनाउने एउटा बलियो र महत्वपूर्ण आधार शान्तिका अग्रदूत गौतमबुद्ध हुन जसका रक्षा गर्नु बिश्वभर छरिएर रहेका नेपाल अबैतनिक दूत अर्थात हरेक नागरिकको कर्तब्य हो । हामी यहा“ बसेर बुद्ध नेपालमा जन्मेको हो भत्रे विषयलाई संसारले बुझेकै त छौं भनेर ढुक्क छौं । तर लुम्बिनीमाथि भारतले गरेको अपमानले सारा बिश्व नै उसको भ्रममा पर्न सक्ने खतरा छ । उसको हेपाहा प्रवृत्तिलाई चिर्न सकिएन भने भोलि गौतम बुद्धलाई सम्झेर लुम्बिनी आउने पर्यटक भारत पुग्न बेर छैन । सबै नेपालीसंगै सन्सारभर रहेका बुद्धका अनुयायीहरुलाई भारतले पार्न खोजेको भ्रम चिर्न अब होस्टेमा हैंसे गर्नैपर्छ । कपिलबस्तु दिवसजस्तै अन्य थुप्रै अभियान चलाउन सकिन्छ जसले गर्दा हरेक देशमा रहेका नेपालीहरुले प्रचार गर्न सकुन कि बुद्ध नेपालमा जन्मिउका हुन्, ती हाम्रा सम्पित्त हुन् । भारतले भन्दैमा बुद्ध कदापी त्यहाँ जन्मेको मात्र सकिंदैन । नक्कली भग्नावशेष बनाएर उत्तरप्रदेशको सिद्धार्थनगर क्षेत्र लुम्बिनी बत्र सक्दैन । बुद्ध कसैका व्यक्तिगत सम्पित्त होईनन्, तर नेपालका विभूति हुन् । उनी नेपाली भूमीमा जन्मेका हुन् । अहिलेका नेताहरुमा जस्तो बुद्धसँग भारतको कुनै साईनो सम्बन्ध छैन । मात्र अरु देशका जस्तै भारतका अनुयायीहरुले पनि बुद्धलाई मात्र सक्छन् । तर आप्mनो पेवा बनाउन कदापी सक्दैनन् । यो वास्तविक सत्य विश्वसामु फैलाउन सन्सारभर रहेका नेपालीले आजैदेखि सानो पहल किन नथाल्ने ?

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com