सांस्कृतिक संस्थानको प्रांगणमा रहेको यो चतुव्र्यूह (चारतिर मुख भएको)को यो मूर्ति दोस्रोदेखि तेस्रो शताब्दीबीचको हो । यसरी हिसाब गर्दा यो कम्तीमा १ हजार ८ सय वर्ष पुरानो हुन आउँछ । लिच्छविकालीन मूर्ति हामीकहाँ अरू पनि छन् । तर, यो मूर्ति त्यस कालको पनि सुरुतिरको हो। चार दिशामा चार शक्तिशाली भगवान्को आकृति रहेको यस ढुंगाको मूर्ति क्षतिग्रस्त हुँदै गएको छ । कमसल ढुंगामा बनाइएकाले यसलाई घाम, पानी र धूवाँले समेत क्षति पुर्याएको छ । त्यति मात्र होइन, यसलाई अहिलेकै अवस्थामा छोडिदिने हो भने भग्नावशेषमा परणित हुन धेरै समय कुर्नुपर्दैन । करोडौँ बजेट खर्चिएर सांस्कृतिक संस्थानको नयाँ आलिसान महल बनेको छ, त्यसै आँगनमा छ, यो मूर्ति । आँगनमा गिटी, छडलगायत भवन निर्माणका सामग्री थुपारएिको छ। सामग्री थुपार्ने वहममा तिनको चोटले मूर्तिमा क्षति पुगेको प्रत्यक्ष अनुभव गर्न सकिन्छ । तर संस्कृत संस्थान भित्र राजनैतिक भर्याङ्ग चढेर घुम्ने मेचमा बस्नेलाई यसको चिन्ता छैन ।
यस्तो छुट्टाछुट्टै भगवान्को चतुव्र्यूह मूर्ति नेपालमा अन्यत्र कही“ पनि देख्न पाइएको छैन । स्वयम्भूनाथ र भगवानवहाल ठमेल लगायतका ठाउ“मा बुद्धको चतुव्र्यूह मूर्ति छन्। हिन्दु मूर्तिमा नन्द केशर वहाल (जो पछि अपभ्रंश भएर नक्साल भयो) र मालीगाउँमा नारायणका मूर्ति छन्। यी चतुव्र्यूह मूर्तिका चारैपाटोमा एकै देवताको आकृति छ । तर, सांस्कृतिक संस्थानमा रहेको चतुव्र्यूह मूर्तिको चारै दिशामा छुट्टाछुट्टै चार भगवान् छन्। जस्तो पूर्वमा ब्रह्मा, पश्चिममा विष्णु, दक्षिणमा शिव र उत्तरमा शक्ति छन्। हिन्दुहरूका सबैभन्दा ठूला देवता हुन् ब्रह्मा, विष्णु र शिव । यी तीनको मूर्ति एकै ठाउँ राखियो भने त्यसलाई दत्तात्रय भनिन्छ। यस चतुव्र्यूह मूर्तिमा यी तीन देवताका साथै शक्ति पनि थपिएकाले यसको महत्त्व झनै धेरै छ । नेपाली भूमिमा हालसम्म भेटिएको यस प्रकारको चतुव्र्यूह मूर्ति यो नै पहिलो हो । अझ यसलाई एक मात्र पनि भत्र सकिन्छ। यो मूर्ति लिच्छविकालको पनि सुरुवातमा बनेको प्रमाणित भइसकेको छ। यसको बनोट, ढुंगाको प्रकृति र विज्ञहरूको अनुसन्धानले यस्तो पुष्टि भएको हो। उतिबेला मूर्ति बनाउन ढुंगाको गुणस्तर हेरन्थिेन। जस्तो ढुंगा भए पनि हुन्छ भत्रे थियो। बरु राजा मानदेवको पालाभन्दा पछि बनेका मूर्तिका ढुंगा भने चिरकालसम्म टिक्ने खालका छन्। उदाहरणका लागि, बूढानीलकण्ठको मूर्ति। ललितपुरको लेलेबाट तानेर ल्याएको ढुंगाबाट बूढानीलकण्ठको मूर्ति बनाइएको मानिन्छ। अर्को कुरा, दोस्रो र तेस्रो शताब्दीमा बनेका मूर्ति अपवादबाहेक साना मात्र छन्। तर, सांस्कृतिक संस्थानमा रहेको चतुव्र्यूहको मूर्ति झन्डै तीन फिट अग्लो छ। यस अर्थमा पनि यसको महत्त्व फरक छ । यो मूर्ति भएको ठाउ“मा पक्कै पनि कुनैबेला ठूलो मन्दिर थियो। त्यो यस्तो मन्दिर थियो, जहाँ गएर पूजा गरसिकेपछि अरू मूर्ति र मन्दिर गइरहनु पर्दैनथ्यो। हिन्दु धर्मका ठूला र शक्तिशाली देवताहरू एकै ठाउँ भएकाले अन्यत्र जान नपर्ने गरी यसलाई बनाइएको अड्कल गर्न गाह्रो छैन। राजनीतिज्ञ वा राजाहरूले शक्तिको पूजा गर्छन्। तिनका लागि पक्कै यही मूर्ति पूज्य हुनुपर्छ । झन्डै दुई हजार वर्ष पुरानो भएकाले यो मूर्ति आफैंमा महत्त्वपूर्ण छ। लिच्छविकालको पनि सुरुवातमा बनेको हुनाले यसको बहुआयामिक महत्व पनि छ। जस्तै यसले त्यस कालको कला त बुझाउ“छ नै, तत्कालीन धार्मिक अवस्था पनि बुझाउँछ । एउटै ढुंगालाई खोपेर चार मूर्ति बत्रु आफै“मा गहिरो कलात्मक पक्ष हो। चतुव्र्यूहको मूर्ति बनाउने परम्परा पनि यहीबाट सुरु भएको मात्र सकिन्छ। यस्तो मूर्ति कला र संस्कृतिमा रुचि राख्नेलाई गौरवको कुरा हो। संसारकै लागि यो उदाहरणीय मूर्ति हो। यो ऐतिहासिक सम्पित्त हो, हाम्रा लागि र संसारका लागि पनि।
सांस्कृतिक संस्थानले यही एउटा मूर्ति जोगाएर सम्मानपूर्वक राख्न सकेको खण्डमा मात्र पनि यसको स्थापनाको सार्थकता हुन्थ्यो। किनभने, करोडौँ रुपियाँको महलभन्दा यस मूर्तिको मूल्य बढी छ। पैसा भयो भने यस्ता भवन मनलाग्दी जति र जत्रो पनि बनाउन सकिन्छ। तर, यो मूर्ति नासियो भने अर्बौं रुपियाँ खर्चिएर पनि अर्को बनाउन सकिँदैन। (प्रस्तुति दिवस गुरागाईं)